शुक्रबार, कार्तिक २, २०८१
/
अकम्प बीमोचन तथा अगुवाको छैठौं बर्षगाँठ कार्यक्रम सम्पन्न
६ श्रावण २०८१
  हेमलम्व माण्डव्य
हेमलम्व माण्डव्य भजनी
भजनी नगरपालिकामा अकम्प दैनिकको आइतबार बिमोचन गरीएको छ भने अगुवा सन्देश साप्ताहीकको छैठौं बर्षगाँठ कार्यक्रम सम्पन्न गरीएको छ ।
भजनी नगरपालिका वडा नं ८ बाढीपीडीत क्षेत्रबाट आफ्नो प्रकासन आरम्भ गरेको अकम्प दैनिकलाई आइतबार एक कार्यक्रमका विच भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बिमोचन गरेका छन् ।
अकम्प दैनिकलाई विमोचन गर्दै आफुले यस दैनिक तथा अगुवा साप्ताहीक पत्रिकालाई सक्दो सहयोग गर्ने वताएकाछन् । भजनी नगरपालिका बाढीपीडीत क्षेत्र भएकाले अकम्प दैनिक पत्रिकापनि बाढीपीडीत क्षेत्रबाट नै प्रकासन गरीएकोले यसलाई सहयोग गर्नु हामीसबैको कर्तव्य र दायित्व हो भन्नुभयो ।
नगर प्रमुख चौधरीलले पत्रकारकारहरुले पत्रकारीताको मर्मलाई बुझेर राम्रा र नराम्रो दुवै पक्षलाई औल्याउदा राम्रो हुने भन्ने कुराको सुझाव समेत दिनुभएको थियो । उहाँले भन्नुभयो तर केही पत्रकारहरुले पत्रकारीतालाई दुरुपयोग समेत गर्न पछि नहट्ने र त्यसैको आडमा स–साना कुराहरुलाई समेत पहाड बनाउने कार्य हुँदा हाम्रो समाज र विकास निर्माणका सवालमा अवरोध हुने गरेको समेत वताउदै सजग समेत गराएका थिए ।
प्रमुख चौधरीले आफु जहीलेपनि पत्रकारीताको पक्षमा रहेको र आफु र स्थानिय सरकारले पत्रकारीतालाई जहीलेपनि सम्मानित दृष्टिकोणले हेर्ने गरेको वताए । मिडीया जगतले हाम्रो कार्यशैलीमा कहीकतै केही कमीकमजोरी भएगरेकोमा त्यहाँ हामीलाई समयमा नै सल्लाह र सुझाव दिनुपर्नेमा केही मिडीया क्षेत्रमा कामगर्नेहरुले उल्टै हतोत्साहित गर्ने गरेको समेत वताए ।
विमोचन कार्यक्रममा जनता पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्वाजले अकम्प दैनिक र अगुवा सन्देश साप्ताहिकको उत्तरोत्तर प्रगतीको कामना गर्दै भजनी क्षेत्रमा दैनिक पत्रिकाको आवश्यकता रहेकाले अव त्यो आवश्यकतालाई अकम्प दैनिकले पुर्ति गर्नेमा आफु विस्वस्त भएको जनाए । उनले भने अकम्पमा जसरी निडरता, स्थायित्व र निर्भीकता झल्कीन्छ त्यसरी नै यो पत्रिका आगामी दिनमा कस्तै अवस्थामापनि निडरता, स्थायित्व र निर्भीकतासाथमा अगाडी बढोस भन्ने कमना गरेका थिए ।
त्यैगरी समाजसेवी रतन रेग्मीले बाढीपीडत क्षेत्रबाट अकम्प दैनिक प्रकाशनमा आएकोले आफु यसको निरन्तरताकोलागी कृयाशिल हुदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । रेग्मीले भने अकम्प देनिकका प्रकाशक स्वय बाढीपीडत क्षेत्रकै अनुभवी पत्रकार भएकाले पनि यो पत्रिकाले निरन्तरता पाउनेमा आफु आसावादी भएको जनाए । यस दैनिक पत्रिकाले पक्ष विपक्ष नभनी निस्वार्थ रुपमा गैरराजनितीक तरीकाले समाचार सम्प्रेषण तथा प्रकासन गर्नु पर्ने वताए । 
त्यसैगरी जोशीपुर सन्देशका प्रकासक–सम्पादक धर्मेन्द्र विष्टले अकम्प दैनिक तथा अगुवा सन्देश साप्ताहिकको उत्तरतेत्तर प्रगतीको कामना गर्दै पत्रकारीता विषय त्यति सजिलो नभएको अवस्थामा भजनीको बाढीपीडीत क्षेत्रबाट दैनिक पत्रिका प्रकासन गर्नु कम चुनौति नभएको वताए । उनले भने अकम्प दैनिकका प्रकाशक हेमन्तराज माण्डव्यले अगुवा सन्देश साप्ताहिक, अगुवा अनलाइन जस्ता पत्रिकाहरुलाई सफलताको शिखरमा पु¥याउन सफल हुनुभएकोले अकम्प दैनिकलेपनि सफलता पाउने छ भन्नेमा आफु विस्वस्थ रहेको वताए ।
कार्यक्रममा भजनी वडा नं ८ का वडाअध्यक्ष पंकज चौधरी, नेकपा एमाले नगरइन्चार्ज हर्क बुढा, नेकपा मावोवादीका भजनी नगर उपाध्यक्ष नारायण ओझा, नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य प्रदिप मल्ल, ससस्त्र प्रहरी बल बिओपी गुलरीयाका इन्चार्ज डिएसपी मोहन न्यौपाने, इलाका प्रहरी कार्यालय भजनीका प्रहरी सहायक निरीक्षक गोवीन्द बुढा, सिमा प्रहरी लालबोझीका इन्चार्ज हंस बहादुर विष्ट, जनता पुस्तकालयका पुर्व अध्यक्ष डम्वर खडका, जनता पुस्तकालयका पुर्व सचिव अर्जुन चौधरी, समाजसेवीहरु नवराज काफ्ले, पुष्पराज उपाध्याय, दिपक बिक, सवडिभिजन बन कार्यालयका प्रकास महर, सन्तनिरंकारी मिसन भजनी उपसाखाका प्रमुख खेमराज काफ्ले, विभिन्न मिडीयाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल