आईतवार, भाद्र २३, २०८१
/
तर्बुजा खानुहुन्छ ? यसका छन् फाइदै फाइदा
२९ बैशाख २०८०
  माण्डव्य हेमन्त
गर्मीको समयमा तर्बुजा नखाने प्राय बिरलै होलान । गर्मीमा हाम्रो शरिरले शितलता खोजीरहेको हुन्छ । त्यस्तो अवस्थामा तिर्खा मेटाउन तर्बुजा एक अमृत समान हो । हाम्रो शरीरमा पानीको मात्रा सन्तुलित गर्न तर्बुजा उपयुक्त फलफूल बन्न सक्छ ।
डाक्टर लालशिंहका अनुसार तर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ ।
यसको सेवनले रक्तचाप नियन्त्रण, पाचन प्रणालीलाई सन्तुलितगर्छ भने शरीरमा पानीको मात्रालाई सन्तुलीतरुपमा राख्दछ, तर्बुजामा पाइने भिटामिन सीले दमको रोग लाग्नबाट जोगाउँछ ।
यसको सेवनले क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ । त्यस्तै यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
तर्बुजाको रातो तत्व जसलाई लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन लाभदायिक हुन्छ । यसले अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ । यसबाहेक यसले शरीर गलेको, दुखाइ कम गर्न र पूmर्तिलो बनाउन मद्दत गर्छ ।
यसको सेवनबाट खासै त्यस्तो बेफाइदाहरु केही छैनन् तरपनि यसलाई एलर्जी हुनेले नखाँदा हुन्छ । मधुमेह भएका बिरामीले सेवन नगर्दा राम्रो मानिन्छ ।
तर्बुजालाई केही खाइसकेपछि मात्र खानुपर्छ, बेलुका नखाँदा राम्रो मानिन्छ । किनकि यसमा प्राकृतिक चिनीको र पानीको मात्रा बढी हुने भएकाले बारम्बार पिसाब लाग्ने वा तौल बढ्ने सक्ने सम्भावना हुन्छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल