आईतवार, कार्तिक ११, २०८१
/
अगुवा सन्देश छैठौं बर्षमा प्रवेश
८ श्रावण २०८०
  प्रकाशकीय
आदरणीय पाठक, विज्ञाापनदाता, लेखक वर्गहरु !
अगुवा सन्देश साप्ताहिकले आफ्नो प्रकाशनको पाँचौ वर्ष पूरा गरी छैठौँ वर्षको यात्रा प्रारम्भ गरेको छ । २०७५ साल साउनको पहिलो साताको आइतबारका दिनदेखि कैलालीको टीकापुरबाट आफ्नो प्रथम अंक प्रकाशन गरी तपाईहरु सामु आएको थियो ।
प्रकाशनको पाँचौ वर्षसम्म आइपुग्दा यस अगुवा सन्देशले विभिन्न आरोह र अवरोहहरुलाई पार गर्नु परेको छ । स्थानीयस्तरका समाचार तथा लेख रचनालाई पहिलो प्राथमिकता दिने लक्ष्यका साथ प्रकाशन आरम्भ गरेको यस पत्रिकाले के कति आप्mनो लक्ष्य पुरा गरेको छ त्यसको मूल्याङ्कन गर्ने जिम्मा त तपाएहरु पाठकवर्ग, लेखकवर्ग, विज्ञापनदाता र समीक्षक वर्गमा निर्भर छ तैपनि हामीले सक्दो प्रयत्न भने गरिनै रहेकाछौं । पत्रिका प्रकाशनको पाँचकर्षको अवधीमा आफ्नै अगुवा अफशेट प्रेस सञ्चालनगरी पत्रिकाको मुद्रण गरिदै आएकोछ, अगुवा अनलाइन सञ्चालनमा ल्याएको छ भने अगुवा अनलाइन टीभी को सम्पुर्ण व्यवस्थापनिय कार्य सम्पन्न भइसकेको र केहीदिनमा सञ्चानमा ल्याइदै छ ।
प्रकाशनले पाँच बर्ष कटाएर छैठौंं बर्षलाई आरम्भ गर्दापनि आजै हो की जस्तो लागीरहेका यो अवस्थामा विगतका पाँच वर्ष बितेको पत्तै भएन । यस क्रममा प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वितरण सम्परीक्षणमा अगुवा सन्देश पहिलो पटकमै “ग” वर्ग हुँदै अहीले “ख” वर्गसम्म आइपुगेको छ । वर्गीकरणको क्षेत्रमा यो उल्लेखनीय प्रगति हो भन्ने हामीलाई लागेको छं । यस कार्यको सम्पुर्ण श्रेय, पत्रिका प्रकाशनको सम्पूर्ण टीम, लेखक, पाठकवर्ग र विज्ञापनदाताहरुलाई नै जान्छ ।
त्यसैले हाम्रो यस साप्ताहिकलाई माया र सहयोग गर्नु हुने सम्पूर्ण आत्मीय जनहरुमा हार्दिक आभार प्रकट गर्दछौं । आगामी दिनहरुमा पनि यस्तै अपार माया, स्नेह र सहयोग हुनेछ भन्ने पुर्ण अपेक्षा गरेकाछौं ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल