बिहिवार, असोज ३, २०८१
/
राष्ट्रको समृद्धिका लागि युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट
९ भाद्र २०८१
  अगुवा समाचार
गण्डकी प्रदेशको राजधानी पोखरा जेसीसद्वारा आयोजीत व्यापार प्रशिक्षण कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुु¥याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ ।
पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिएका हुन् ।
जेसीजले यस वर्ष आफ्नो स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा प्रमुख भट्टले शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर भनेको १८ देखि ४० वर्षसम्म मात्र हो भनदै प्रदेश प्रमुख भट्टले युवाहरुको साझा संस्था जेसीजले व्यवसायिक युवालाई नै केन्द्रीत गरी आयोजना गरेको यस प्रशिक्षणले युवाहरुलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने आफुले विश्वास लिएको वताएका थिए ।
जेसीजले युवा सशक्तिकरणको अभियान चलाउदै समाजमा सकारात्मक परिवर्तन गरेको प्रमुख भट्टले वताएका थिए । कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र
राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रशंसा समेत गर्नुभएको थियो ।
सक्षम तथा दक्ष नागरिकको उत्पादनमा वृद्धि हुनसकेमा मात्र समाज र सिंगो राष्ट्रको विकास हुनसक्ने कुरामा जोडदिदै असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ भन्ने कुराको अवगत गराएका थिए ।
व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको आदानप्रदान र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा जेसीजले अझै ठूलो भूमिका खेलोस् भन्ने अपेक्षा आफुले गरेको समेत प्रमुख भट्टले वताएका थिए । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल