शनिबार, श्रावन १२, २०८१
/
गुलाव र यसको हेरविचार
२० फाल्गुन २०७९
  माण्डव्य हेमन्त
गुलाव भनेपछी सबैलाई थाहा तथा जानकारी भएको फुल हो । यसलाई फुलहरुको राजा भनेरपनि भन्ने गरिन्छ । छिमेकी राष्ट्र भारतको राष्ट्रिय फुलपनि गुलाव नै पर्दछ ।
हाम्रो घर आँगनमा यतिबेला गुुलावको फुल फुलेको सजिलैसंग हेर्न पाइन्छ । हेर्दा धेरै मनमोह र सुगन्धित हुनेभएकाले यसलाई धेरैले मन पराउने गर्दछन् । गुलावको फुल धेरैको रोजाइमा हुने भएकाले यो फूललाई घर–आँगन र बगैंचामा सजाएर वातावरण नै मनमोहक बनाउने गर्दछन् ।
गुलाबको सौन्दर्यले मोहित त बनाउँछ नै मनमा सकारात्मक ऊर्जा समेत पैदा गरिदिन्छ । गुलाबको फूल कसरी रोप्ने र कसरी हेरचाह गर्ने भन्ने सवालमा केही जानकारी हामीले नर्सरी विशषज्ञसंग लिएका छौं ।
नेपालमा गुलाव धेरै प्रजातीका पाइन्छन् । कुनै गमलामा रोप्न सकिने हुन्छ भने कुनै बगैंचामा । नेपालमा पाइने रैथान जातका गुलाबमा रोजा म्याक्रोफिला, रोजा सेरिसिया र रोजा ब्रुनानी आदि प्रदछन् ।
गुलाबको फूल प्रायः सबै वैजनी रंगमा पाइन्छ, तर रातो, गुलाबी, सेतो, सुन्तला र पहेंलो रंगमा भने बढी रुचाइने गर्दछन् । प्रेमदिनवसमा बढी प्रयाृग हुने रातो गुलाब ‘स्टिम’ प्रजातिमा पर्दछ ।
हाम्रो देशमा गुलावको विरुवा प्राय विदेशबाट आयात गरिने गर्दछ, तरपनि यसलाई कटिङ गरेर पनि बिरुवा बनाउन सकिन्छ । यसको कटिङ गरेको विरुवा रोप्ने माघदेखि चैतसम्मको सिजन उपयुक्त हुन्छ । अहिले हाइटेक प्रविधिले गर्दा अरू सिजनमा पनि रोप्न सकिन्छ ।
यसको विरुवा रोप्न प्राङ्गारिक पदार्थको मात्रा प्रशस्त भएको एवं पानी नजम्ने किसिमको माटो भएको हुनुपर्छ । बलौटे माटो यसका लागि उपयुक्त हुन्छ ।
यसमा सिचाइगर्दा बिहान र साँझको समयमा उत्तम हुन्छ । तर धेरैमात्रामा पानि भएका विरुवा मर्नसक्छ । यसलाई मलजल गर्दा हड्डीको धुलो मल उपयुक्त हुन्छ । हड्डीको धुलोमा न्युट्रेन, क्याल्सियम जस्ता तत्त्व हुने भएकाले गुलाबलाई फुल्न सहयोग गर्छ । यसका साथै गाईको गोबर गुलाबलाई अतिउपयुक्त मानिन्छ । पिना, कम्पोस्ट मल पनि हाल्न सकिन्छ ।  गुलाबलाई मल हाल्दा गमलामा होस् वा जमिनमा नै किन नहोस् माटोले छोपेर हाल्नु उपयुक्त हुन्छ ।
यो विरुवा तातो हावापानीमा राम्रो फुल्ने गर्छ । करिब ३५ देखि ३८ डिग्री सेल्सियस तापक्रममा यो फुल राम्रो फुल्छ । जाडो मौसममा कम फुल्ने भएकाले यसलाई जाडो मौसममा छाँटकाँट गर्नु राम्रो हुन्छ । 
गुलाबको बिरुवामा किरालाग्नबाट बचाउनकालागीलागि कीटनाशक विषादीको प्रयोग गर्नुपर्ने नै हुन्छ । (नर्सरी विशषज्ञको सहयोगमा)
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल

२०७७ भाद्र २० देखी २६ गते शुक्रबारसम्म