मंगलवार, माघ १, २०८१
/
बर्दगोरिया धार्मिक पर्यटकीय तथा सास्कृतिक माघी मेला सुरु
२७ पौष २०८१
  पदम राज ओझा
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा आज बाट बर्दगोरिया धार्मिक पर्यटकीय सास्कृतिक माघी मेला २०८१ सुरु भएको छ ।
बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
कार्यक्रममा मञ्चका सचिव नवीन ढुंगानाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा , बर्दगोरिया क्षेत्र बिकास तथा संरक्षण मञ्चका पुर्ब अध्यक्ष खडक डगौरा लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला  पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।
बर्दगोरिया धाममा माघीमा परापुर्बकाल देखिनै ठुलो मेला लाग्ने गरेको छ । 'विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट मेला अवधिभर करिब ५० हजार भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको छ ।  कार्यक्रमको संचालन पदम राज ओझाले गर्नु भएको थियो ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल