शुक्रबार, कार्तिक २, २०८१
/
अब राप्रपा र एमालेमा के फरक रह्यो ?
२२ आश्विन २०७९
  भरत बहादुर विष्ट
उपेन्द्र यादव नेतृत्वको जसपा एमालेसँग मिसिए पछि बाबुरामले माओवादीमा आत्म समर्पण गरे । सिद्धान्त र विचार नमिल्दा अलग हुनु अस्वभाविक होइन तर विचारहीन सिद्धान्त च्युत अवैध राजनीति व्यापार नाङलो मुनि घुम्ती दोकान थापेर जनतालाई बेकुफ बनाएर् मुनाफामुखी उपभोक्तामारा राजनीतिलाई व्यापार मेला नक्कली कुहिएको मक्किएको सामान बेच्ने जहाँ त्यहीँ चौर चौतारा चौक चौराहा घुम्तीमा पसल थापेर पटकपटक नेपाली जनताको आँखामा छारो हालेर आइतबारे शुक्रबारे शनिबारे हाट बजारे व्यापार थाप्दै छन् । जहाँ नाफा हुन्छ त्यहिं पसल थाप्छन्, हैट । 
राष्ट्रपतिलाई नागरिकता विधेक रोक्न लगाउने अनि काले धोती विहारी भन्ने एमाले एन्ड ओलीबीच कसरी तालमेल भयो ? घोर दक्षिणपन्थी राप्रपा र एमालेको कसरी मित्तेरी प¥यो ? एसपा एमाओवादी र कांग्रेसले गरेको सत्ता गठबन्धन अपवित्र भन्नेहरू आफैं गठबन्धन गर्दै गल्ली गल्लीमा नाम्ले व्यापार गर्दै छन्  । कठै वर !
राजेन्द्र लिङ्देनसँग मिल्न नसक्ने कमल थापा ओलीएमालेसँग चाहिँ कसरी मिल्न सक्छन् र ? मिल्न त  मिल्दैन छन् । बुर्जुवा राप्रपा राजतन्त्र सहितको प्रजातन्त्र विचार भन्दा माथि देश भन्ने सिद्धान्त प्रतिपादन गर्दा रविन्द्र मिश्र विवेकशील साझाबाट गलहत्याइएका होइनन् ? जो आज राप्रपाको वरिष्ठ उपाध्यक्ष छन् । एमालेलाई कसरी के भनेर चिन्ने ? लिङ्ग नछुट्टिएको पार्टी डरपोक नाफाखोर दलाल बुर्जुवा पक्षगामी अधिनायकवादी पार्टी एमाले भएन र ? 
हुन् त ओली नेतृत्वको नेकपाको सरकार हुँदा उपेन्द्र र उनको पार्टी सरकारमा थियोे । नेकपाको स्पष्ट बहुमत थियोे भने ओलीलाई  उपेन्द्र यादव र उनको पार्टीलाई सरकारमा लिने मन्त्री बनाउनु पर्ने बाध्यता र कारण कि आयो ? कसको दबाब र करकाप धाक धम्की निर्देश र आदेश पालना गरेका थिए ओलीले ? जवाफ छ । राप्रपा र एमालेमा फरक छ ? माओवाद र काँग्रेसमा फरक छ ? यी सिद्धान्त मार्गदर्शन बेच्ने घटिया सिद्धान्त नीति बेच्ने दलाल हुन् । बहुमत थियोे अनि बहुदलीय सरकार किन ? उत्तरः कसैको दबाब थियोे । नेकपा बन्नु र भङ्ग पनि त्यसैको सेरोफेरोमा भएको थियोे । ओली बाहिरी शक्तिको उक्साहटबाट प्रभावित थिए । 
हामी यो गठबन्धन मान्दैनौं पार्टी भित्र विद्रोह गर्छौ । घाँटी काट्ने माओवादीलाई भोट हाल्दैनौं बरु हात काट्न र पार्टी छोड्न तयार छौं भन्ने हुङ्कार झंकार वमन गर्ने ठाँटी काँग्रेसी गगन शेखर ४० प्रतिशत भाग पाए गठबन्धन औचित्यपूर्ण छ नत्र छैन ४० टक्काको मुनाफाखोर आखिर उदेश्य र लक्ष्य ४० प्रतिशत मात्रै रहेछ । विचारहीन सिद्धान्तलाई बली दिएर विद्रोही वीपीका सच्चा अनुयायीहरूलाई चाहिएको आखिर पद र सत्ताको अंशबन्डा धत् । घुम्ती पसल हाटे बजारमा बेच्न राखिएका माछा बजार । 
देशमा अस्थिरता अशान्ति सत्ताको लुछाचुडी भैरहेने अवश्यम्भावी छ । संविधानमा यिनीहरूले अरूलाई अघि बढ्न नदिने आफैं आलोपालो कब्जा जमाउने रणनीति संविधान बनाउने समयमै गरेका छन् । नयाँ दलाललाई उम्मेदवारी नै दिन नसक्ने सकिहाले जित्न नसक्ने जिते छ भने थ्रेसहोल्ड कटाउन नसक्ने ।
एमालेको अनुहारमा राजा ज्ञानेन्द्र देखिन्छन् । राप्रपा पनि परिचालित पार्टी हो भन्नेकुरा छर्लङ्ग छ । राप्रपा एमाले जसपा एक हुनु पनि वैदेशिक शक्तिको साथ समर्थ छ । राप्रपा धोका खाने छ । बामालेले प्रयोग गर्नेछन् स्वार्थपूर्ति पछि फ्याक्ने छन्  । अब राप्रपा र राजेन्द्र लिङ्देनलाई जुन अपेक्षा राखिएको थियोे त्यो साइज घट्ने छ । राप्रपा र एमाले उस्तै हुन् भने राजेन्द्रलाई भोट दिएर पनि खेर फाल्नु हो । 
राप्रपा प्रवेश गर्नु अघि रवीन्द्र मिश्रले ओलीलाई भेटेका थिए । छलछाम जालझेल षड्यन्त्र बाहेक अरु नेपालमा कसैले सोच्दैनन् । मंसिर ४ को चुनाव पछि प्रधानमन्त्री मन्त्री यिनै एमाले कांग्रेस माओवाद जो लामो समयदेखि शासन सत्तामा थिए असफल हुन् भ्रष्ट कठपुतली हुन् यिनैले फेरि रजगज गर्नेछन् । बहुमत कसैको आउने छैन । मोलेर मोलमोलाइ आलोपालो मन्त्री मुख्यमन्त्री हुनेछन् । भ्रष्टाचार दण्डहीनता कुशासन बाहेक अरु उपलब्धिको अपेक्षा गर्नु गलत सिद्ध हुनेछ । धन्यवाद ! 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल