मंगलवार, असोज १, २०८१
/
प्रदेश प्रमुख भट्टद्वारा कृष्ण जन्माष्टमी र गौरापर्वको शुभकामना व्यक्त
१० भाद्र २०८१
  अगुवा समाचार
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमीको अवसरमा मानाइने जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका केही क्षेत्रमा मनाइने  धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नु भएको छ ।
अगुवा अनलाइनलाई पत्र मार्फत जानकारी गराए अनुसार भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको वताइएको छ । 
प्रमुख भट्टले यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको पत्रमा उल्लेख गरेकाछन् ।
त्यस्तै गरी पत्रमा सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु भनिएको छ । 
गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ भने यो पर्व पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिने जनाइएको छ । 
प्रमुख भट्टले सदियौँदेखि मनाईदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छभने यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको कुरा पत्रमा उल्लेख गर्नु भएको छ ।
प्रदेश प्रमुखको हैसीयतमा हस्ताक्षर सहित जारीगरीएको उक्त पत्रमा भट्टद्वारा “यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको कुरा औल्याउदै कृष्णजन्माष्टमी र गौरा पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु भनिएको छ ।”
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल