आईतवार, भाद्र २३, २०८१
/
गमलाहरु कहाँ र कसरी राशख्ने ?
१४ बैशाख २०८०
  माण्डव्य हेमन्त
हामीले प्राय घरआँगन तथा छत, बरण्डा, कौसी लगायतका स्थानहरुमा फुल तथा ग्रिनप्लान्टहरु भएका गमलाहरु आकर्षण र शुन्दरताकालागी राख्ने गर्दछौं । यति मात्रै होइन हामीले बाथरुम, सुत्ने,बस्ने कोठासम्ममा सजावटका गमला राश्ख्ने गर्दछौं । गमला राख्ने चलन आजको समयमा शहर बजार मात्र नभएर गाउँघरमा समेत त्यतिकै रहेको पाइन्छ । बजारमा गमलाको माग ह्वात्तै बढेको बढेइ छ ।
    यसरी फुल तथा ग्रिन प्लान्टहरुलाई आफ्नो घर, आँगन तथा कोठा, छत या बाथरुममा राख्नाले घर आँगनको शुन्दरता बढ्नका साथै घरपरिवार तथा आगन्तुकहरुको मनमस्तिष्कलाई ताजा र स्फुर्तीमा समेत ल्याउने गर्दछ । घरको आन्तरीक ठाउँ र छतमा विरुवा हुर्काउनकालागी त गमला नभइहुदैन । यसकालागी गमला अनिवार्य नै हुने गर्दछ । स्थानिय बजार तथा गाउँघरमा माटो तथा कंक्रिटबाट बनाइएका गमलाहरु नै बढी खपत हुने गरेको पाइन्छ भने ठुलठुला शहरबजारहरुमा भने आधुनीक किसमका गमलाहरु बाहीरी देशहरुबाट आयात गर्ने गरिन्छ । यसमा सबैभन्दा बढी भारत र चिनका गमलाहरु नपाली बजारमा रुचाइएका मध्ये पर्दछन् ।
    माटो, सेरामिक्स, फाइबर र प्लास्टिकका गमला बजारमा पाइन्छन् । त्यसमध्ये पनि सेरामिक्सका गमला सबैभन्दा धेरै बिक्री हुन्छन् भने त्यसपछि फाइबर र प्लास्टिकका गमला बिक्री हुन्छन् । सेरामिक्स गमलाको मूल्य गमलाको साइज, बनावट र
गुणस्तरको आधारमा तय हुन्छ । सामान्यतया अहिले २०० देखि १२ हजार रुपैयाँसम्मका गमला पाइन्छन् ।
    जुनसुकै गमलामा जस्तोसुकै फूलहरु रोप्न सकिन्छ । तर आउडोर अर्थात् बाहिर राख्ने बिरुवाको लागि माटो वा सेरामिक्सकै गमला उपयुक्त हुन्छ । यसले घामपानीबाट जोगाउनुका साथै लामो समयसम्म टिकाउ पनि हुन्छ । यो गमलाले बाहिरको तापक्रमलाई नियन्त्रण गर्ने भएकाले धेरै घाम लागे वा पानी परेपनि बिरुवा चाँडै मर्दैन । अहिले बाहिर प्लास्टिक वा फाइबर भएपनि भित्र माटोको गमला राख्ने पनि चलन छ । यसले बाहिरबाट गमला राम्रो देखिने पनि र बिरुवा पनि राम्ररी सप्रिने हुन्छ ।
    गमला ५०० भन्दा बढी डिजाइनमा पाउन सकिन्छ । यसमा सादा, बुट्टा भरेका, रंगीविरंगी, डिजाइन उपलब्ध हुन्छन् । जस्तै, हात्ती, कछुवा, शंख, बुद्ध, इमोजी आकृतिका गमला पाइन्छ । गमलालाई इन्डोर र आउटडोर जता पनि राख्न सकिन्छ । यसैगरी ह्यांगिङ गमला, वालमा राख्ने गमला, रेलिङमा राख्ने गमला, ज्यामितीय आकार, रतन प्लास्टिकको गमलालगायत प्रकारमा पनि पाउन सकिन्छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल