शुक्रबार, आषाढ १९, २०८३
/
कर्णाली नदीमा खस्यो गाडी, उद्वार गरीदै
२०८३ अषाढ १८
  अगुवा समाचार
कर्णाली प्रदेशको दैलेख जिल्ला अन्तर्गत कर्णाली नदीमा आज दिउसो एक यात्रुबाहक माइक्रो गाडी खस्दा दुर्घटना हुन गएको छ । दैलेख प्रहरी दिएको जानकारी अनुसार घटना स्थल तर्फ प्रहरी पुगेर उद्वार कार्य जारी राखेको छ ।
प्रहरीका अनुसार दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं ७ अन्तर्गत साङ्गेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको वताइएको छ ।
उक्त गाडीका चालक सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने प्रहरी स्रोतबाट बुझिएको छ ।
गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ । अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेको वताइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल