शुक्रबार, श्रावन ११, २०८१
/
हिन्दु धर्मका केही पक्षहरु
२ असार २०८१
  माण्डव्य हेमन्त 
मण्डव्य हेमन्त भजनी २ असार २०८१
हिन्दु धर्म संसारको पहिलो र प्राचीन धर्म मानिन्छ । यस धर्मको एकमात्र ग्रन्थ हो वेद । वेदकोसारलाई नै उपनिषद भनीन्छ । यसलाई नै वेदान्त भनीएको पाइन्छ । यसपछीको सारलाई ब्राह्मण भनिन्छ, ब्राह्रमण छ प्रकारकाछन् । अहिलेको जस्तो ब्राह्रमण कुनै जात, समुदाय विशेष नभई यो चराचर जगतलाई विभिन्न कोणबाट चलायमान बनाइराख्न सजिलोपनमा ढालीएको निती हो । यो निति कुनै जात–जाती र समुदाय, तथा धर्मसंग नभई विश्व ब्रमाण्डलाई नै रुपान्तरीत तरीकाले चलाईराख्न मद्धत गर्दछ ।
हिन्दु धर्ममा ब्रह्मलाई नै सत्य मानिएको छ, जो सम्पुर्ण जगतमा व्याप्त भएर पनी जडगतबाट अलग छ । सबै आत्माहरु उही ब्रह्मका अंश नै हुन । हिन्दु धर्मका सयौं कुराहरु छन् जसलाई विश्व जगतले राम्रो मान्ने गर्दछ, तर हामी आज विभिन्न धर्मग्रन्थहरु लाई अध्यन गरीए अनुसार त्यसलाई आधार मान्दै यहाँ केवल १० पक्षहरुको बारेमा उजगार गर्ने जमर्को गरीरहेका छौं ।
१. उत्सवप्रियताः—
हिन्दु धर्ममा प्रत्येक व्यक्ति तिहार या पवर्, स्वास्थ्य या निरोगीपन, उत्सव या मनोरञ्जन, नातागोता र प्रकृतीसंग जोडीएकाछन् । हिन्दु धर्मले मान्दछ की परमपिता परमात्माले मानिसहरु लाई नै खुल्लारुपमा हाँस्ने, उत्सव मनाउने, खुसीयाली गर्ने, निरोगी पनकालागी बिभिन्न प्रकृया अपनाउने र बिभिन्न खेल खेल्नकालागी सक्षमता, योज्ञता र दक्षता दिएको छ । यही कारण हो कीसबै हिन्दु तिहार–पर्व र संस्कारहरुमा संयमित तथा संस्कारवद्ध रहेर नृत्य, संगीत र विभिन्न पकवानहरुको राम्रोसंग समांजस्य मिलाएर समावेश गरीएको पाइन्छ । उत्सवबाट जीवनमा सकारात्मकता, मिलनसारिता र अनुभवको विस्तार हुने गर्दछ । यही “उत्सवप्रियता” विश्वजगतलाई राम्रो लाग्दछ । त्यही भएर त होली र कुम्भ मेला जस्ता पर्वहरुमा संसारभरका मानिसहरु सहभागीताकोलागी आउने गर्दछन ।  
२. सांस्कृतिक एकताः— 
हाम्रो देशका विभिन्न समाजहरु गाउँ–टोल, भेग–क्षेत्रहरु र प्रदेशहरुमा अलग अलग तिहार, उत्सव, पर्व, परम्परा, चालचलन, संस्कार–संस्कृती र रितिरिवाज  रहेको पाउने गर्दछौं । तर गहराइबाट हेर्ने हो भने यि सबै तिहार, उत्सव, पर्व, परम्परा, चालचलन, संस्कार संस्कृती र रितिरिवाजमा समानता रहेको पाइन्छन्, अर्थात एउटै पर्वलाई मनाउने तरीका फरक फरक रहेकाछन् । हाम्रो देशमा बोलीने भाषा–भाषीहरुलाइ बोल्ने कैयौं तरीका रहेकाछन्, तर सबैको मुल संस्कृत नै रहेको पाइन्छ । यसै हिसावमा हाम्रो समाज या जातीहरुको मुल एउटै हो, उनको बंशजपनी एउटै हो । भावार्थ, हो की हामी अलग अलग जाती, समुदायमा भएरपनि हामीमा कुनै संघर्ष बिरोधाभाष कुराहरु रहेको पाइदैन । अलग अलग मान्यताहरुको भएरपनि हाम्रो एउटै परीवारमा वासस्थान छ र सबै हाँसी  खुशी रहने गर्दछौं । यो कुरा विदेशीहरुमा हुदैन र हाम्रो यस्तो व्यवहार देखेर उनीहरु हैरान र अचम्मति हुने गर्दछन् । 
३. धार्मिक शिक्षामा कुनै जोर छैनः— 
हिन्दु धर्म कुनै कट्टरपन्थि धर्म होइन् । न  यसमा रहेका कुनै संस्कार र संस्कृतिहरु नै कट्टरतावादी छन् । यसमा कुनै प्रकारको समाजीक दवाव छैन् । धार्मिक शिक्षाकालागी कुनै  जोर जवरजस्ति छैन् । हिन्दु धर्मले मान्ने गर्दछ कि शिक्षा सबै प्रकारको हुन जरुरी छ । केवल धार्मिक आधारमा शिक्षा कहील्यै हुनुहुदैन् । हो ! शिक्षा संस्कारवाला भए मात्र कुनै बालक ठुलो भएर एक राम्रो मानिस बन्न सक्छ । र उसले भविश्यमा समाजलाई समय अनुकुल  ढाल्दै आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्दै रुपान्तरीत तवरले अगाडी 
बढाउन सक्दछ ।
४. तीर्थ र मन्दिरः— 
हिन्दु धर्मका सबै तीर्थ र प्रमुख मन्दिरहरु हिन्दु धर्मावलम्वीहरु मत्रै नभर विभिन्न धर्म संस्कारलाई मान्नेहरुले हेर्न र अवलोकन गर्न चाहन्छन् । हरेक धर्मसंग जोडीएका व्यक्तिहरु त्यहाँ गएर स्वयमा खुसी महसुस  गर्न सक्दछन् । किनकी त्यहाँ सबैलाई बजीरहेका घंटीहरुको संगीतमय आवाज र वाचन गरीरहेका वेद मन्त्र तथा श्लोकको सुमधुर आवाजका साथमा एउटा यस्तो आध्यात्मीक वातावरण मिल्दछकी जसको सानिध्यमा रहेर उपस्थितहरु आफुलाई प्रशन्न र खुसी पाउन गर्दछन् । त्यसैले हिन्दु तिर्थ स्थलहरुमा विदेशी प्रयटकहरु त्यतिकै घुम्ने गर्दैनन् । उनिहरुले त्यहाँ रहेका राम्रा र नराम्रा पक्षहरुको नजदिक बाट मुल्याङ्कन र अवलोकन गरीरहेका हुन्छन् ।
५. सह–अस्तित्व र स्वीकार्यताः— 
परोपकार, सहिष्णुता, उदारता, मानवता र सहनशिलतापनको भावनाले नै सह–अस्तित्व र सबैलाई स्विकार्ने भावनाको विकास हुने गर्दछ । सह–अस्तित्वको अर्थ हुन्छ, सबैका साथमा सद्भाव र प्रेमका साथमा रहनु र चाहे उ कुनै धर्म,  जाती, संस्कार, चालचलन र अन्य कुनै देश तथा राष्ट्रसंग सम्वन्ध राख्ने नै किन नहोस सबैको अस्तित्वलाई समान रुपले स्विकार गर्नु । यसका उदाहरणमा इतिहासलाइ हेर्ने हो भने यस्ता कैयौं घटनाक्रमहरु छन जो हिन्दुहरुले विश्वका कयौं देशहरुबाट समय समयमा सताइएर तथा भगाइएका शरणार्थीहरुका समुहलाई आफ्नो मातहतमा शरण दिएर समानता, सदभाव र सह–अस्तित्वको प्रत्यीक्षकरण गरेको पाइन्छ । तर विडम्वना हिन्दुहरु जहाँ जहाँ गएकाछन् त्यहाँ–त्यहाँको संस्कार र संस्कृतिहरुसंग पुर्ण रुपमा घुलमिल भएर उतैको गुणगानमा व्यस्त भएर बसेको पाइन्छ ।
६. ध्यान र योगः— 
प्रमुख रुपमा योग, ध्यान र मोक्ष हिन्दू धर्मका नै देन हुन् । मोक्ष–मुक्ति या परमगति को धारणा अर्थात विस्वासको जनक वेद नै हो । योगमा यसलाई समाधी वताइएको छ । वेदको यस ज्ञानलाई विद्धत्व वर्गले आफुअनुकुल र आ–आफ्नै तरीकाले सम्झेर बुझेर व्याख्या गरेको र गर्नेगरेको पाइन्छ । वैद्धिक पद्धती अनुसार मोक्ष प्राप्तिकालागी सबभन्दा उत्तम उपाय भनेको ध्यानलाई नै सरल मार्ग मान्ने गरीएको वताइन्छ । सम्पुर्ण विश्व जगतमा ध्यान र योगको अग्रसरता सहित धुम नै मच्चीएको पाइन्छ ।
७. स्वतन्त्रताः—
हिन्दु धर्मले मानिसहरु लाई आफ्नो व्यक्तिगत विस्वासका अनुसार भगवान, इश्वर या देवी–देवताहरुलाई मान्ने, पुज्ने र यदि विस्वास छैन भने नमान्न र नपुज्नका लागी स्वतन्त्रता दिने गर्दछ । प्रत्येक व्यक्ति परमात्माको अनुपम भएकाले उ स्वतन्त्रताको अधिकार राख्दछ । उ मान्ने, पुज्ने कार्यकालागी मन्दिर जान, प्रार्थना गर्न या समाजका कुनै उस सम्वन्धि नियम मान्न बाध्य छैन । यसै कारणले गर्दा हिन्दु धर्म– संस्कार भित्रका हजारौं हजार वैज्ञानिक, समाज सुधारक र दार्शनिकहरु ह्ुनगए । जसले धर्मलाई नयाँ उचाइमा पु¥याए भने जसका कारण धर्मका भित्र आएका बाहीरी गलत तत्वलाई समय समयमा आलोचनाकासाथमा शुद्धिकरण समेत गरे । विद्धवानहरु जान्दछन की सांसारिक उन्नति र आध्यात्मिक सुखको प्राप्तिकालागी स्वतन्त्र विचारको कती ठुलो आवश्यकता पर्दछ । हो, हिन्दु धर्मले यो अवश्य भन्दछकी स्वतन्त्रतामा स्व–अनुशासन हुन जरुरी छ । यसले स्वयम र अरुको स्वतन्त्रतालाई कायम राख्न र धर्म, देश तथा समाजलाई सुविचार सहित व्यवस्थित राख्न आश्यक मद्धत गर्दछ ।
८. पुनर्जन्म र कर्मको सिद्धान्तः—
हिन्दु धर्म पुनर्जन्म र कर्मको सिद्धान्तमा विस्वास राख्दछ । यसको अर्थ हो कि आत्मा जन्म र मृत्युको निरन्तर पुनराआगमनको शिक्षात्मक प्रक्रियाबाट गुज्रदै आफ्नो पुरानो शरीरलाई छोडेर नयाँ शरीर धारण गर्ने गर्दछ । जन्म र मृत्यूको यो चक्र तबसम्म चलीरहन्छ, जबसम्म आत्माले मोक्ष प्राप्ती गर्न सक्दैन् । यसै कारण कयौं किसीमका कर्मलाई वताइएको छ, जसले गर्दा प्रारम्भ कर्मको निर्माण हुने गर्दछ । विश्वभरका वैज्ञानिक तथा दार्शनिकहरु अहिलेको समयमा पुनर्जन्म र यस कर्म शिद्धान्तको सवाललाई सम्झदै खोजअनुसञ्धान सहित उजगार गरीरहेकाछन् ।
९.हिन्दु धर्म का साधु र दार्शनिकः—
हिन्दु धर्ममा यस्ता  कयौं चमत्कारीक संत अर्थात साधुहरु जन्मीएकाछन्, जसले विश्वका अन्य देश र धर्मका व्यक्ति र समुदायहरुलाई प्रभावित गरेकाछन् र उनिहरुले साँचो ज्ञानको बाटो  देखाएकाछन् । यसैगरी कयौं दार्शनिकहरु समेत जन्मेकाछन्, जसलाई देखेर बुझेर दुनिया नै अचम्मति भएको छ । जसमा ऋषी माण्डव्य, ऋषी वशिष्ठ, ऋषी परासर, गौतम बुद्ध, निरंकारी बुटासिंह बाबा, निरंकारी हरदेवसिंह बाबा, भानुभक्त भट्ट, मोतीरा भट्ट, ओशो रजनिस, योगी नरहरीनाथ, विवेकानंद सरस्वती जस्ता दार्शनिकहरुलाई आजको समयमा दुनियाभरले मान्ने र रुचाउने गर्दछ ।
१०.रहस्य र रोमांसः—
हिन्दु धर्ममा रहस्यलाई विशेष रुपमा महत्व दिएको पाइन्छ । जीवनमा यदि रहस्य नै छैनभने रोमांस र उत्साह पनि रहन सक्दैन् । हरेक समय कुनै न कुनै कुराको खोज गर्नु नै रोमांस  हो । यसकारण हिन्दु धर्मलाई एक रहस्यवादी धर्मपनि भन्न सकिन्छ । जीवन, आत्मा, पुनर्जन्म, परमात्मा र यो ब्रह्माण्ड एक रहस्य नै हो । यस रहस्यलाई जान्ने इच्छा अर्थात रोमांस मानिसहरुमा आदिकाल देखी नै रहिआएको पाइन्छ । जुन मानिसमा यस  रहस्यलाई जान्ने रुचि हुदैन, त्यो मानिस पशुसमान हो भनिन्छ । 
त्यसैले अन्तमा भन्नु पर्दा यस मनुस्य जिवनलाई सम्झने र बुझ्ने गरौं, नत्र जिवन व्यर्थै जाने छ । त्यसकारण हिन्दु धर्मले बताउदछ की मानिसको जिवन सबै भन्दा पहिला स्वयम आफुलाई जान्न र बुझ्नकालागी भएको हो । यो जन्म अमुल्य छ, यो जन्म आफुलाई जान्नुका साथै निस्वार्थ भावका साथमा समाज सुधारकका रुपमा आफुलाई उभ्याउदै निरन्तर संघर्षशिल भएर जिवनको अन्तकालसम्म निर्भयका साथ लागीरहनु पर्दछ ।  
जय माण्डव्य !
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल