आईतवार, भाद्र २३, २०८१
/
धर्म नेपालीलाइ प्रोत्साहन गरौं !
४ माघ २०७८
  अगुवा समाचार
अछाम जिल्ला विनायक–पञ्चदेवल नगरपालिका लयाँटीका १५ बर्षीय धर्म नेपालीले आफ्नै स्रोत साधन र आफ्नै विवेकशिलताले स्थानिय स्तरमा नै ब्याट्रीबाट चल्ने कार बनाएको खबर चर्चामा रहेको छ ।
    १५ बर्षीय बालक जो स्थानिय विद्यालयमा कक्षा ८ मा अध्यनरत रहेकाछन् । उनले आफ्नै स्रोतसाधन र आफ्नै विवेकशिलताले ब्याट्रीबाट चल्नसक्ने कार बनाउनु सामान्य कुराभने होइन ।
    सायद यस्तो कार्य अछाम जिल्लाको इतिहासमा पहिलो हुनसक्छ ? जे होस धर्म नेपालीले १५ बर्षको कलिलो बालापनमा नै अछामको विकट ठाउँमा ब्याट्रीबाट चल्ने कार बनाएर गुडाए ।
    यो कार्य सामान्य मानिसकालागी खेल–खेलौनाको हुनसक्छ तर सामजमा प्रभुत्व राख्ने विवेकशील व्यक्तिहरुकालागी भने यो असमान्य कुरा नै रहेको छ । धर्म नेपालीले सानै भएपनि आफ्नो विवेकशिलतालाई प्रयोग गरेर बनाइएको उक्त इलेक्ट्रिक कारलाई स्थानिय तथा प्रदेश सरकाले सघन रुपमा लीएर उनको दक्षताको कदर गर्ने हो भने राष्ट्रिय रुपमा यसको मान्यता पाउन सक्ने छ र धर्म नेपाली आगामी दिनमा एउटा सफल बैज्ञाानिकको रुपमा स्थापीत हुनसक्छन् ।
    यसकार्यले अछाम मात्रनभई सिङ्गै शुदुरपश्चिमले गर्व गर्न सक्नेछ भन्ने लाग्दछ । तसर्थ धर्म नेपालीलाई पहिलो चरणमा स्थानिय सरकारले तत्काल राहत प्याकेजको व्यवस्था गरेर उक्त कारलाई अझै बलीयो रुपमा बनाउनतिर लगाउनु पर्दछ ।
    धर्म नेपालीले आवश्यक सामग्री तथा आर्थीक जोहो भएमा हेवी गाडी समेत निमार्ण गर्न सकिने दक्षताको साहस देखाएकाछन् । त्यो साहसलाई प्रमाणीकरण गर्नाको खातीर हामीसबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न जरुरी रहेको देखीन्छ र हामी सबैले सहयोग गर्नु नै पर्दछ भन्ने लाग्दछ ।
    अन्तत्ह पहिलो चरणमा विनायक–पञ्चदेवल नगरपालिकाले धर्म नेपालीले अघी सारेको कार्यलाई प्रोत्साहन गर्दै उक्त कार्य सम्वन्धि अध्यनकालागी वाताबरण बनाउन आवश्यक देखीन्छ । (अगुवा सन्देशबाट)
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल