बुधबार, कार्तिक ७, २०८१
/
राषीफल
२०७७ भाद्र २८ शनिवार देखी शुक्रबारसम्म
  साप्ताहिक राषीफल
मेष—(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)ः ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । झैँ–झमेलाको अवस्था आउला ।
वृष—(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक तथा साहित्यामा रुचि बढ्नेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । साताको अन्त्यमा समय प्रतिकूल भई मुद्धा मामिलापनि लाग्नसक्नेछ ।
मिथुन—(का,कि,कु,घ,ङ,छ,के,को,हा)ः शुभ समाचार पाइने छ । लामो समयदेखि प्रतिक्षा गरिएको काम पूरा हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ । पारिवारसँग रमाइलो भेटघाट हुनेछ । साताको अन्त्यमा मनमा दुविधा उत्पन्न हुनेछ । चुनौतिको सामना गर्नुपर्ला ।
कर्कट—(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योगपनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ ।
सिंह—(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः शुभ समाचार सुन्न पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या—(टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)ः रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
तुला—(रा,रि,रु,रे,रो,ता,ति,तु,ते)ः शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मान प्रतिष्ठामा वृद्धि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनुपर्नेछ । चुनौतिको सामना गर्नुपर्ला ।
बृश्चिक—(तो,ना,नि,नु,ने,नो,या,यि,यु)ः लेनदेनमा सजकता अपनाउनुपर्नेछ । विचार गरेर निर्णय लिनु उचित होला । मध्य साताबाट हाँसखेल र मनोरञ्जन र भोजभतेरमा सहभागी हुनुपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभपनि हुनेछ ।
धनु—(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)ः रमणीय र सुखद् यात्राको योग छ वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा भने केहि कठिनाइको सामना गर्नुपर्ला साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मकर—(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)ः  रोकिएका काम पुनः सुरु हुन सक्छन् । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।
कुम्भ—(गु,गे,गो,सा,सि,सु,से,सो,दा) ःपरिवारजनको साथले नयाँ आशा पलाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतः प्रेममा सफलता प्राप्तिको योग छ ।
मीन—(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)ः ःआर्थिक कारोबारमा मन्दी आउनेछ । बोलिको विपरीत अर्थ लाग्न लाग्ला । मध्य साताबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । साथीभाइको भेटघाटले मन प्रसन्न रहनेछ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

२०७७ भाद्र २० देखी २६ गते शुक्रबारसम्म