शुक्रबार, कार्तिक २, २०८१
/
‘एक्लैपन ......?’
९ अषाढ २०८१
  माण्डव्य हेमन्त 
 
एक्लैपन राम्रो लाग्छ नी,
यस्तोपनी कुरा हुन्छ नी ?
जुन सोचबाट हिडिरहेको छु म,
राम्रो छ, कोइ साथमा छैन नी ??

मेरो जल्दै गरेको यस दुनियामा,
जलनलाई किन अरुले सहने ?
मेरा पिडाहरुका काँडाहरुको,
बिझाई किन अरुले सहने ?

हैन, मेरा भागको कष्टमा,
अधिकार अरुको किन हुने ?
उजडेको, सुनसान अनी बाझो भएको,
यो संसार अरुको किन हुने ?

सब भनेर सुनेर, छु हारीसकेको म,
भन्ने सुन्ने कुनै कुरा नै छैन !
जुन परिस्थितीबाट, छु गुज्रीरहेको म,
राम्रै छ कोही मेरो साथमा नै छैन !!
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल