गान्धी जयन्तीको अवसरमा २ अक्टोबर २०२५ मा अन्तर्राष्ट्रिय होटल, श्रीनगरमा गान्धी ग्लोबल फ्यामिलीद्वारा एक विशेष कार्यक्रम आयोजना गरियो ! जसको अध्यक्षता पद्मश्री डा. एस. पी. वर्मा ले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको उद्देश्य महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दै उनका सिद्धान्त र विचारहरुलाई पुनः स्मरण गराउनु रहेको थियो । यो गरिमामय कार्यक्रममा धेरै प्रतिष्ठित संस्थाहरूले सहभागिता जनाएका थिए भने जस मध्ये संत निरंकारी मिशनको प्रतिनिधित्व गर्दै संत निरंकारी मण्डलका सचिव श्री जोगिंदर सुखीजा जीको सम्मानजनक उपस्थिती रहेको थियो ।
सचिव श्री सुखीजा जीले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो सम्बोधनमा संत निरंकारी मिशनको मूल सिद्धान्त 'मानवलाई मानव प्रिय होस्, एक-अर्काका लागि सहारा बनोस्' भन्ने लाई रेखाङ्कन गर्नुभयो । यसै सन्दर्भमा उहाँले जानकारी गराउनुभयो कि निरंकारी मिशनले विश्वबन्धुत्व, एकता र पारस्परिक भाईचाराको भावना सशक्त रुपमा प्रवर्धन कसरी गरिरहेको छ ।
यस अवसरमा उहाँले सबै गन्यमान्य व्यक्ति र संस्थाहरुलाई आगामी ३१ अक्टोबरदेखि ३ नोभेम्बर २०२५ सम्म संत निरंकारी आध्यात्मिक स्थल, समालखा (हरियाणा) मा आयोजना हुन गईरहेको ७८औं निरंकारी संत समागमकालागि निमन्त्रणा गर्दै भन्नुभयो, 'संत समागम त्यो आध्यात्मिक मञ्च हो जहाँ सम्पूर्ण धर्म, जाति र वर्गका मानिसहरू एकत्रित भई प्रेम, एकता र भाईचाराको अनुपम उदाहरण प्रस्तुत गर्दछन् । यस आयोजनाले मानवताको साँचो स्वरूपलाई उजागर गर्ने गर्दछ ।"