मंगलवार, असोज १, २०८१
/
गौरा पर्व मानसखण्ड क्षेत्रको मौलिक र सांस्कृतिक पर्व
१० भाद्र २०८१
  अगुवा समाचार
सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको गाउँघरमा रौनक छाएको छ । गौराका लागि घरपरिवारका सबै सदस्यहरु एकै ठाउँमा भेटघाट हुने भएकाले गाउँघरमा रौनक छाएको पाटन नगरपालिका ३ का अम्बादत्त पन्तले बताए । 
गौराको समयमा रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएकाहरु समेत फर्केकाले गाउँघरमा रमाइलो वातावरण भएको उनले बताए । उनले भने ‘गाउँघरमा गौराको रौनक छाएको छ । गाउँका सबै मानिसहरु एकै ठाउँमा जमा भएर सुखदुख साटासाट गर्ने अवसर पनि मिलेको छ ।’
गौराको समयमा गौरा खलाहरुमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी र देउडा हुने भएकाले सबै मानिसहरुको जमघट हुने गरेको पन्तले बताए । 
यो समयमा गाउँघरका मानिसहरु एकै ठाउँमा जमा भएर गौरा मनाउने भएकाले सबैसंग भेटघाट हुने गरेको मेलौलीका नारदप्रसाद भट्टले बताए । 
भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गौरा पर्वको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली भएपनि त्यो भन्दा पछिका दिनहरुमा समेत खेल खेलेर रमाइलो गर्ने चलन रही आएको छ । 
यो बर्षको गौरा भाद्र कृष्ण पक्षमा परेकाले भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा अठ्यावालीपछि शुभसाइत हेरर समापन गर्ने गरिन्छ । 
अठ्यावालीपछि देवीदेवताहरुका खलामा खेल हुने भएकाले ठाउँ अनुसार फरक–फरक दिन गौरा पर्व समापन गर्ने चलन रही आएको छ । गौराको समयमा गाउँघरमा निकै रमाइलो वातावरण रहेको दशरथचन्द नगरपालिका १ का अशोक भट्टले बताए । 
सुदूरपश्चिममा बैतडीसहितका जिल्लाहरुमा गौरा पर्व मनाइने गरिन्छ । यो पर्व कर्णाली प्रदेशका केही ठाउँ र भारतको कुमाउ गढवालसम्म समेत मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 
गौरा पर्व मानसखण्ड क्षेत्रको मौलिक र सांस्कृतिक पर्व भएको उनले बताए । मानस नारीहरुले मात्रै दुबधागो धारण गर्ने परम्परा रहेकाले यो निकै बिशिष्ट खालको पर्व भएको उनले बताए । (सगुन खबरबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल