शुक्रबार, कार्तिक २, २०८१
/
वास्तवीक किसानलाई सुविधा दिऔं
२ असार २०८१
  सम्पादकिय
यतिबेला कृर्षि ज्ञान केन्द्र कैलालीले पावर ट्रीलर खरीदमा करोडौ रुपैयाँ अनीयमितता गरेको भन्ने समाचारहरु बाहीर आएकाछन् ।
कृर्षि ज्ञाान केन्द्रले वास्तवीक किसानहरुलाई पावर ट्रीलरको सुविधा नदिएर दलीय कार्यक्रताहरुलाई पावर ट्रीलर सुविधामा दिएको आरोप किसानहरुले लगाइ रहेकाछन् ।
कतीपय किसानहरुले पावर ट्रीलर सुविधामा लीएर केहीदीनको अन्तरालमा अर्कैलाई बेचेका घटना समेत सुन्नमा आएको पाइन्छ । यस्तो अवस्था भइरहेको अवस्थामा कृर्षि ज्ञाान केन्द्रले कुनै विचार नगरी नियमले दिदै नदिएको कुरा गरेर वास्तवीक किसानहरुलाई   वेवास्ता गर्दै मोलमोलाइमा जुन अनीयमितता गरेको छ । त्यसमा सख्त कानुनी कार्वाही हुनु पर्दछ र आगामी दिनहरुमा वास्तवीक किसानहरुले निश्पक्ष रुपमा सरकारबाट पाउने सुविधा पाउनु पर्दछ ।
कैलाली जिल्लाको हकमा भन्ने हो भने विशेषगरी बाढीपीडीत क्षेत्रका किसानहरुले निश्पक्ष रुपमा गैर राजनितीक तरीकाले सुलभ किसीमले पावर ट्रीलरको सम्पुर्ण मेसीनरी सरसमानहरु पाउनु पर्दछ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल