आईतवार, कार्तिक ११, २०८१
/
जसपाको बझाङ्ग जिल्ला समिती पुनर्गठन
९ कार्तिक २०८१
  अगुवा समाचार

सुदिरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ्गमा जनता समाजवादी पार्टीको जिल्ला समिती पुनर्गठन गरिएको छ । बझाङ्ग सदरमुकामको चैनपुरमा भएको भेलाले शिव सिंह बिष्टको अध्यक्षतामा ११ सदसिय जिल्ला समिती गठन गरिएको छ ।
जिल्ला समितीको उपाध्यक्षमा दमन बहादुर धामी, सचिवमा राजेश बम्म, सहसचिवमा बबिता बिष्ट र कोषाध्यक्षमा रमा ओड रहेकाछन । त्यसैगरी सदस्यहरुमा केशरी बिष्ट, थेपुदेवी बिष्ट, पार्वतीदेवी धामी, गोपी ओड, गुनमती देवी खडका र मीन बहादुर बोहरा रहेकाछन ।
वसन्त खडकाको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका पोलीटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेस समिती इन्चार्ज हेमन्तराज माण्डव्य रहेका थिए । बिशिष्ठ अथितीमा जनता समाजवादी पार्टिका प्रदेस समिती सदस्य श्रीचन्द्र श्रेष्ठ रहेका थिए भने अतिथीहरुमा दमनसिंह धामी र रमा ओड रहेका थिए । कार्यक्रममा स्वागत शिवसिंह बिष्टले गरेका थिए भने सञ्चालन राजेश बम्मले गरेका थिए ।

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल