आईतवार, भाद्र २३, २०८१
/
ऋद्धिसिद्धि ज्वैलर्स विरुद्ध सुनचा“दी व्यवसायी कैलालीको विज्ञप्ती
९ अषाढ २०८१
  अगुवा समाचार
सुनचाँदी व्यवसागी संघ कैलालीले काठमाडौं विसालबजार स्थित ऋद्धिसिद्धि ज्वैलर्सले जर्ती र ज्यालामा भारी छुट दिएको कुरालाई लिएर विज्ञप्ती जारी गदै विरोध जनाएको छ ।
अध्यक्ष यदु सुनार र सचिव प्रकास भण्डारीद्वारा सयुक्त रुपमा जारी गरीएको उक्त विज्ञप्तीमा “काठमाडौ शुक्रपथ स्थित विशालबजारको ऋद्धिसिद्धि ज्वैलर्स ‘सुनको मुल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट’ को आकर्षण विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पार्ने एवम् व्यवसायी र कालीगढ़ बीच इण्ड सिर्जना गर्ने कार्य गरेको प्रति सुनचाँदी व्यवसायी संघ कैलालीको गम्भीर ध्यानाकषर्ण भएको छ” भन्ने कुरा उल्लेख गरीएको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ, “राज्यले गहन व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पढ़ती अनुरुप मुलुकभर व्यवसाय संचालन एवम् यस सम्बन्धी विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आफुखुशी धमाका अफरहरु दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवम् कालीगढ़ बीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।”
त्यस्तै गरी विज्ञप्तीमा उल्लेख भएबमोजी, “मजदूरी पारिश्रमिक, निर्माण क्षति (जर्ता), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन् । साथै नेपाल राष्टू बैंकको सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बाफत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ । टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्ती व्यवस्था गरेको छ । माथिका यी व्यवस्थाहरुलाई मध्यनजर गर्दै कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना विक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।”
सुनचाँदी व्यवसायी कैलालीले आफ्नो विज्ञप्तीमा भनेको छ, “हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ्  प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन  गरी अपारदर्शी 
विधि विपरित नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलाप लाई रोकी पारदर्शिता एवम् स्वस्थ प्रतिस्पर्धा र स्वस्थ व्यवसायको अभिवृद्धिको लागि सम्बन्धित व्यवसायहरुमा ध्यान देओस् भन्ने हामी चाहन्छौं । साथै सम्बन्धित व्यवसायीहरु लाई यस्तो विज्ञापन फिर्ता लिन र अगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न÷नगराउन सुनचाँदी व्यवसायी संघ कैलाली सचेत गराउन चाहन्छ। साथै हालसम्मको साथ सहयोगको लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको यस्तो भ्रमपूर्ण विज्ञापनको पछाडी नलाग्न अनुरोध गर्दछौ” भन्दै सबैमा अनुरोध गरेको छ ।
त्यसैगरी व्यवसायीले विज्ञप्तीको अन्तमा भनेको छ, “नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेट मार्फत सुनको आयातमा लगाउँदै आएको भन्सार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पुगाएकोले सम्पूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवम् निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राखी संयुक्त रुपमा शान्तिपुर्ण सघर्ष भईरहेकोले देशभरका गहना व्यवसायीहरु एवम् संघहरुलाई यस कार्यमा ऐक्यवद्धता प्रस्तुत गर्ने यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौ ।” (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल