आईतवार, भाद्र २३, २०८१
/
सरकारलाई सघाउने नियत प्रचण्डजीमा देखिएन, अब ताजा जनादेश लिन्छौँ - उपप्रधानमन्त्री पोखरेल
५ पौष २०७७
  अगुवा समाचार
संसद बिघठन सम्वन्धमा नेपाल सरकारका उपप्रधान मन्त्रि तथा नेकपाका नेता इश्वर पोख्रेलले दिएको छोटो अन्तर्वाता
किन संसद् विघटनतिर लाग्नुभयो ?
प्रचण्डजीको २८ कात्तिकको आरोपपत्रले हामीलाई त्यहाँ पु¥यायो । सँगै बसेर काम गर्न सकिँदैन भन्ने सन्देश त्यसमा थियो ।
पार्टी झगडाको मूल्य किन संसद्ले चुकाउने ?
होइन, हामी ताजा जनादेश ल्याएर जनमतको कदर गर्न चाहन्छौँ । पुरानो जनादेशको अर्थ बुझ्नेबारे केही अलमल देखियो हाम्रा साथीभाइहरूको बीचमा ।
संविधान यस निर्णयमा स्पष्ट देखिन्न नि ?
होइन, ताजा जनादेशका पक्षमा संविधान स्पष्ट नै छ । हामीले त्यसलाई विचार गरेरै निर्णय गरेका छौँ ।
त्यसमा मन्त्रिपरिषद्का अरु सदस्यको के राय छ ?
प्रधानमन्त्रीको सिफारिस नै यसमा मुख्य हुन्छ । अरु विषयमा छलफल गर्नसम्म सकिन्छ ।
राष्ट्रपतिले त्यसमा सदर गर्नु भएन भने ?
कार्यकारी प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले सदर नगर्ने भन्ने हुँदैन । त्यस्तो अपेक्षा हामी गर्दैनौँ ।
यो निर्णयले पार्टी र सरकार अलोकप्रिय हुन्छ भन्ने डर तपाईंहरूलाई छैन ?
अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद् भन्ने संस्थाकै विरोध गरेको ठहर्दैन । बरु अब नयाँ संसद् बन्छ ।
पार्टी विवादका बारेमा अब के हुन्छ ?
मूल कुरो के हो भने सरकारलाई सफल बनाउने, सघाउने नियत प्रचण्डजी र केही साथीहरूमा देखिएन । त्यसले त्यसलाई समेत विचार गरेर आवश्यक निर्णय लिन्छौँ । (सिलापत्र डटकम बाट साभार)
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल