शनिबार, श्रावन १२, २०८१
/
अगुवा लाग्यो छैठौ वर्षमा
८ श्रावण २०८०
  सम्पादकीय
विगत पाँच वर्षअघि श्रावणको भेलमा आफ्नो प्रकाशन आरम्भ गरेको यस अगुवा सन्देश साप्ताहिकले आफ्नो पाँचौ वर्ष पुरा गरी छैठौ वर्षको यात्रा प्रारम्भ गरेको छ । यस अवधिमा यसपत्रिकालाई निरन्तर रुपमा यहाँसम्म ल्याइ पुर्याउन महत्वपूर्ण योगददान दिनुहुने आदरणीय यस पत्रिकाका प्रकाशक, सम्पादक टीम, समाचारदाताहरु, कम्प्युटर टाइप, पत्रिका छपाईदेखि वितरणसम्म महत्वपूर्ण भूमिका खेल्नुहुने पत्रिका परिवारलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । 
पत्रिका प्रकाशनको भीडमा आफ्नो यात्रा शुरु गरेको यस अगुवा सन्देशले कुनै अंक नबिराई हरेक वर्ष ५२÷५३ अंक प्रकाशन गरेको छ । गत बर्ष पनि नियमित रुपमा यस पत्रिकाले ५३ अंक सफलता पुर्वक प्रकाशन गरेको छ । श्रावणको ६ गते आइतवारबाट यस बर्षको पहिलो अंक प्रकाशन गरी तपाइहरु माझ पस्किर्दै अगुवा सन्देश छैठौं वर्षमा प्रवेश गरेको छ । यसहाँसम्म आइपुग्न यस पत्रिकाले धेरै ठक्कर खाएका कुरा चाहिँ अविश्मरणीय रहेको छ । 
पत्रिका प्रकाशन पश्चात आफ्नै मुद्रण गरीने अगुवा अफशेट प्रेस, अगुवा अनलाइन सञ्चालनमा ल्याएको छ भने अगुवा अनलाइन टीभी को सम्पुर्ण व्यवस्थापनिय कार्य सम्पन्न भइसकेको र केहीदिनमा सञ्चानमा ल्याइदै छ । अगुवा सन्देशले कोविड–१९ को महामारीका समयमा पनि आफ्नो प्रकाशन नियमित गरेको यस पत्रिकाले तपाईहरुको माया पाएकै कारण छैठौं वर्षमा पुगेको यथार्थतालाई नकार्न सकिदैन । 
घाम पानी, चिसो, गर्मी, बाढी आदि केही नभनी यस पत्रिकाको टीमले गरेको अथक प्रयासका बाबजुद नै पाठकहरु समक्ष स्थानीय विषयवस्तुहरु पस्किन सफल भएको छ । पछिल्लो यस एक वर्षको अवधिमा अगुवा सन्देश थप उचाईमा पुग्दै “ख” वर्गमा पर्न सफल भएका छ । आगामी दिनहरुमा पनि यहाँहरुको सदासय र माया तथा सहयोगले थप उचाईमा पुग्ने मद्धत मिल्नेछ भन्ने आशा गरीएको छ ।
पुनश्चः प्रकाशनको नयाँ वर्ष शुरु गरेसँगै पाठकवर्ग, विज्ञापनदाता, पत्रिका परिवार, लेखक वर्ग सहित सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ ।  
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल