शुक्रबार, कार्तिक ९, २०८१
/
अमेरिकी राष्ट्रपति र उनकी श्रीमती कोराना पोजिटिभ
३ अक्टुम्बर, आश्विन १७, २०७७
  पूर्ण कुमाल
       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनक्री श्रीमती मेलानिया ट्रम्प कोरोना संक्रमित भएका छन् । ट्रम्प र मेलानियाले ट्वीटको माध्यमबाट यसको खुलासा गरेका छन् । ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन्– ‘मेरो र मेरी श्रीमती मेलानियाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजिटिभ आएकोले अब हामी दुबै आफूलाई क्वारेन्टाइन गरेर तुरुन्त यसको रिकवरी प्रक्रिया आरम्भ गर्ने छौ र जसरी भएपनि यससंग लडाई गरेर यसलाई पराजित गरेर नै छाड्ने छौ ।’
    ट्रम्पलाई अहिले कोरोनाको सामान्य लक्षण देखिएको छ । यसभन्दा पहिले ट्रम्पकी निजी सल्लाहकार होप हिक्स कोरोना संक्रमित भेटिएकी थिईन । ३१ वर्षकी हिक्सले गत बुधबार आयोजित ्यालीमा राष्ट्रपतिसंग यात्रा गरेकी थिईन । बिहिबारका दिन उनी कोरोना पोजिटिभ पाइएकी थिईन । आफ्नी सल्लाहकार पोजिटिभ पाइएपछि ट्रम्पले आफू र आफ्नी श्रीमती सहित क्वारेन्टाइन गरेका थिए र कोरोनाको जाँच गराएका थिए । ३ नभेम्बरमा हुने राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिद्वण्डी र डेमोक्रेट पार्टीका नेता जो बिडेनले पनि कोरोना जाँच गराएका छन् । उनको रिजल्ट भने समाचार तयार पर्दासम्म आएको छैन । राष्ट्रपति ट्रम्प ७१ वर्षका छन् र उनको तौल १२२ किलोग्राम रहेको छ । विशेषज्ञका अनुसार दुबै फ्याक्टर खतराजन्य रहेका छन् ।
    स्मरण रहोसकि ट्रम्पले जहिले पनि सार्वजनिक ठाउँमा कोरोनाको मजाक उडाउँदै यसलाई हल्का रुपमा लिदै आएका थिए । सूत्रका अनुसार उनले आफ्नो जीवनमा केवल दुई पटक मात्र मास्क लगाएको पाइएको छ । १२ जुलाईमा वाशिंगटनको वाल्टर रीड मिलिट्री हस्पिटलको दौरमा उनले नीलो रंगको मास्क लगाएका थिए । त्यस्तै पछिल्लो हप्ता सुप्रीम कोर्टका दिवंगत न्यायधिश गिन्सबर्गलाई श्रद्धाञ्जली अर्पित गर्दा उनले मास्क लगाएका थिए, त्यस समय उनकी श्रीमतीको पनि उपस्थिति रहेको थियो । सूत्रले यो पनि जानकारी गराएको छकि उनले मास्क लगाउने कुराको धेरै पटक सार्वजनिक ठाउँ वा प्रेस सम्मेलनमा मजाक उडाउँदै आएका थिए ।
    उता भारतमा कोराना भाइरसबाट मृत्युहुनेको संख्या एक लाख उन्साठी नाघेको स्वास्थ्य मन्त्रालयद्वारा जारीगरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ भने संक्रमणको संख्या ६४ लाख ४ साय ७६ पुगेको छ ।
    मृत्यु हुनेको संख्या एक लाख नाघिसक्दा पनि भारतले आफ्नो देशमा मृत्यु दर अन्य देशहरुको तुलनामा न्यून रहेको बताएको छ । सरकारी तथ्याङ्ग अनुसार पछिल्लो सेप्टेम्बर महिनामा दिनहुँ एक हजारभन्दा धेरै मान्छेहरुले आफ्नो ज्यान गुमाएका थिए । स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ९ लाख ४४ हजार ९ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्भने ५४ लाखभन्दा धेरै राम्रो भएर आफ्नो घर फर्किसकेको तथ्याङ्ग प्रस्तुत गरेको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल