बिहिवार, मंसिर ६, २०८१
/
सम्पादकीय
२०७७ भाद्र २६ शुक्रबार
  सम्पादकीय
          कैलाली जिल्ला को भजनी नगरपालिका वडा नं ३ वर्दवाफाँटाका स्थानिय युवाहरुले आफ्नै स्रोत साधानमा धारा जडान गरेकाछन् ।
     स्थानिय युवाहरुले बाढीपिडतिहरु तथा बाटोमा हिड्ने बटुवाहरुलाई लक्षित गरेर आफ्नै श्राम र आर्थिक सहयोगमा उच्च धारा जडान गरेकाछन् । यो कार्य सहननीय रहेको छ ।
    करीव ४५०००।– को लागत रहेको उक्त उच्च धारा ५५ फीट रहेको छ ।  धारालाई जमीनमुनी ४८.५ र जमीन माथी ६.५ फीट रहने गरी निर्माण गरिएको छ ।
     महेन्द्र राजमार्ग देखी कुसुमघाट भारतिय सिमासम्म सजिलै आवागमन गर्न सकिने उत्तर दक्षिणी मुलबाटोमा    रहेको डल्फिन चौकमा उक्त उच्च धारा जडान गरिएको छ ।
    यस कार्यले बर्दवाफाँटा, कुसुमघाट, सुनाफाँटा, कृष्णनगर, खैरा, धुसी, नवलपुर, गोरचौरा लगायत उक्त बाटो हुदै हिडडुल गर्ने सम्पुर्ण जनताहरुलाइ सजिलै तरीकाले बाढी आएको समयमापनि शुद्ध पानि खान सकिने वातावरण बनेको छ ।
   यस्ता समाजिक कार्यमा निस्वार्थ किसिमले लागेका स्थानिय युवाहरुलाई स्थानिय सरकारले प्रोतसाहन स्वरुप कदर तथा सम्मान गर्न सक्नुपर्दछ । यदि यसो गरिएमा अन्य युवा जमातलेपनि सामाजीक कार्यमा तत्परता देखाउने वातावरण बन्न सक्दछ । त्यसैले धन्यवाद बर्दवाका स्थानिय युवाहरु भन्ने मनलाग्दछ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल