शनिबार, श्रावन १२, २०८१
/
कविताः– गुणवान
२४ जेष्ठ २०८१
  माण्डव्य हेमन्त 
गुणीको संगमा हिडनु जहिले पाइन्छ सौराग्यता !
मुर्खैको संगमा हिड्यो यदि भने गुमिन्छ सौभाग्यता !!
अर्काको रिस डाह हुन्न गुणीमा सान्ती र सौन्द्रयता !
बोल्छन जहिले सदा अनुसाशित भई राखेर खुब धैर्यता !!

सम्मान सबको गरिकन अघी बढछन् गुणीवान ती !
कस्तै दुख हवोस जीवन भरमाहाँ हुन्छन् धनवान ति !!
गम्भीर मोडमाहाँ सदा हुनगई गर्छन ठुलो मन्थन !
गर्दैनन् यिनले अनावश्यक कुनै बेफजुलको गन्थन !!

संसारी सुखमा नफसी यिनले गर्छन सदा कर्मता !
मनमा लोभ नभई विवेकी मनले हिडछन अघी सर्वदा !!
दुखी देख्न हुदैन यिनले गर्छन सहयोग मनचला !
कर्मैमा अघी हुन्छन सबमा छोड्छन सबै चंचला !! 

आफ्नै मान्दछन सबैकन यिनी विस्वास साहैगरी !
कार्य गर्दछन यिनले सबको आफ्नै हो भन्नेसरी !!
यिनको जिम्मा भए हुदैन कहिले धोकाधडी को कुरा !
ज्यानै जावोस परन्तु यिनले गर्छन सो कार्य पुरा !!

बोल्नु गम्भीर भै हरेक सबले बोल्नै परेका बेला !
गर्दैनन् यिनले कसैकनपनि स्वार्थी भएरै हेला !!
कार्य गर्दछन सदा निस्वार्थ रुपमा खोटै नहुनेगरी !
विस्वास गर्नु गुणवानको सबले संकोच नहुनेगरी !!
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल