आईतवार, कार्तिक ३, २०८२
/
श्राद्ध अनुष्ठान र उपाध्याय पथ ...?
२८ भाद्र २०८२
  माण्डव्य हेमन्त
हिन्दू धर्ममा कुनै व्यक्तिको मृत्यु पश्चात् गरिने काजकृया र श्राद्धलाई धेरै महत्त्वपूर्ण रुपमा लिने गरिन्छ । शास्त्रहरूमा उल्लेख गरिए अनुसार आश्विन महिनाको कृष्ण पक्षलाई पितृज्ञ वा श्राद्ध कर्मको लागि तोकिएको पाईन्छ । तर व्यक्तिको मृत्यु पश्चात उसले मानव शरिर त्यागेको तिथीलाई ख्याल गर्दै हरेक समयमा पर्ने सोही तिथीमा श्राद्ध गर्ने परम्परा रहिआएको पाइन्छ ।

तर आजको समयमा त्यस कार्यलाई सटीक रुपमा प्रस्तुती गर्ने गरेको पाइन्छ जस्तै जुन मितीको तीथीमा देहत्याग गरिएको हो बार्षिक रुपमा पर्ने सोही तिथि र आश्विन कृष्ण पक्षमा पर्ने पारवण श्राद्धलाई मात्र विशेष रुपमा गर्ने गरिएको पाईन्छ । कर्मकाण्डिय सास्त्र अनुसार सूर्यदेव कन्या राशिमा रहेको समयलाई आश्विन कृष्ण पक्ष भनिन्छ । पितृपक्षको समयमा, हाम्रा पुर्खाहरूको श्राद्ध उनीहरूको मृत्युको तिथीमा गरिन्छ। पितृहरू त्यो श्राद्धबाट सन्तुष्ट हुन्छन् भन्ने हाम्रो संस्कार अनुसार मान्यता रहिआएको पाईन्छ ।

पौराणिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, यस्तो विश्वास गरिन्छ कि व्यक्तिको मृत्यु भएपछि, उसको आत्माले अर्को शरीरमा प्रवेश गर्दछ । तर आत्माले अर्को शरिरमा प्रवेश गर्नुअघी उ यता उता भौँतारिइरहन्छ । किनकि उसले मानव शरिरमा रहदा गरेका कृयाकलापलाई यमराजले लेखाजोखा गरेर मात्र कुन शरिरमा प्रवेश गर्ने गराउने भन्ने निर्यणय गर्दछन् ।
मानजिवनको अन्त्य पशपश्चात आत्माले शुरुगर्ने यात्राको क्रममा उसको मोक्ष प्राप्तिको लागि मानव जिवनका सन्तानहरुले आफ्ना दिंगत पुर्खाहरूलाई पितरको रुपमा पूजा गर्ने परम्परा वैद्धिक धर्मसंस्कारमा स्थापित भई आएको पाईन्छ ।

वैद्धिक धर्म संस्कारमा पितरहरुको मोक्ष र पुनरजन्मकोलागी श्राद्ध गर्ने गरिन्छ भने यसलाई दुईतरिकाले बिभाजन गरिएको पाईन्छ ।
१) जसका संतानहरुले आफ्ना पितरहरुले सदाको लागि मोक्ष प्राप्त गरून् अर्थात पुन: यो संसारमा जन्म लिएर अनेकाअनेकौ दुख-सुखका ठोकर खानु नपरोस भन्ने हेतुले श्राद्ध या काजकृयामा आफ्नो हैसियत अनुसार भोजभतेर गरेर तिलाञ्जली मात्र दिने गर्दछन ।
२) जसका सन्तानहरुले आफ्ना दिवंगत पुर्खाहरुले आफ्नै संतान या राम्रो तरिकाले मानव जिवनमा नै अवतरण हुनसकुन भनेर सोच्दछन् उनिजरुले पनि आफ्नो हैसियत अनुसार भोजभतेर र नानाथरीका अनेकाअनेक आडम्वरी तरिकाले दानदातव्य गर्दै काजकृया र श्राद्धमा जौं, चामल, बालुवा-माटो आदीका पिण्ड बनाएर दानसहित तर्पण गर्ने गर्दछन ।

आऔं यसै सन्दर्भमा पितरहरुको पुनर्जन्म र मोक्ष प्राप्तिकालागी गरिने श्राद्धलाई कसरी गर्ने भन्ने सवालमा केही चर्चा परिचर्चा गरौं ।

श्राद्धको लागि पूजा विधि
१- बिहान उठेर स्नान गर्नुहोस् । त्यसपछि, देवताको स्थान र पितृहरूको स्थानलाई गंगा जलले शुद्ध पार्नुहोस् र गाईको गोबरले लेप लगाउनुहोस् ।
२- श्राद्धको दिन घरका महिलाहरूले आफूलाई शुद्ध पारेर पितृहरूको लागि आवश्यकता अनुसार खाना तयार गर्नुपर्छ । यसमा जो मुख्य कर्ताको रुपमा रहौको छ, अर्थात जेठो संतानको श्रीमतीले नै पिण्डका लागि बनाईने वस्तु तयार पार्नु पर्द भने जेठो संतान नभएको खण्डमा उसले निर्देशित गरेको संतानले उक्त कार्य गर्नुपर्दछ भन्ने कुराको जिकिर पाइन्छ ।
३- यश कार्यमा कम्तिमा ३-५-७-९ जना ब्राह्मणहरूलाई आफ्नो घरमा बोलाउनुहोस् र आमन्त्रित ब्राह्मणको निसंकोच तरिकाले खुट्टा धुनुहोस् ।
४- ब्राह्मणहरुको बिधिविधान तरिकाले खुट्टा धोइपखाली गरिसकेपछी पितृहरूको पूजा र पितृहरूलाई जल अर्पण ब्राह्मणले गर्नुपर्छ ।
५- सधैं योग्य र दक्ष ब्राह्मणहरु द्वारा नै पिण्डदान वा तर्पण गर्नुपर्दछ ।
६- वैद्धिक नितिद्वारा उचित मन्त्र जप र योग्य ब्राह्मणको उपस्थितीमा गरिएको श्राद्ध र काजकृया नै उत्तम मानिन्छ ।
७- पितृहरूको प्रार्थमिकतामा दही, गाईको दूध, घिउ र खीर आदि अग्निमा चढाउनुहोस् ।
८- खाना खानुअघि ब्राह्मणले पञ्चबली अर्थात् काग, देवता, गाई, कुकुर र कमिलाको लागि खाना पातमा राख्नुहोस् । यहाँ बलीको अर्थ चढाउनु, दिनु भन्ने लाग्दछ ।
९- दक्षिणतिर फर्केर कुश, तिल र पानी लिएर पितृ तीर्थबाट प्रतिज्ञा लिनुपर्छ । एक- तीन- पाँच- सात या नौ ब्राह्मण, छोरी या छोरीको छोरा, दिदी-बहिनी या उनको छोरालाई खाना खुवाउनु शुभ मानिन्छ ।
१०- तर्पण या पिण्डदान आदि अनुष्ठान गरेपछि, ब्राह्मणलाई थाल वा पातमा भोजन गराउनु पर्दछ ।
११- सबैलाई भोजन गराईसकेपछि, ब्राह्मण लगायत सबैलाई दक्षिणा र अन्य सामग्रीहरू दान गर्नुपर्दछ ।
१२- श्राद्धको दिन गरिब, दुखि-बिरामी र ब्राह्मणहरूलाई दान गर्नुपर्दछ । त्यसमा विशेषतह: आफ्नो हेसियत अनुसार कपडा, अन्न, गुड़, चाँदी, गाई, भूमि, तिल, सुन, घिउ, नुन आदि मध्ये जे सकिन्छ त्यही दान निश्चित गर्नु पर्दछ ।

त्यसैले आऔं हामी सबैले हाम्रो धर्म संस्कार, संस्कृती, कर्मकाण्डको सवालमा स्वअध्यन गरौं र हामीमा मौलाउदै गएको विकृती, विसंगती र आडम्वरीलाई निस्तेज पार्न हामी आफै अगाडी बढौं । किनभने जवसम्म हामी आफैलाई हाम्रो धर्म, संस्कार, संस्कृतीको सवालमा जानकारी हुदैन तवसम्म कतिथ उपाध्याय पथमा रुमल्लिनु सिवाय अरु केही हुनेछैन । जे गरून् फलानो ठाउँका गुरु-पुरोहितले गरून् भनेर चुप बस्ने बानीले हामी हाम्रो धर्म, संस्कार, संस्कृतीको सवालमा पछाडी पर्दै गईरहेका छौं । कतिथ उपाध्याय पथको बारेमा जानकारिु नपाउदा र त्यही पथमा हामीपनी लम्किरहँदा हाम्रो धर्म, संस्कार, संस्कृती धरासायी हुँदै गइरहेको छ ।

"कतीथ रुपमा समाजमा जकडिएर नागफनी जस्तै बेरिएर जकडिदै बीस बमन गरिरहेको यो उपाध्याय पथ जति जति लामो समयसम्म टिक्छ त्यति त्यति हाम्रो धर्म, संस्कार र संस्कृती झनझन ओझेलमा पर्दै गइरहेको छ ।"

त्यसैले आऔं वैद्धिक धर्म, संस्कार र संस्कृतीमा बिस्वास राख्ने तपाईं हामी सबैले आफ्नो धर्म, संस्कार, संस्कृतीको सवालमा आजैबाट स्वअध्यन गरॐतिर लागौं र यो नागले जस्तै कुण्डली मारेर बसेको उपाध्या पथलाई समाजबाट जरैदेखी उखेलेर फालौं । अनि मात्र हाम्रो आगामी पिढिले वैद्धिक धर्म, संस्कार, संस्कृतीको सवालमा बुझ्ने छ र यसको संरक्षण र सम्वर्धन गर्तिर लाग्ने छ । जय माण्डव्य !
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल