आईतवार, भाद्र २३, २०८१
/
लाहुरे फूल र यसको परिचय
१४ श्रावण २०७९
  हेमन्त माण्डव्य
विशेषगरी वसन्त याम ढकमक्क फुल्ने लाहुरे फुला हेर्दा मनै लाभीने गर्दछ । जो कोहीले पनि यसलाई आफुसंगै राख्न पाए हुन्थ्यो भन्ने चाहना जागृत गर्दछ । यो फुल घरआँगनमा ढकमक्क फुल्दा घरको आकर्षण सोभा बढाउनुका साथै परिवारमा मनप्रफुल्ति गराउने गर्दछ । यो फुलको खास नाम भने डेलिया हो भने नेपाली समाजमा यसलाई ‘लाहुरे फूल’ भनेर चिनिने गरिन्छ ।
यो फूलको उत्पत्ति मध्यअमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । विदेशबाट आयातित यो फूल नेपालमा पनि धेरै प्रचलित छ ।
लाहुरे फूल फुल्ने मुख्य सिजन भनेको गर्मीयाम नै हो । मुख्यतया चैत–वैशाख यो फूल फुने गर्दछ । यो फुल धेरै चिसो हावापानीमा सप्रिन सक्दैन । यसलाई घाम चाहिन्छ त्यसैले गर्मी ठाउँमा वा धेरै गर्मी पनि नभएको र धेरै जाडो पनि नभएको ठिक्कको हावापानीमा यो फूल बढी फैलिन्छ । माटोको कुरा गर्दा मलिलो माटोमा यो फूल बढी सप्रिन्छ ।
यो फुललाई फुलाउउन बलौटे माटो उपयुक्त हुन्छ । यसलाई कम्पोस्ट मल, गाईवस्तुको मल पनि हाल्न सकिन्छ । तर कम्पोस्ट मल भने यो फूलमा हाल्नु हुँदैन । कम्पोस्ट मलको मात्रा मिलेन भने फूल नै क्षति हुन्छ ।
यसलाई माटो छामेर सुख्खा हुन आँटेको छ भने मात्र पानी हाल्नुर्छ । मििहनामा एकचोटी गगोडमेल गर्नुपर्दछ ।
यो फूल रातो, पहेंलो, बैजनी, सुन्तला, सेतो र गुलाबी रंगमा यो पाउन सकिन्छ । यो फूल गमला र बगैंचामा दुवै ठाउँमा रोप्न सकिन्छ ।
लाहुरे फुल एउटा ४–५ फिट अग्लो हुने ठूलो थुङ्गा फुल्ने हाइब्रिड सानो ८ देखि १० इन्चको सानो थुङ्गा फुल्ने हुन्छ  भने यो फुल चारदेखि पाँच महिनासम्म टिक्छ ।
यसको बिरुवा नर्सरीहरूमा तयारी हुन्छ भने बीउबाट र कलबीबाट यो बिरुवा तयार रोप्न सकिन्छ । यसलाई तयार पार्न एक महिना लाग्छ । यसलाई चैत–वैशाखमा सार्न सकिन्छ ।
यसलाई गोडमेल गर्दा बिस्तारै गोडमेल गर्नुपर्छ । यो फूलको गानो हुन्छ, गोडमेल गर्दा त्यसलाई धक्का पु¥याउनु हुँदैन ।
यो फुल बगैंचा तथा गमलामा सजाउन एकदमै आकर्षक हुन्छ । पूजाआजामा पनि यो फूलको राम्रो प्रयोग हुने गरेको छ । सजावटमा पनि यो फूल बढी प्रयोग हुन्छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

साप्ताहिक राषीफल

२०७७ भाद्र २० देखी २६ गते शुक्रबारसम्म