देशमा भएको २७ घण्टे जेनजी युवाहरुको आन्दोलनले देशमा नयाँ राजनितिक मोड ल्याई दिएको छ । यो विश्वकै ऐतिहासिक कुरा हो । जो नेपालमा घटीत भएको छ । यश कार्यले विश्वका ती तमाम निरंकुसश नेतृत्वलाई सबक सिकाएको छ ।
यसै सन्दर्भमा जेनजी आन्दोलनको अघिल्लोदिन मेरोघरमा रहेका नानीबाबुहरुले भने बुवा हामी भोली जेनजीहरुले गर्ने आन्दोलनमा जान्छौ है ? मैले सोधे किन र के पाउछौ ? छोराछोरीले भने, बुवा देश भ्रष्टाचारमा डुब्यो, सरकार र दलका नेताहरु दिनप्रतिदिन भ्रष्ट हुँदै गए, युवाहरु विदेशिन वाध्य भइरहेका छौं, रोजगारी छैन, संविधान सहि ट्रयाकमा चलीरहेको छैन, किनकी संविधानमा धेरै त्रुटीहरुछन, तिनिहरुलाई सच्याउनु पर्दछ ! यिनै तमाम कारणकालागी हामी जेनजी आन्दोलनमा सहभागी हुनजान्छौ ! हजुरको अनुमती चाहियो ।
मेरो छोराछोरीको यस्तो कुरा सुनेर मलाई लाग्यो जे होस अब मेरा छोराछोरी जिम्मेवार र बुझ्ने भएछन ! मैले खुसी हुँदै छोराछोरीलाई जेनजी आनदोलनमा जान र सान्तीपुर आन्दोलन गर्न अनुमती दिदै आफुपनी उक्त आन्दोलनमा नैतिक समर्थन सहित सहभागी हुने कुरा जनाए ।
उक्त आन्दोलनले २७ घण्टामा सत्ता नै परिवर्तन गरिदियो । तर उक्त आन्दोलनमा मलाइ लागेका केही कुराहरु यहाँ राख्न चाहेको छु । तर यसमा मेरो कसैप्रती आक्षेप र कटाक्ष भने रहेको छैन । यदी मेरा यी लेखकिय भनाईहरुमा कहिकतै कसैलाई ठेसपुग्न गएमा क्षमा प्राथी हुनेछु ।
मेरा लेखकिय भनाई यसप्रकार रहेकाछन, जेनजी आन्दोलनमा रिवान ढुंगानाको ओरालोपन र एक्कासी ३७/३८ बर्षका हामी नेपाल एनजिओका अध्यक्ष सुदन गुरुङ्गको इन्ट्रीले उक्त आन्दोलनको मोड नै परिवर्तन गरिदियो ।
नेपालमा भ्रष्ट दलीए नेताको अवसाहन त भयो सुशिला कार्कि जस्तो पुर्व प्रधान न्यायधिसलाई नेपालले अन्तरिम प्रधान मन्त्रीका रुपमा त पायो । त्यो पनि जेनजीको आन्दोलन मार्फत ! किनभने जेनजीको आन्दोलनको प्रमुख मुद्धा भ्रष्ट नेता कर्मचारी ठेकेदार व्यवसायी आदीलाई कार्वाही सहित भ्रष्टाचारमुक्त नेपाल र संविधान पुनरलेखन नै थियो । यिनै दुईवटा कुराकोलागी जेनजीको आन्दोलनलाई नेपाली जनताहरुले साथ र सहयोग गरेका थिए ।
तर सुदन गुरुङ्गको इन्ट्रीले आन्दोलनको रुपरेखा नै बदलीदियो ! ३७ बर्षिय सुदन जेनजी पनि होईनन् ? तर जेनजीको लिडर बने र राष्ट्रपती र सेना नायकसंग तेस्रो चरणको निर्णायक वार्तामा बसे र वार्ता भयो । आखिर दलीय नेताहरुले जे चाहन्थे सुदनले त्यही कुरामा हरिझण्डी फरफराए । अब के नेपाल र नेपालीले चाहेको कुरा पुराहोला त ? यसलाई असम्भव त नभनौं तर त्यति सजिलो छैन । किनभने देश फेरी हिंसामा फस्ने देखिन्छ । किनकी दलहरु सल्बलाई रहेको अवस्था छ ।
अर्को तिर जेनजी आन्दोलनले काठमाडौं उप-महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रधानमन्त्री बनाउन खोजेकै हो । करिब-करिब सबै तय भइसकेको थियो । बालेनले पनि संविधान खारेज, संसद बिगठन र पावरफुल अन्तरिम सरकार को माग राखेर देशको नेतृत्व गर्ने तयारीमा नै थिए । तर एकाएक उनी पछाडी हटे, आखिर किन ? किनकि जेनजी आन्दोलनले नयाँ मोडलियो । सुदन गुरुङ्ग जस्ता गैर जेनजीहरुको आन्दोलनपश्चात वार्ताको अन्तिम समयमा एउटा कुनै चलचित्रमा हिरोले प्रवेश गरेझै भयो । जेनजी ग्रुप अनेकाअनेक समुहमा बिभक्त भए । आपसमा लडाई र कुटाकुट गर्न थाले । यसैको फाईदा उठाएर एनजीयो कमाण्डर सुदन गुरुङ्गले फाइदा लिए । रिवान ढुंगाना जस्ता वास्तविक जेनजीहरु ओझेलमा परे । यहि वातावरणलाई नजदिकबाट नियाली रहेका बालेन शाह नेतृत्व लिनबाट पछाडी हटेर उनले सुशिला कार्कीलाई अगाडी सारे । जेनजी आन्दोलनको नेतृत्व गरिरहेका रिवान ढुंगाना अहिले भुमीगत जस्तैछन ! केही भिडियो सार्वजनिक गर्दै रिवान ढुंगानाले आफुलाई ज्यान मार्ने धम्की आएको र जेनजी आन्दोलनमा गैर जेनजी र डलरेहरुले हस्तक्षेप गरेको समेत आरोप लगाईरहेकाछन ।
आखिरकार नेपालले जेनजी आन्दोलनमा निरंकुस सत्ताधारीका कारण अहिले सम्म करिव ५ दर्जन आन्दोलकारीले सहादत प्राप्त गरिसकेकाछन भने हजारौं अंगभंग सहित घाईते हुँदै दलीय निरंकुश तानासाही नेतृत्वको सरकार ढाल्न सफल भएकाछन भने अर्कोतीर देसको जेनजी आन्दोलनमा खर्वौ खरवको नोक्सानी भएको छ भने देशको अस्तित्वलाई बरकरार राख्ने धरोहरहरु जलेर पुर्ण रुपमा खरानी भएकाछन ।
यसको कारण दलीय घुसपैठ हो, किनभने जेनजीको सान्तिपुर्ण आन्दोलनमा नेकपा एमाले र नेपाली कांग्रेसको निरंकुश दलीय नेतृत्व रहेको केपी सर्माओलीको तानासाह प्रवृतीका कारण अन्य दलहरुका नेता कार्यक्रताहरुले समेत उक्त आन्दोलनमा घुसपैठिय रुपमा भागलीएको देखिन्छ । विशेष गरि नेकपा मावोवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वन्तन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र दुर्गा प्रसाईको समुह लगायतका कार्यक्रताहरुका साथै अन्यले जेनजी आन्दोलनको फाइदा उठाएको प्रष्टै हुनजान्छ ।
यिनै घुसपैठियाहरुले देशका महत्वपुर्ण संरचना शिंहदरवार देखी सर्वोच्च अदालत सम्मलाई ध्वस्त बनाए । यतिले पुगेन र छानीछानी दलीए इगो लिदै अलग अलग समूह र झुण्डले व्यापारी र दलीय नेताहरुको घरमा आगजनी गरे । देशभर दलीय इगोले प्रसय पायो ।
तर यसरी दलीय नेताहरुको घरमा आगजनी र तोडफोडले के छर्लंग हुनगयो भने यिनिहरु हिजोका दिनमा राम्रो चप्पल लगाउन नसक्ने हैसियत भएकाले यत्रो अकुतको सम्पत्ती कसरी आर्जन गरे भन्नेकुराको आम नागरिकले जानकारी पाए ।
यस्तो अवस्थामा अव हामीले सोच्नै पर्ने कुरा के छ भने जेनजीको आन्दोलनमा सुदन गुरुङ्ग एक्कासी वार्तामा इन्ट्री हुनु ? वार्ता पनि तत्काल नै सफल हुनु ? जेनजीले चलाएको मुमेन्ट भन्दा बाहिर गएर सरकारको गठन हुनु ? बालेन शाह सम्पर्क बिहिन भएर पछाडी हटनु ? सुशिला कार्की प्रधानमन्त्री बन्नु ? सुशिला कार्कीको नाम नै प्रस्तावित नभएकाबेला भारतले सुशिला कार्कीलाई धन्यवाद दिदै शुभकमाना दिनु ? भारतले आफ्ना मिडियामा कार्किको प्रचारबाजी गर्नु ? कार्की प्रधानमन्त्री भइसकेपछी इतिहासमा नै पहिलो पटक चिनिया स्वसाशित क्षेत्र तिब्वतका धर्मगुरु (जो भारतमा निर्वासित जीवन बिताइरहेकाछन्) दलाईलामाले शुभकामना दिनु ? सुदन गुरुङ्गले चलाई रहेको "हामी नेपाल" संस्थाको वेबसाइडमा चिनिया गतिविधिका आधार-प्रमाण भेटीनु ? सुदन गुरुङ्गले आफु र आफ्नो टीम सरकारमा नजाने घोषणा गर्नु ? के यिनलाई संयोग मात्र भन्न मिल्छ र ?
कदापी रुपमा यिनलाई संयोग मान्न सकिँदैन । किनभने संयोग एकदुई कुरामा हुनसक्छ ! यतिका धेरै कार्यहरुलाई संयोग मान्न सकिँदैन । अब तपाईं हामी सबैले जेनजीको आन्दोलनको मानमर्दन नहुनेगरी नेपाली यूवाले चाहेको कुरालाई सम्मान गर्दै देशको राष्ट्रियता माथी भइरहेको प्रहारका सवालमा सोच्नै पर्दछ । जेनजीका मागलाई पुर्णरुपमा लागू गर्दै राष्ट्र निर्माणमा जुटनु पर्दछ । संविधानमा भएका धेरै त्रुटीहरुलाई हटाएर त्यसलाई पुनर्लेखन गरेर देशको बागडोर नयाँ पुस्तालाई सुम्पिनु पर्दछ । दलहरु नयाँ चिराबाट समयको माग संगै अगाडी बढ्नुपर्दछ । दलमा कुनैपनी समिती या कमिटीमा नेतृत्वकोलागि अधिकतम ६० बर्षे हदवन्दी राख्नु पर्दछ । त्यो भन्दा माथीका बृद्धहरुलाई सल्लाहकार, संरक्षक जस्ता ठाउँमा पदासिन गरेर सम्मान गरिनुपर्दछ ।
त्यसैले नयाँ गठित अन्तरिम सरकारले फाल्गुन २१ गतेको निर्वाचन गराउनुभन्दा अगाडी तपशिल बमोजीमका कार्य गर्नसकेमा मात्र जेनजीले गरेको आन्दोलनको वास्तविक रुपमा सम्मान हुनेछ र आन्दोलनमा मृत्यू भएकाहरुको आत्माले सान्ती पाउनेछ भने घाइते भई अंगभंग भएकाहरुले आफुले गरेको आन्दोलनमा गर्व गर्नेछन र समाजमा शिर ठाडो पारेर हिडन सक्नेछन् ।
जेनजीको आन्दोलनको सम्मानकालागी गर्नुपर्ने कार्यहरु
१- भ्रष्टिकरणको बिलासितालाई निस्तेज पार्दै भ्रष्टाचारलाई निर्मुलीकरण गर्नसक्नुपर्दछ ।
२- जेनजी ग्रुपबाट सरकारमा सामिल भएर राज्यसत्तालाई सञ्चालन गर्न सक्नु पर्दछ ।
३- संविधानलाई नयाँ चिराबाट लैजानु पर्दछ ।
४- राज्यव्यवस्थालाई नयाँयुगको आवश्यकताका आधारमा सञ्चालन गर्नसक्नु पर्दछ ।
५- संविधानलाई संशोधन गरेर जनताबाट प्रत्यक्ष निर्वाचीत राष्ट्रपती या प्रधानमन्त्री चुनिने व्यवस्था मिलाउनु पर्दछ र प्रदेशलाई खारेज गरि अधिकार सम्पन्न स्थानिय सरकारलाई स्वतन्त्र रुपमा सञ्चालन गरिनुपर्दछ ।
६- मन्त्रिपरिषद संसद बाहिर रहेका विज्ञ व्यक्तिहरुबाट गठन गरिनु पर्दछ ।
७- संसदको हकमा नेपालमा रहेका १२६ जात-जातीहरुको समुहबाट १२६ जना सांसद निर्वाचित गरिनुपर्दछ र संसदलाई योजना सहितको नितीनिर्माण गर्ने जिम्मा दिनुपर्दछ भने राष्ट्रिय सभालाई समाजमा रहेका प्रतिष्ठीत व्यक्तिहरुबाट सोझै राष्ट्रपतीले मनोनयन गर्नुपर्दछ ।
८- भिआइपी सिस्टमलाई पुर्ण रुपमा अन्त्य गरिनु पर्दछ भने यदी भिआईपीहरुको जीवन निर्वाहकोलागी सुविधा दिने हो भने उनिहरुले गर्न सक्ने अन्य काममा लगाउनु पर्दछ ।
९- कर्मचारीको हकमा जिवनभर पेन्सन खाएर राज्यको ढुकुटीमा मोजगर्ने सिस्टमलाई अन्त्य गरिनु पर्दछ ।
१०- कृर्षी क्षेत्रलाई आधुनिकिकरण गर्न सजिलो र सरलिकरणको माध्यमबाट किसानहरुलाई अध्यनको अनिवार्य व्यस्था मिलाउनु पर्दछ ।
११- किसान सहकारीको माध्यमबाट स-साना किसानहरुलाई एकीकृत गर्दै स्वरोजगार बनाईनु पर्दछ ।
१२- हाम्रो देश जंगल, जल, जडिबुटी र खनिजको महत्वपुर्ण क्षेत्र भएकाले त्यसलाई आधुनिकिकरणको माध्यमबाट सञ्चालन गरिनु पर्दछ ।
१३- कृर्षी, जंगल, जल, जडिबुटी र खनिजलाई लक्षीत गरेर औधोगीक क्षेत्रको विकास गरि प्रच्युरमात्रामा रोजगारी सृजना गरि विदेशियको युवालाई स्वदेशमा नै एकघर एक रोजगारीको अनिवार्य व्यवस्था गरिनु पर्दछ ।
१४- २०८२ साल भित्र लिइएका नागरिताहरुलाई पुर्ण रुपमा छानबिन गरि बंसजको आधारमा मात्र नागरिता दिने व्यवस्थालाई कठोर नियमकानुनको रुपमा लागू गरिनु पर्दछ ।
१५- विदेशीहरुलाई नेपालमा व्यवसाय सञ्चालन गर्नकालागी खुकुलो नीति लिदै उनिहरुलाई समयको हदम्याद तोकेर "अगीकृत सुबिधा पत्र"को व्यवस्था गरिनु पर्दछ ।
१६- भारत र चाइना संगको सम्वन्धलाई बराबररुपमा प्रयोग गर्दै उनिहरुबाट हामिले सिक्नुपर्ने कुराहरुलाई अगाडी बढाईनु पर्दछ ।
१७- नेपाली नागरिकहरुलाई आवश्यक पर्ने कुराहरुमा विचौलीयाको सिन्डिकेटलाई हटाई आयात शुल्क न्युनतम राखेर सिधै व्यक्तिले आफुखुसी आयात गर्न सक्ने व्यवस्थाको कार्यनयन गरिनु पर्दछ ।
१८- हरेक नागरिकलाई उसको चाहना अनुसारको दक्षता हासिल गर्न अनिवार्यता गरिनु पर्दछ ।
१९- शिक्षानितिलाई खुकुलो बनाएर आफुले चाहेको भाषामा सबै नागरिकहरुलाई अनिवार्य उच्चशिक्षा अध्यनको व्यवस्था मिलाउनु पर्दछ ।
२०- पुर्व रिटायर्ड सुरक्षा कर्मचारीहरुलाई सिमा क्षेत्रमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइनु पर्दछ ।
२२- अनिन्त्रीत रुपमा दाइजो र पुर्ख्यौली भन्दै सयौं बिगाहा बिर्तामुखी बनाइएको जमिनलाई सरकारीकरण गरेर भुमिहिन र सुकुमवासीलाई घरबासकालागी वितरणको व्यवस्था मिलाउनु पर्दछ ।
२४- नेपाली रुपैयाँका नोटहरुलाई नोटबन्दीको माध्यमबाट तत्काल नै खारेजगरी नयाँ नोट जारी गरिनु पर्दछ ।
२५- अपराधी र भ्रष्ट दलीय नेताहरुलाई कठोर कालकोठरीमा आजीवन कारावासको व्यवस्था गरिनु पर्दछ ।
२६- मृत्यु र घाइते भएकाहरुको परिवारलाई पुर्णतह आजीवन सेवासुविधा सरकारले गर्ने व्यवस्था मिलाउनु पर्दछ भने मृतकलाई तत्काल सहिद घोषणा गरिनुपर्दछ ।
२७- भष्ट नेता, कर्मचारीहरुलाई तत्काल कार्वाही गर्न र त्यस्ता व्यक्तिहरुको खोजीगरी जम्मागरिएको अकुत सम्पत्ती राज्यकोषमा दाखिला गर्न पावफुल आयोगको गठन गरिनुपर्दछ ।
२८- जेनजीको आन्दोलनमा गोली चलाउन आदेश दिने सरकार, सुर्क्षाक्रमी लगायतलाई तत्काल कार्वाही गरि आजीवन काराबासको सजाय तोकिनुपर्दछ ।
२९- संगठित या असंगठित रुपमा गठन गरिएका दलिए ट्रेडयुनीयनहरुलाई तत्काल खारेजी गरिनुपर्दछ ।
३०- जुनसुकै कर्मचारीलाई राजनितीबाट टाढा राखीनुपर्दछ र राजनिती गर्ने कर्मचारीलाई तत्काल पदबाट बर्खास्त गरि कार्वाही गरिनुपर्दछ ।
३१- ६० बर्ष उमेर पार भएका सबै जेष्ठनागरिकहरुलाई जिवनभरण पुग्नेगरी समानताको रुपमा सामाजीक सुरक्षा भत्ता विरण गरिनुपर्दछ ।
३२- कुनैपनी किसिमको आरक्षणलाई हटाईनु पर्दछ र विशेष परिस्थितीमा आरक्षण दिनुपर्ने अवस्था आएमा त्यसको औचित्यता सहित समयसिमा तोकिनु पर्दछ ।
३३- नेपाली नागरिकहरुलाई नेपाल सरकारको पुर्ण छात्रवृद्धीमा व्याचलरसम्मको अध्यनलाई निशुल्क रुपमा अनिवार्य पठनपाठनको व्यवस्था गरिनु पर्दछ ।
अन्तमा भन्नु पर्दा राष्ट्र र राष्ट्रियताका सवालमा सबै एकजुट भएर अगाडी बढौ र समृद्ध नेपाल बनाउन आफैबाट शुरुवात गरौं । मलाई के फाइदा भन्नु भन्दा पनी मैले देशकोलागी के फाइदा गर्नसक्छु भन्ने भावनाबाट अभिप्रेरित भएर अगाडी बढौं ।
(अगुवा सन्देशबाट) जय माण्डव्य !