छिमेकि मुलुक भारतको उत्तरप्रदेश अन्तरगत खिरी जिल्लाको तिकुनियामा केही बर्ष पहिले किसान आन्दोलनका बखत भएको नरसंहार मुद्दाका साक्षीलाई धम्की दिएको आरोपमा पूर्व केन्द्रीय राज्यमन्त्री सहित तीन जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर गरिनेमा पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनी, उनका छोरा आशिष मिश्रा उर्फ मोनु र निघासन ब्लक प्रमुखका पति अमनदीप सिंह विरुद्ध तिकुनिया घटनाका प्रत्यक्षदर्शी बलजिंदर सिंहलाई धम्की दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
सबै अभियुक्तहरूमाथि अगस्त १५, २०२३ मा उक्त घटनाका साक्षीलाई प्रभाव पार्ने आरोप लगाइएको थियो । सर्वोच्च अदालतको आदेशमा खिरी प्रहरीले यो मुद्दाकालागी कारबाही अगाडी बढाएको वताइएको छ ।