आईतवार, भाद्र २३, २०८१
/
बाढीका कारण हुलाकी सडकमा क्षती सम्वन्धित निकायको मौन
१२ श्रावण २०८१
  मातृका उपाध्याय
कैलाली जील्लाको भजनि नगरपालिका वडा नं. ५ र ७ जोडने पुलियापुर गाउँ नजिकै बाढीका कारण हुलाकी सडकमा क्षती पुगेको छ ।
अषाढको अन्तिम साता आएको अविरल बर्षाका कारण कन्द्रा नदीमा बाढी सतहभन्दा माथी आएर उक्त ठाउँभएर पानि बग्दा हुलाकी सडकलाई क्षती प¥याएको हो ।
राष्ट्रि गौरवको रूपमा रहेको भारतको सिमा क्षेत्र नजिकै भएर पुर्वपश्चिम जाने हुलाकी सडकमा यति ठुलो क्षती हुँदासम्म सम्वन्धित निकाय मौन रहनुले बाढीपीडीत क्षेत्रलाई सरकारको हेर्ने दृष्टिकोणमा हेपाहा प्रवृति रहेको कुरा स्थानियहरुले जीकीर गरेकाछन् ।
दुई साताअघि अषाढको अन्तिममा आएको बाढीका कारण उक्त सडक खण्डलाई पुर्ण रुपमा कटान गरि क्षेती पु¥याएको थियो । उक्त ठाउँ भएर आवतजावत गर्ने सवारी साधनहरु कतीबेला दुर्घटनामा पर्ने हुन र कती ठुलो धनजनको क्षती हुनेहो त्यसलाई अनुमान गर्न सकिदैन । उक्त बाटो भएर धनगढी कञ्चनपुरतिर जाने सवारी चालक र यात्रुहरुलाई कतीबेला दुर्घटनामा परीने हो भन्ने पीरले सताइरहेको वताउने गरेकाछन् ।
हुलाकी राजमार्गको यस्तो दुर्दसा हुन्जेलसम्म अन्य सरोकारवालाहरुले समेत कुनै चाँसो नदीएको स्थानियहरुले वताउने गरेकाछन् । स्थानियहरुका भनाइ अनुसार सम्वन्धित वडा कार्यालयमा समेत यस सम्वन्धमा जानकारी गराउदापनि कुनै सुनुवाइ नभएको वताउछन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल