आईतवार, भाद्र २३, २०८१
/
साप्ताहिक राषीफल
भाद्र २० शनीवार
  २०७७ भाद्र २० देखी २६ गते शुक्रबारसम्म
मेष—(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)ः अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृष—(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर सोखले फजुल खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले समस्या पर्नेछ ।
मिथुन—(का,कि,कु,घ,ङ,छ,के,को,हा)ः तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।
कर्कट—(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः अर्थ अभावले आँटेको काम रोकिन सक्छ । स्थितिमा सुधार आउनुका साथै भाग्यले साथ दिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ । दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ ।
सिंह—(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः अतिथिका रूपमा मान–सम्मान प्राप्त हुनेछ । तर स्वास्थ्यमा बाधा, काममा अवरोध र विविध झमेला आइपर्ने सम्भावना छ । बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ ।
कन्या—(टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)ः रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त समय पर्खनुहोला । उपहारका लागि हुने फजुल खर्चबाट सजग रहनुहोला ।
तुला—(रा,रि,रु,रे,रो,ता,ति,तु,ते)ः प्रतिस्पर्धीहरूले अवरोध सिर्जना गर्न सक्छन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ ।
बृश्चिक—(तो,ना,नि,नु,ने,नो,या,यि,यु)ःपरिस्थिति अनुकूल बन्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । अध्ययनमा प्रगति हुनेछ र मिहिनेतले मनग्य फाइदा पनि दिलाउनेछ ।
धनु—(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)ः आफन्तहरू बिनाकारण टाढिन सक्छन् । परिवारमा असमझदारी बढ्न् सक्छ । फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला ।
मकर—(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)ः  मानसम्मान प्राप्त भए पनि वादविवादमा परिने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला । सत्कर्ममा जुट्नेहरूलाई बोलीको भरमा काम बन्नेछ ।
कुम्भ—(गु,गे,गो,सा,सि,सु,से,सो,दा)ः बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । मान–सम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ ।
मीन—(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)ः प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ । आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ । ढिलै भए पनि आँटेको काम बन्नेछ र मनग्य धन आर्जन सफल भइनेछ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल