आईतवार, भाद्र २३, २०८१
/
‘अल्पविराम ......?’
२ असार २०८१
  माण्डव्य हेमन्त 
अल्पविराम कति जरुरी छ, 
कति आवश्यक छ !
त्यो हाम्रो जिवनमा नै किन नहोस्, 
यो महत्वपुर्ण छ !!
साँच्चिकै अल्पविराम जरुरी छ......?
आफुलाई सहजतासंग 
स्विकार गर्नकालागी !
कमिकम्जोरीलाई 
भित्रैबाट निखार्नकालागी !!
साँच्चिकै अल्पविराम जरुरी छ.....?
आफुलाई पुनः बलियो रुपमा 
स्थापित गर्नकालागी !
आफ्नो अन्तरमनको भावलाई
सम्झनाकालागी !!
साँच्चिकै अल्पविराम जरुरी छ.....?
जब जिन्दगीका हरेक बाटाहरुमा
उथलपुथल हुन्छ !
अल्पविरामले नै जिन्दगीलाई 
त्यस समय साथ दिन्छ !!
साँच्चिकै अल्पविराम जरुरी छ.....?
अल्पविराम नै एक विकल्प हो
निरन्तर चलीरहनलाई !
तर प्रयोग गर्दा ख्यालगर्नु पर्छ
यसको वास्तविकतालाई !!
साँच्चिकै अल्पविराम जरुरी छ.....?
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल