आईतवार, कार्तिक ३, २०८२
/
निर्वाचन आयोगद्वारा चुनावी प्रकृया सार्वजनिक
२० आश्विन २०८२
  अगुवा समाचार
निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने आम निर्वाचनको प्रकृया सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले आज एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । आयोगद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, विक्रम सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयवद्ध रूपमा सजालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।
स्वीकृत्त कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने कुरा जनाईएको छ ।
त्यसैगरी विज्ञप्तिमा उल्लेख गरिएको छ, फागुन २१ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
त्यस्तै किसिमले निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने समेत जनाईएको छ भने सार्वजनिक गरिएको कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२/७/३० अगाबै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने समेत सहसचिव तथा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल