शुक्रबार, श्रावन ११, २०८१
/
माण्डव्य बंशीय खोजअभियानमा पिताश्री
११ मंसिर २०८०
  हेमन्त माण्डव्य
हेमन्त माण्डव्य भजनी, कैलाली ११ मंसिर २०८०
माण्डव्य बंशीय खोज अभियानको शुरुवाती समयका सन्द्रर्भमा हामीले जानकारी गराई रहदा यस अन्तर्गत विगतमा भएका केही कुराहरुलाई राखेर आफ्नो आँखोदेखी सन्दर्भहरुलाई तपाइहरु माझ राख्न उचित ठानेका छौं ।
सोही सन्दर्भमा भन्ने हो भने यो अभीयानलाई हामीले चुनौतिका रुपमा नै लिएका छौं । तर चुनौतिसंग खेल्नु पर्ने वाध्यता भएकोले हामी यो चुनौतिलाई सहर्ष स्वीकारगरी निरन्तररुपमा अगाडी बढीरहेकाछौ ।
 यस अभियानको शुरुवात हाम्रो पिता श्रीप्रसाद भण्डारी ज्यूले विक्रम सम्वत २०१९ साल देखी निरन्तर रुपमा गरीरहनु भएको थियो । हुनत उहाँ सानै उमेरदेखी हुनेविरुवाको चिल्लोपात भनेझै आफ्नो बंशीय इतीहास, सामाजीक क्षेत्र र राजनितीक क्षेत्रमा त्यतिकै दखल राख्नु हुन्थ्यो । उहाँ कै अग्रसरतामा तत्कालीन अछाम जिल्लाको सभापतीमा दाजु हरीप्रसाद भण्डारी सभापती हुन सफल हुनुभएको कुरा हामी मात्रै होइन पहाडी गाउँका अन्य पुराना तथा सुनेगुनेका व्यक्तिहरुले समेत बताउने गरेको पाइन्छ । 
तत्काली अवस्थामा दाजु हरीप्रसाद भण्डारी अछाम जिल्लाको सभापती हुदा कर्णाली चिसापानि जंगलघाट हुदै मंगलसैन सम्मको बाटो कटान सहित मोटर गाडी पु¥याउने टिमको नेतृत्व समेत पिता श्रीप्रसाद(शिवप्रसाद) भण्डारीले नै गर्नु भएको कुरा हो र हालसम्मपनि उक्त कुरा अन्यहरुले वताउने गरेको समेत पाइन्छ । पिताश्री हरिप्रसाद भण्डारीको दाहिने हात नै थिए भनिन्छ ।
तसर्थ पिता श्रीप्रसाद भण्डारी ज्यूले आफुभन्दा ४३ वर्ष पछि जन्मेको म जेठो छोराबाट आफ्नो कार्यको बिडो थामोस भन्ने आसा गर्नु सवभावीकै थीयो । पिताश्रीले म सानो छदाको वखत र आफ्नो उमेर डढल्कदै गएको अवस्थालाइ मध्यनजर गर्दै भन्नुहुन्थ्यो बावु, मैले चालेको बृहत माण्डव्य बंशीय खोज अभियानलाई तिमीले पुरा गर्नु पर्दछ, ति तमाम जो विभिन्न थरीहरुमा विभक्त भएका माण्डव्य बंशीय बन्धुहरुलाई एकत्रीत गरी आफ्नो बंशीय पहिचानलाई स्थापित गर्न लाग्नु पर्दछ । नत्रभने मेरो जिन्दगीको यो सपना कहीलेपनि पुरा हुनेछैन र मैले जेजती खोजवीन गरे त्यो सबै बालुवामा पानि सरह हुनेछ, र आगामी पीढीले आफ्नो बंश पहिहचान सम्वन्धिका कुराहरुलाई सधै अरुको भर पर्नुपर्ने र मनगणन्ते कुरालाई साँचो मान्दै चुपलाग्नुपर्ने हुनसक्छ ? त्यसैले छोरा तिमीले यो अभिभारा बोक्नु पर्नेछ र यसकार्यमा तिमी सफल भयौ भने म सधै तिम्रो रुपमा यो पृथ्विमा सधै अवतरण भइरहने छु । यस कार्यले सबै माण्डव्य बंशीय बन्धुहरुको भलाई नै हुनेछ, तर छोरा माण्डव्य बंशीय खोजअभीयानमा लाग्दा आफु हुदाखादासम्म कसैसंग हात फैलाएर या संस्थागत रुपमा जाँदा संस्थाको आर्थिक भरोसामा कार्य जहाँसम्म नगर्नु, आफ्नै आर्थिक भरभरोसामा माण्डव्य बंशीय खोजअभीयानलाई निरन्तरता दीदै जानु । मेरो तिमीलाई पुर्ण आशिर्वाद छ, मेरो भनेअनुसार तिमीले कार्यग¥यौ भने अवश्यपनि सफल हुनेछौं, तर यो अभियानमा थुप्रै विरोधाभास, उतार चढाव र आफ्नै भनीनेहरुले खुट्टा तान्नेछन, असहयोग गर्नेछन्, त्यसमा तिमीले कत्तीपनि विचलीत र हतोत्साहीत नभई जसले विरोध र खुट्टा तान्न खोज्नेछन् सोहीव्यक्तिलाई सम्मानित किसीमले हेरेर आफ्नो आगामी गण्तव्यको लक्ष्यकालागी अगाडी बढीरहनु ।
पिताश्री को यस्तो कुरा सुनेर बुढाले के के भन्छन् भन्ने लाग्थ्यो र उहाँले भनेको कुरामा ध्यान दिइदैनथ्यो । सायद मैले त्यस्तो सोच्नु पिताश्री र मेरो उमेरको हदवन्दिले मेल नखाएर थियोहोला । तर पनि पिताश्रीले मलाई जवरजस्ती समय अनुकुल भएकाबेला माण्डव्य बंश सम्वन्धि केही कुरा लेख्न लगाउनु हुन्थ्यो र त्यसलाई पढेर सुनाउन पनि भन्नु हुन्थ्यो । उहाँको सोच थियो कि लेखेर मात्र भएन यसले पढ्यो भनेपनि केही कुरा दिमागमा बस्ला र भवीष्यमा केही गर्ला । तर  त्यतिबेला पिताश्री को त्यो दुरदर्शी सोचलाई मेरो काँचो दिमागले बुझ्न सकेन । उहाँले पहिलोचोटी मलाई केही कुरा लेख्न लगाउनु भएको थियो, त्यो समयमा म ९ बर्ष को र ३ कक्षामा पढदै थिए । बुवा उमेरले ५२ पुगेर ५३ मा लागीसक्नु भएको थियो, यो कुरा २०४० सालतिर शुरुवाती समयको हो ।
समयले आफ्नो रफ्तारलाई अगाडी बढाई रहदा हामीपनि त्यो समयको रफ्तारसंगै अगाडी बढ्नुको विकल्प थिएन, त्यो रफ्तारसंगै आजको समयसम्ममा आइपुग्दा म नै उमेरले ४९ पुगेर ५० पो लागेछु तर पिताश्रीले आफ्ना यादगार कुराहरुलाई हामीमाझ छोडेर शारीरीक रुपमा २०६६ साल अषाढ १६ गते मंगलबार बिहान १२.३० बजे सदाकोलागी परमधाम तिर लाग्नुभयो । आजको समयमा आइपुग्दा पिताश्रीले भनेका, सुनाएका, लेखाएका र लेखेका कुराहरुलाई मध्यनजर गर्दा सहिसोच, योजना र दुरदर्शि रुपमा त्यसमापनि मार्गदर्शन गर्ने व्यक्ति सहि भइदिएमा असम्भव भन्ने कुरा कुनै छैन भन्ने लाग्दछ । आजको समयमा यदि केही चिजको आवश्यकता छ त मात्र पिताश्री को ! तर त्यो असम्भव छ । असम्भवमा पनि सम्भवfता खोज्नु हाम्रो वाध्यता रहेको छ ।
हम्रो पिताश्री त्यतिबेलाको साधारण लेखपढ गर्न जान्ने हुनुहुन्थ्यो भने उहाँ हिन्दी, मराठी, गुजराती, गढवाली, कुमाइनी, नेपाली अछामी, डोटेली, भेजपुरीरका साथै सामान्य रुपमा अग्रेजी लगायतका भाषाहरुलाई जान्नु हुन्थ्यो । यो सबै उहाँले आफ्नो स्वअध्यनबाट प्राप्त गर्नुभएको थियो । पिताश्रीले नेपाली राजनितीमा समेत दखल राख्नु भएको थियो । 
उहाँले सन १९४७ मा भारत छोडो आन्दोलनमा लाग्दा भारतको मुम्बइमा १ महिना जेल जिवन विताउन भएको थियो भने विक्रम सम्वत २००७ सालमा प्रजातन्त्रकालागी आन्दोलनमा लाग्दा राणा साशकहरुका विरुद्ध बोल्दा रक्सौल नाकाबाट पक्राउपरी नेपालको कालकोठरी जेलमा २७ दिन जेल सजाय भोग्नु भएको थियो । त्यसैगरी विक्रम सम्वत २०१३ साल चैत्र महिनाको २८ र २९ गते डोटीमा तत्कालीन राजा महेन्द्रका्े सवारी हुदा अछाम छुट्टै जिल्ला चाहिन्छ भन्ने आन्दोलनका एक योद्धा समेत हुनुहुन्थ्यो । राजाले उक्त मागलाई सम्वोधन नगर्दा आफ्नो दाजु हरीप्रसाद भण्डारीको निर्देशनमा डोटी सदरमुकामको सार्की टोलमा राजा महेन्द्र सवारी भएको घोडाको लगाम समातेर रोक्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । यसकार्यमा पिताश्री ले तत्कालीन प्रहरीको बन्दुक र बुटबाट धेरै कुटाइ समेत खानु परेको थियो । यहि घटनामा  पिताश्री को गालामा धेरै ठुलो घाउँ लागेको उहाँले स्वयम वताउनु भएको थियो र उक्त घाउको निसान हामीलेपनि देख्नपाएका थियौं । २०२३ सालमा अछाम जिल्ला सभापती बनाउन आफ्नो उम्मेद्वारी दाजु हरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरी उक्त कार्यमा अग्रणीभुमीका खेल्नुभएको थियो । त्यस्तैगरी तत्कालीन अवस्थामा किसान संगठनको अछाम जिल्ला सभापती भएर २०३२ सालपछि राजनितिबाट सन्यास लिएर आध्यात्मीक र सामाजीक क्षेत्रमा कृयाशिल हुनुभएको थियो । उहाँ ग्रामीण क्षेत्रमा समाज सेवामा अग्रसर रहदै कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ३ कुसुमघाट स्थित श्री दुर्गा माध्यामिक विद्यालयको संस्थापक अध्यक्ष भइ उक्त विद्यालयको स्थापना गर्नु भएको थियो भने अछाम जिल्ला मंगलसैन नगरपालिका वडा नं ६ तेसींगेमा रहेको गंगा मावीको स्थापनाकार मध्ये एक हुनुहुन्थ्यो । उहाँले नेपाल, भारत र म्यानमार(बर्मा)का थुप्रै ठाउँ र क्षेत्रहरुमा आफ्नो पाइला टेक्न सफल हुनुभएको थियो । यसका साथै उहाँले वैध्याचार्य, ज्योतीष समेतको कार्य गर्नुभयो भने भारतिय सेना(देरादुन) र भारतको मुम्बै स्थित मुम्बै पोलीसको समेत नोकरी गर्नुभयो । धार्मिक संस्था निरंकारी मिसनको २०३६ सालमा अनुयायि बनेर स्थानिय मुखी(प्रमुख) समेतको जिम्मेवारी निभाउनु भएको थियो ।
उहाँ एक निडर, निस्वार्थी, स्वाभिमानी, समाजसेवी हुनुहुन्थ्यो । सधै अरुको भलो चिताउने उहाँमा अहंकार, लोभ, मोह, घमण्ड जस्ता गुणहरु कहीले नदेखीएको उहाँका संगी साथीहरु र उहाँलाइ नजदीकबाट चिन्नेहरुले अहिलेपनि वताउने गर्दछन् । यस्तो गुणवान पिताश्री को जेष्ठ सुपुत्र हुनपाएकोमा आफुलाई अहिले आएर भाग्यमानि नै ठानेको छु । यदि पुनर्जन्म हुन्छ भने फेरीपनि उनै श्रीप्रसादको पुत्ररत्नको रुपमा उदयमान हुनसकौं भन्ने भगवानसंग प्राथना गर्दछु । यस्तो युग पुरुषले अराएको, खटाएको कार्य माण्डव्य बंशीय खोज अभियानको जिम्मेवारी लिएर देश विदेशका विभिन्न गाउँ र शहरहरुमा बंशीय पहिचानलाई खोज्न पाउदा मैले गर्व महसुश गर्दछु । 
हुनत यो अभियान परापुर्व कालदेखी निरन्तररुपमा हाम्रो पुर्खाहरुले खोजविन गरीरहेकै थिए होलान तर संघन रुपमा पिताश्री ले विक्रम सम्वत २०१९ साल भाद्र १ गते भारतको देरादुनबाट सुरु गर्नुभएको कुरा हामीलाई स्वयम वताउनु भएको हो । यस खोजअभियान दौरान मैले पिताश्री को साथमा पहिचलोचोटी २०४५ सालमा अछाममा पाइला टेकेको थिए । हामी पहिलोचोटी अछाम जहाँ माण्डव्य बंशीय इतीहास (त्यति बेला पाटापत्र भन्ने गर्दथे) रहेको छ, भन्ने गरेको ठाउँमा पुगेका थियौं । हुनत अछामका थुप्रै ठाउँहरुमा बंशीय पहिचान सम्वन्धि पाटापत्रहरु रहेकाछन भनी दावी गर्नेहरु धेरै थिए र अझैपनि रहेकाछन् । तिनीहरु मध्ये एक ठाउँमा घटीत घटनालाई यहाँ आँखोदेखी कानोसुनि रुपमा म प्रस्तुत गर्न चाहन्छु । पिताश्री लाईपनि विस्वास रहेछ की त्यहाँ आफ्नो बंश सम्वन्धि पौराणीक केही कुरा होला भनेर । तर त्यहाँ पुग्दा पो थाहा पाइयो की जहाँ छ भनीएको थियो त्यहाँ त केही पनि छैन । 
कुरा यस्तो भएको थीयो त्यतिबेला, मेरो जिद्धीले गर्दा हामी अछाम पुख्यौली थलोमा आफ्नो बंशीय इतिहास खोज्न गएका थियौं । २०४५ सालको माघ महीना थीयो, सायद १८ गते हामी कैलाली भजनी गाउँपञ्चायत वडा नं ९(हाल भजनी नगरपालिका वडा नं ३) घरबाट निस्केका थियौं । मेरो अछाम यो पहिलो यात्रा थियो, किनभने म कैलालीको भजनीमा नै जन्मेको थिए । कैलालीको भजनीदेखी चिसापानि, सोल्टाबाट कर्णाली डुगांमा तर्दै सुर्खेतको बिजौरा, वसन्तीकुण्टा हुदै टटालीको उकाली ओराली गर्दै फेरी कर्णाली तर्दै (जहाँको दसकौं पहिले हाम्रो सो घाटको ठेक्का रहेको थियो, जो कुरा पिताश्री ले मलाइ सोही ठायँमा नदी तर्दा वताउनु भएको हो) नदीलाई पार गर्दै हामी अछाम ढुंगाचाल्ना हुदै घोडासैन देखी बलानाको खान हुदै अगाडी बढेका थियौ । ५ दिनको हिडाइपछी हामी पाटापत्र छ भनिएको ठाउँमा साँझ बासबस्न पुग्यौं । मेरो मानस पटलमा उक्त ठाउँमा कतीबेला पुगीएला र त्यो पाटापत्र भनीएको वस्तु हेर्न पाइला भन्ने मात्र अर्जुन दृष्टि रहेको थियो । 
जव हामी हाम्रो गण्तव्यमा पुग्यौ, मलाई अली बढी नै उत्सुकतामा देखेपछी पिताश्री ले भन्नुभयो बाबु यहिठाउँ हो त्यो तिमीले खोजेको, धैर्य गर सब ठीकठाक हुनेछ । पिताश्री को कुरा सुनेर म अली हचकीए र आफ्नो बढीरहेको उत्सुकतालाई निचोर्दै सम्हालीएर पाटापत्र हेर्ने समयको पखाइमा बसे । साँझको खाना खाइयो, उक्त घरमालीक र पिताश्री को पारीवारीक गफगाफ शुरु भए ।
म उमेरले सानै थिए तरपनि पिताश्री को छाप भएरहोला सानैदेखी उमेर कटेकाहरुसंग निधक्क रुपमा मज्जाले गफगाफ गर्नसक्दथे । सानो छदा त मलाई गफाडी नै भन्थे, म विद्यालयमा सामजीक र इतीहासको विषयमा सधै ८० देखी ९५ नं सम्म ल्याउने गर्दथे । इतिहास सम्वन्धि मलाई सानैदेखीको रुचिपनि रहेको थियो । रामायण, सुकसागर, कृष्ण चरीत्र, देवीभागवत, महाभारत, गिता, वेद, पुराण, गुणरत्नमाला, अवतारबाणी जस्ता कितावहरु पिताश्री ले पढ्ने भएकाले मैलपनि तीनी कितावहरुलाई सानैमा अध्यन गर्ने मौका पाइसकेको थिए । अछाममा पहिलो पाइला टेक्दा म कक्षा ८ मा अध्यन गरीरहेको थिए । 
घडीले रातीको १२ बजेको संकेत ग¥यो, त्यो पाटापत्र भन्ने चिज देखाइदैन, खाली गफगाफ मात्रै भइरहेकोछ । मैले विचमा नै पिताश्री लाई रोक्दै भने, पिताश्री हामी पाटापत्र हेर्न आएका हौ नि ? बरु त्यो पाटापत्र हेर्न पाए हुन्थ्यो ? पिताश्री ले पखपख भन्दै टार्नुभयो । मेरो हातमा त्यतिबेला चाइनिज चिमचिमे घडी र पिताश्री को हातमा एचएमटी–कोहीनुर घडी बाधीएको थियो । मेरो हातको चिमचिमे घडी त कता गयो कता तर पिताश्री को हातमा बाधीएको घडीभने मसंग अझै सुरक्षित अवस्थामा नै रहेको छ । कहीलेकाही पिताश्री मेरो सपनिमा आउनुभयो भने मैले उक्त घडी आफ्नो हातमा बाधेर घरबाट निस्कने गरेको छु ।
केही बेरमा घडीले चीमचीम गर्दै रातीको १ बजेको घण्टी बजायो । जव राती १ बज्यो, निन्द्रादेवीले पनि साह््ै सताउन थालीन, मैले फेरी पिताश्री लाई भने, पिताश्री रातीको १ बज्यो, पाटापत्र हेरौं ? मेरो यस्तो कुरा सुनेर पिताश्रीले ति घरमालीकलाई दाजु शब्दले सम्बोधन गर्दै भन्नुभयो, दाजु, यसले पाटापत्र हेर्ने भनेर मलवार–मधेशबाट पैदल हिडेर यहाँसम्म आइपुगेको छ, त्यो पाटापत्र एकपटक देखाइदिए यसको चेत सान्त हुन्थ्यो कि ? पिताश्री को यस्तो कुरा सुन्दापनि ति महामनुवाले कुनै जवाफ नदिएर आफ्नै मणगणन्ते ऐतिहासीक बंशीय गफमा तल्लीन रहे । पिताश्री को कुराको कुनै मुल्य नभएपछि केही क्षणमा मैले आफै ति घरमालीकलाई भने, हजुरले गरीरहनु भएको गफसफ भन्दा मेरो पिताश्री ले धेरै कुराको ज्ञान मलाई घरमा नै दिनुभएको छ । हजुरको यो प्रसंग भन्दाबाहीरको कुरा सुन्नु भन्दा त्यो पाटापत्र भन्ने वस्तु कस्तो छ त्यसलाई हेरौन ? त्यो देखाइदिनुस न ? हामी त्यही हेर्न आएका हौं ? मेरो अली गर्जन र गहकिलो आवाज सहितको कुरा सुनेर आफ्नो विषयवस्तु भन्दा बाहीरको कुरालाई रोक्दै पिताश्री तिर फर्केर उहाँले भन्नुभयो “कस्तो कुरा ग¥या तिमी चाडाको छोराछोरीहरुले अलीकती पढे भन्दैमा, दुधेदाँत नफुटेकाहरुले पाटापत्र हेर्न र पढन जान्ने हुन्छन र ?” “कसा कसा कहाँगए मुसीचल्ला दरबार” ? भो अव सुतौं भोली विहान जे गर्नु छ गरौला भनेर जुरुक्क उठ्दै आफ्नो घरको माथिल्लो तलातिर जाने भ¥याङ्गमा उक्लीदै माथि नै ओझेल भए । हामी बाबुछोरा हेरेको हेरै भयौं । त्यतीबेला मलाई त नरमाइलो लाग्यो भने पिताश्री त पाको दिमागको हुनुहुन्थ्यो उहाँलाई कस्तो लाग्योहोला ? त्यो कुराको म अहीले पुर्ण रुपमा महसुश गर्न सक्दछु ।
धेरै ठुलो आसा र भरोसा लीएर तराइ मलवारबाट ५ दिनको बाटो दुखकष्टकासाथमा काटेर त्यो पनि पैदल हिड्दै हामी बाबुछोरा त्यहाँ पुगेका थियौं । तर त्यहाँ आफ्नै सगोत्रीको घरमा हाम्रो अपमान गरीएपछी मैले पिताश्री लाई भने, यिनीसंग त्यस्तो कुनै पौराणीक इतिहास छैन, खाली फतर फतर गर्दै अरुलाई बेवकुफ बनाउने रहेछन्, जाउँ कतै अरुको घरमा बसौ । मेरा कुरा सुनेर पिताश्री ले भन्नुभयो बाबु यो पहाड हो हाम्रो मलवार होइन, जसोतसो रात कटाऔं, बिहान जेजस्तो होला त्यही गरौला । पिताश्री को यस्तो कुरा सुनेर म चुप भए र हामीलाई कुचुमुच्च गरेर त्यहि निन्द्रादेवीले आफ्नो कब्जामा लिइन ।
बिहान निन्द्रादेवीले समयमा नै हामीलाई छोडीदिनुभयो । हामीले बिहानीको दैनिकी गरेर घरआँगनमा घरमालीकको प्रतिक्षा ग¥यौं । तर बिहानीको ८ बजीसक्यो घरमालीक बाहीर आउदैनन् । घरकी गृहणीलाई सोधनी गर्दा त घरमालीक हामी नउठ्नु भन्दा अगावै गाउँतीर गइसके भन्ने खबर पायौं । हामीलाई नमज्जा लाग्यो । त्यतिकैमा ति महान इतिहासकार ज्यूको घर तलतिर उहाँ कै सगोत्रीको घर रहेको थियो । साँझपख गफ हुँदा अबेरसम्म उहाँलेपनि सबै कुरा सुन्नुभएको थियो । उहाँले हामीलाई आँगनमा छटपटाइ रहेको देखेर तलबाट बोलाउनु भयो र हामी उहाँकोमा गयौं । उहाँले हाम्रो राम्रो सत्कार र सम्मान गर्नुभयो, खाना खाएर जान अनुरोध गर्दा पिताश्री ले हुन्छ भन्नुभयो । केही क्षणमा खाना खाँदै थियौं, ति व्यक्तिले मलाई सोधे ? बाबु इतिहासकारसंग केही कुरा पायौं त ? उहाँको कुरा सुनेर मैले भने, कहां के पाउनु र हजुर खाली फतर फतर प्रसंगबिनाको कुरा गरेर समय वर्वाद मात्रै गरे । तपाइले सुन्नु नै भएको हो, मैले पाटापत्र देखाउनुस न भन्दा उल्टै हाम्रो अपमान गरे, यिनीसंग कुनै केही पौराणीक कुरा छैन ? 
मेरो यस्तो कुरा सुन्दा ति व्यक्तिले हाँस्दै......... भने बाबु केही कुरा भएपो देखाउने हो त नी ? हामी एकै परिवार भित्रकाले त आजसम्म त्यो पाटापत्र भन्ने कुन चराको नाम हो थाहा छैन ? तिमी एकैचोटी आउनेले के पाउने र ? बेकार हो बाबु यिनि खाली आफ्नो मुढे बल र अहंकारी दिमागले अरुलाई बेवकुफ बनाउने धन्दा मात्र गर्दछन् । केही कुरा सोधनी गर्न आएकाहरुसंग मनमर्जी दानको रुपमा रकम असुली गर्दछन । त्यसैले तिमीले खोजेको त्यस्तो कुनै पौराणीक कुराहरु यिनिसंग केही छैन । म ठोकुवासंग भन्दछु । यिनको पछिलागेर आफ्नो समय बर्वाद नगर कतै अन्यन्त्र ठाउँमा छकी गएर खोज । तिमीयति सानै उमेरमा यस्तो सोच पालेका रहेछौं, यसकार्यमा तिमीलाई सफलता मिलोस बावु तिमीलाई मेरो आशिर्वाद छ । उहाँको यस्तो कुरा सुनेर आसर्य र अचम्मपनि लाग्यो । हामी त्यहाँबाट खाना खाएर आफ्नो पुख्यौली थलो मंगलसैन तेसींगेतिर लाग्यौ । 
समय बलवान छ, त्यो धुर्व सत्य कुरा हो ! सोही अनुसार समयको कालचक्रसंगै विक्रम सम्वत २०५० सालताका माण्डव्य बंशीय सम्वन्धि एक संस्थाको जन्म हुन पुग्यो तर त्यसको नेतृत्व गर्ने केही अदुरदर्शि नेतृत्वका कारण त्यो संस्था नविकरण हुन नसकेर फेजआउट हुनपुग्यो ।  त्यसैको जगमा रहेर पिताश्री को विशेष अनुरोध र उपस्थित सम्पुर्ण माण्डव्य बंशीय बन्धुहरुको आग्रहमा मेरो संयोजकत्वमा २०६० साल कार्तीक २९ गते माण्डव्य समाज नेपालको स्थापना गरीयो । सो बखत मेरो उमेर मात्र २९ बर्षको रहेको थियो । त्यसपछि २०६२ साल फाल्गुनमा कैलालीको टीकापुरमा रहेका सबै थरीहरुलाई समावेश गरेर मेरै मन्जुरी र प्रस्तावमा नयाँ समिती गठन गरी २०६३ अषाढ ३१ गते कैलाली  जिल्ला प्रसाशनमा विधिवत रुपमा माण्डव्य समाज नेपाललाई दर्ता गरीयो । पिताश्री त्यस संस्थाको संस्थापकको रुपमा रहनुभयो भने त्यसपछीका करीव ६ वर्ष गठीत समाजले भने जस्तो लक्षीत बाटो पछ्याउन सकेन । २०६८ साल भाद्र १ गते पुनः मैले उक्त समाजको नेतृत्व लिदै तत्कालीन अवस्थामा देशका विभिन्न ६२ वटा जिल्लाको भ्रमण गरेर २०७२ साल चैत्र ५, ६, ७ गते लुम्वीनी प्रदेशको रुपन्देही जिल्ला अन्तर्गत बुटवल नगरीमा प्रथम एैतीहासीक राष्ट्रिय भेलाको आयोजना गरीयो र उक्त भेलाले मलाइ नै पुनः अध्यक्षमा निर्विरोध रुपमा निर्वाचित ग¥यो । 
तर विडम्वना मेरो भाग्यहिनता जे भनौं पिताश्रीले २०६६ सालमा हामीलाई सदाकोलागी छोडेर परमधाम जानुभयो । पिताश्री को सोच २०१९ सालदेखी निरन्तर रुपमा लाग्नु भएको माण्डव्य बंशीय खोज अभियानको पहिलो चरणले आफ्नो जग बसाल्न सफल भयो । बुटवलमा भएको पहिलो भेलामा २४ थरीलाइ समेटीएको बृहत माण्डव्य बंशावली २०७२ ले प्रकाशनको अवसर पायो । यि सबै कार्य पिताश्री को मुख्य प्रेरणा र पिताश्री कै हैसीयतमा रहनुभएका तमाम ति स्रोत व्यक्तिहरुको सहयोगमा भएका थिए ।  पिताश्री ले छोडेर गइसकेको अवस्थामा राष्ट्रिय सम्मेलन र बृहत माण्डव्य बंशावली प्रकाशन गर्न सकिन्छ की सकिदैन भन्ने मनमा डर र त्रास नै थियो । तर ति जसले मलाई मुख्य रुपमा हौसला  सहित उक्त कार्यकालागी आवश्यक सहयोग सहित व्यवस्थापन गरीदिनुभयो ओमप्रकास भण्डारी (गुल्मी), अनन्तराज भण्डारी (बुटवल), चन्द्र भण्डारी (काठमाडौं), प्रदिप ज्ञवाली (काठमाडौ)ं, उदराम भण्डारी (बुटवल), मोती सिंह (रावल), (टीकापुर) वेदप्रसाद भण्डारी(अछाम), सोभा सर्मा ज्ञवाली(टीकापुर), मोक्षप्रसाद भण्डारी (कैलाली), बालनन्द भण्डारी (बुटवल), त्रीबिक्रम ज्ञवाली (गुल्मी) लगायत तत्काली अवस्थामा रहेको माण्डव्य समाजको केन्द्रिय समितीका सम्पुर्ण सदस्य तथा सल्लाहकार बन्धुहरु र मेरो घरपरिवारका पारीवारीक सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दछु । यहाँ नाम उल्लेख गर्न कतीपय बन्धुहरुको छुट हुनगएको छ ति सबैमा कृतज्ञता जाहेर गर्दछु । यस कार्यमा मेरो अर्धाङ्गीनी हेमलता माण्डव्य जसले मेरो राम्रो नराम्रो पक्षलाई सधै सरलतरीकाले सुवीकार्दै मेरो कार्यमा म भन्दापनि बढी साथ र सहयोग दिइरहीन उनलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।
यति कार्यले मात्रै हाम्रो अभियानले सार्थकता नपाउने भएपछि मैले भारतका विभिन्न २२ वटा प्रान्तहरुमा खोज अभियान चलाइ रहेको छु र त्यो कार्य निरन्तर जारी नै रहेको छ । जसकार्यकालागी विगतमा मैले कतीपय ठाउँहरु एक्लै र कही समाजका केन्द्रिय सदस्य देवानन्द भण्डारी सहित भारतका विभिन्न ठाउहरुको भ्रमण गरेर समेत आइसकेका छौं । भरखरै गत कार्तीक महिनामा माण्डव्य समाज नेपालका महासचिव देवीप्रसाद भण्डारी र म स्वयम भारतको उत्तराखण्डको भ्रमण गरेर फर्किसकेका छौं । यस सम्वन्धमा आगामी दिनमा उल्लेख गर्ने नै छु । माण्डव्य बंशीय खोज अभियानमा धेरै ठुला उतार चढावहरु आए । मलाईकतीपय ठाउहरुमा समाजको रकमले जतीमोज गर्नुछ गर्नुस भनेर हतोत्साहित पनि गरे । कतीपय व्यक्तिहरुले गोठालाको सन्तानले हाम्रो बंशावली प्रकासन गर्ने ? त्यसले प्रकाशन र खोजी निती गरेको बंशावली हामी मान्दैनौ समेत भनेर आफ्नो बु–बाजेको सामन्ति प्रथा अन्तगर्तको मुखीयागिरीको पराकाष्ठालाई ओगल्न पुगे । कतीपयले विभिन्न कार्यक्रमहरुमा यो त मुस्लिम र क्रृश्चियन हो भन्दै अनावश्यक रुपको संज्ञा समेत दिएर अभियानबाट मलाई बाध्यपारेर बाहीर गर्न तल्लीन भएर लागे । तर ति सबै कुराहरुलाई मैले कुनै मतलब नगरी हाँसी हाँसी संघर्ष गर्दै अगाडी बढीरहे । 
समय र परिस्थीतीले मलाइ नै माण्डव्य बंशीय इतिहासको बृहत बंशावली र राष्ट्रिय भेलाको मुख्य कर्ताको रुपमा उभ्याइ दियो । यो कार्य र अवसर मेरो जिवनको महत्वपुर्ण कार्य हो । आज मलाई यसकार्यले नेपाल, भारत, भुटान, म्यानमार, थाइल्याण्ड, अफ्रिका, अमेरीका, अष्ट्रलीया, क्यानडा आदि विश्वका देशहरुमा समेत चिनाउन सफल भएको छ । यो अभियानमा लाग्दा आर्थिक मन्दीका कारण मैले आफ्नो व्यवसाय र कैलालीको टीकापुरमा रहेको एक घरघडेरीलाइ बेच्नु परेको तितो अवस्था रहेको छ । यतिले नपुगेर सो अभियान सञ्चालन गर्न मलाइ पछिल्लो समयमा लाखौं रुपैयाँको ऋण बोक्नु परेको थियो । सो चुक्ता गर्न मैले टीकापुर नगरपालिका वडा नं ७ वैदी स्थित रहेको अती उत्तम १ बिगाहा खेतलाई सस्तोमा नै बेच्नुपरेको अर्को तितो अवस्था रहेको छ । 
त्यसैले भन्नेलाई भन्न सजिलो छ । माण्डव्य समाज नेपालको पुर्व केन्द्रिय समितीमा पदाधीकारी समेत रहेका एक वरीष्ठ बन्धुले त यहाँसम्म भन्न भ्याउनुभयो की “माण्डव्य बशीय खोजअभियानमा यसरी निरन्तर घुम्दा कमीसन र भत्ता आउछ नी त्यतिकै घुमीन्छ र ?” यस्ता मतीभष्ट्र भएकाहरुबाट हामीले के नै आसा गर्न सक्छौं ? जो समाजको समितीमा निर्वाचित भएर पहिलो बैठक बाहेक ४ वर्षको समयमा कुनै अन्य बैठकमा उपस्थिती नभएकाहरुबाट हामीले के आसा नै गर्न सक्छौ र भन्ने लाग्दछ । मनमा जे आयो त्यहि बोल्ने ? इतिहासको कुरा गर्दा मेरो बाउ–बाजेले जे भनेका थिए त्यहि मात्र ठीक हो, अरुले भनेका कुराहरु गलत प्रमाणीत गर्न खोज्ने र सुन्न समेत नचाहनेहरुबाट हाम्रो वास्तीक इतिहास कहीलेपनि पत्ता लाग्न सक्दैन । त्यसैले आऔ, सबै एकजुट भएर हाम्रो माण्डव्य बंशीय खोज अभियान को महायात्रा मार्फत वास्तविक पहिचानलाई खोजौ । यो अभीयानलाई वास्तवीक रुपमा गण्तव्यमा पुर्याउने हो भने अत्री बंशीय इसावास भट्ट(निमुख ऋषी) को बंशावली र मौदगल्य बंसीयहरुको बंशालीसंग मेल खानुपर्ने देखीन्छ ।
त्यसकारण मैले भन्ने गरेको छु “आफै खोजौ आफ्नो पहिचान, अघीबढौं गरौं पुर्खाको सम्मान ।” आज पिताश्री भइदिएको भए सायद खोज अभियानले अर्कै मोड लिन्थ्यो होला । उहाँले भारतका बिभिन्न ठाउँहरुमा चिनजान गरेका स्थानिय रैथाने माण्डव्य बंशीय बन्धुहरुसंग दुख कष्ट बिना सम्पर्क सहित सोधखोज गर्न सकिन्थ्यो होला भन्ने लाग्दछ । 
आजको समयमा आइपुग्दापनि पिताश्री को यादले कहीलेकाही त रुवाउछ पनि, त्यस्तो अवस्थामा कोठा भित्र एक्लै बसेर रुन्छु पनि ........ ! पिताश्री हजुरको आर्शिवाद सधै फलीफुली रहोस र हजुरले सुम्पीनु भएको यो महान जिम्मेवारीलाई लोभ, मोह, अहंकार, क्रोध, व्यभिचार जस्ता दानवरुपी कार्यबाट टाढा रहेर निस्वार्थ रुपमा सधै बंशीय पहिचानको सवालमा निरन्तर रुपमा लागीरहने सक्ति प्रदान गर्नुहोला र बंशप्रर्वद्धक ऋषी माण्डव्यसंग पनि यही प्राथना गर्दछु । जय माण्डव्य
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल