शनिबार, श्रावन १२, २०८१
/
तीन जनाको वृय मिलाएर बच्चा जन्माइयो
२९ बैशाख २०८०
  अगुवा समाचार
संसारमा असम्भव केही छैन भन्ने कुरा बैज्ञानिकहरुले फेरी प्रमाणीत गरेका  छन् । तिनजनाको वृय मिलाएर विश्वकै पहिलो बच्चा जन्माइउको छ । बैज्ञानिकका अनुसार उक्त बच्चामा कुनैपनि किसीमका बंशाणुगत रोगहरु हुनेछैनन् भनिएको छ ।
    एजेन्सिका अनुसार विश्वमा पहिलोपटक यस्तो बच्चा जन्मिएको छ, जसलाई कुनैपनि वंशाणुगत रोगको समस्या हुनेछैन । यो बच्चा आफ्नो बाबु–आमासँग पनि दुरुस्तै मिल्दैन । किनकी यसमा बाबुआमा सँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ । अर्थात् यो बच्चा ३ जना मानिसको डिएनएबाट बनेको छ ।
    बेलायतको न्युक्यासल फर्टिलिटी सेन्टरमा उक्त बच्चाको जन्म भएको हो । यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डिएनए प्रयोग गरिएको छ । डिएनएको विशेषता कायमै राख्नका लागि आईभीएफ प्रविधिको प्रयोग गरिएको छ । यो बच्चाको शरीरमा कुनैपनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ ।
    उक्त बच्चाको शरीरमा मातापिताको डिएनएका अलावा तेस्रो महिलाका विभिन्न ३७ वटा जिन पनि राखिएको छ । यसो गर्दा सो बच्चा जैविक रुपमा तीनजना मातापिताको सन्तानको रुपमा रहेको छ । यद्यपि बच्चाको शरीरमा ९९.८ प्रतिशत डिएनए चाहिँ आफ्नै मातापिताकै रहेको जनाइएको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल