वैद्धिक संस्कार अनुसार हामी अहिलेको समयमा पार्वण श्राद्ध अन्तरगत आफ्ना दिवंगद पुर्खाहरुको तिथि अनुसार उनिहरुलाई सम्झदै र आस्था अनुसार उनिहरुको जीवन मरणको प्रकृयाबाट मोक्ष या पुनर्जन्म भएमा आफ्नै कुलघराना जन्महोस भन्ने हेतुले श्राद्ध गरिरहेका छौं ।
आफ्नो कुल पुरोहीतलाई साँची राखेर वेद मन्त्रद्वारा वैद्धिक कर्मकाण्डिय पद्धती अनुसार तिल, जौ, चामल, कुश र सेतोफुल लगायतका सामग्रीहरुको माध्यमबाट यश कार्यलाई विगतका बर्षहरु झै यश बर्षपनी मनाई रहेका छौं ।
यसअघीको लेखहरुमा हामीले तिल, जौ, चामल र कुशका बारेमा लेखिसकेका छौं । आज हामी हाम्रो कर्मकाण्डिय सास्त्रले मान्यता दिएका आधारमा पीतरका ३ प्रकार र श्राद्धका १२ प्रकार अनी यसलाई ९६ तरिकाले सम्पन्न गर्न सकिन्छ भन्नेकुराको अवगत गराउदै श्राद्धमा तर्पण कसरी गर्ने र यिनका आधार के के हुन ? भन्ने सवालमा केही चर्चा गर्नेछौं ।
वैद्धिक शास्त्र पुराणहरूमा मृत्यू पस्चात आत्मा भूतलोकबाट पितृलोकमा जान्छन भनिएको पाईन्छ र यीनै आस्थाहरूको आधारमा उनीहरूको तर्पण गरिन्छ ।
त्यसैगरी, पुराणहरूमा श्राद्धका प्रकारहरूका बारेमापनी विस्तृत रूपमा उल्लेख गरिएको पाईन्छ । मुख्यतया १२ प्रकारका श्राद्धहरूको बारेमा उल्लेख गरिएको पढ्न पाईन्छ । अहिले श्राद्ध पक्ष चलिरहेको छ र यस समयमा मानिसहरूले आफ्ना पुर्खाहरूलाई सम्झदै तर्पण र पिण्डदान गर्ने गर्दछन् । सनातन परम्परामा श्राद्ध भनेको पुर्खाहरुलाई सम्झदै भक्तिपूर्वक गरिने कार्य हो । प्राचीन कालदेखि नै पितृहरूलाई सन्तुष्ट पार्न प्रयोग हुँदै आएको परम्परा हो यो । यो कार्य पुर्खाहरुलाई कहिले नबिर्सने र सधै स्मरण गरिरहने एउटा माध्यमपनि हो ।
यसै सन्दर्भमा बिभिन्न पुराणहरूमा पितृहरूको विभिन्न प्रकार र श्राद्धका सवालमा विस्तृत वर्णन गरेको पाईन्छ ।
श्राद्धमा आफ्ना पितृहरुकालागी सन्तानहरुले उनको शान्तिकालागि निरन्तर दान दातव्य र भोजन लगायतका कार्यहरु समेत गर्नुपर्दछ भन्नेकुराको समेत जिकिर गरेको पाइन्छ ।
सास्त्रहरुका अनुसार पितृहरू देवताको दर्जामा रहेका हुन्छन् र तिनीहरूले प्रकृति र ब्रह्माण्डमा सबै जीवित र निर्जीव चीजहरूको शरीर सिर्जना गर्छन् भन्ने बारेमा व्याख्या गरिएको पाइन्छ । त्यस्तै किसिमले ब्रह्म पुराणमा नित्य पितृहरूको पनि उल्लेख गरिएको पाईन्छ, तिनीहरूको पूजा गर्नाले वंशको रक्षा हुन्छ भन्ने विस्वास रहिआएको छ ।
पितर कति प्रकारका हुन्छन् ?
यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि कति प्रकारका पितृहरू छन् र तपाईं कुन पितृलाई पिण्डदान गर्दै हुनुहुन्छ ? यसको बारेमा ज्ञानहुनु सन्तानकालागी महत्त्वपूर्ण कुरा रहेको हुन्छ। पुराणका अनुसार, पितृहरूलाई मुख्यतया तीन प्रकारमा विभाजन गरिएको छ । तिनीहरूलाई नित्य पितृ, नैमित्तिक पितृ र सप्तमिक पितृ भनेर वताइएको छ भने महाभारतका अनुसार सबै पितृहरूलाई देवताहरूभन्दा पनि उच्च स्थान दिइएको पाइन्छ।
नित्य पितृहरू: यी ती पितृहरू हुन् जो सधैं उपस्थित हुन्छन् र उनीहरूको श्राद्ध वा तर्पण नियमित रूपमा गरिन्छ। विष्णु पुराणमा, तिनीहरूलाई पूर्वजको रूपमा वर्णन गरिएको छ जसले आत्माको शान्तिको लागि निरन्तर तर्पण चढाउने अपेक्षा गर्छन् । तिनीहरूलाई देवताको दर्जा दिइएको छ र तिनीहरूले प्रकृतिमा रहेका सबै जीवित र निर्जीव चीजहरू र ब्रह्माण्डका प्रत्येक जीवित प्राणीको शरीर सिर्जना गर्छन् । ब्रह्म पुराणमा समेत नित्य पितृहरूको उल्लेख गरिएको पाईन्छ भने तिनीहरूको पूजा गर्नाले मोक्ष प्राप्त हुन्छ र बंश संरक्षीत रहन्छ भन्ने विस्वास गरिएको छ ।
नैमित्तिक पितृहरू: यी ती पितृहरू हुन् जसलाई मृत्युको मिति वा विशेष कार्यक्रमहरूमा सम्झिन्छन् । स्कन्द पुराणका अनुसार, नैमित्तिक पितृहरूलाई हविर्भुज (आगोमा चढाइएको खाना खानेहरू) भनेर वर्णन गरिएको छ । मनु स्मृतिका अनुसार, पुराणहरूले तिनीहरूलाई यसरी वर्णन गरेका छन् । जसलाई अज्यप (घीयूको प्रसाद स्वीकार गर्ने पितृ) पनि भनिन्छ, जसलाई चार जात (ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र) अनुसार चार रूपहरूमा विभाजित गरिएको छ । सोम्पा, हविर्भुज, अज्यप र सुकालिन।
सप्तमिक पित्रृहरू: यी सप्तहिक वा विशेष साप्ताहिक अवसरहरूसँग सम्बन्धित पितृहरू हुन् । भविष्य पुराण र मत्स्य पुराणका अनुसार, यिनिहरूलाई सपिण्डन (मृत्युपछिको प्रक्रिया) पछि पित्रृ योनीमा प्रवेश गर्ने पित्रहरूको रूपमा वर्णन गरिएको छ । यिनिहरूको श्राद्ध हप्ताको विशेष दिनहरूमा गरिन्छ, र यिनिहरूलाई शिवगण जस्तै मान्यता दिइएको पाइन्छ ।
यसबाहेक, पूर्वजहरूलाई तीन भागमा विभाजन गरिएको छ । यिनीहरूलाई वासु पितृ, रुद्र पितृ र आदित्य पितृ भनेर चिनिन्छ । यो ज्ञात रहोस कि, यी पितृहरू मृत पश्चातका पूर्वज आत्माहरू हुन् जसलाई श्राद्ध अनुष्ठान मार्फत पूजा गरिन्छ र आहुति दिइन्छ ।
आऔं यहाँ यिनै तिनवटा वासु पितृ, रुद्र पितृ र आदित्य पितृ को हुन् र तपाईं हामी कसको तर्पण वा श्राद्ध गर्दैछौं भन्ने कुराको बारेमा केही जानकारी प्राप्त गर्ने कोसिस गरौं ।
१. वासु पितृ: यी पितृहरू ती हुन् जसले
हाल नै आफ्नो देह त्याग गरेकाछन, जस्तै व्यक्तिको आमा-बुवा ।
२. रुद्र पितृ: यी पितृहरू पुर्खाहरूका आत्माहरू हुन्, जस्तै हजुरबुवा र हजुरआमा जसले मानव शरिर त्यागगरेका छन् ।
३. आदित्य पितृ: यी पितृहरू ती हुन जसले धेरै पहिले नै मानव शरिरलाई त्याग गरिसकेका हुन्छन् । विशेषतह: बुढाहजुरआमा र बुढाहजुरबुवा लगायत पर्दछन् ।
समग्रमा भन्नु पर्दा पुराणहरूले मृत्युपछि आत्मा भूतलोकबाट पितृलोकमा जान्छ र यीनका आधारमा उनीहरूको तर्पण गरिन्छ भनी बताउँछन् र ती पुराणहरूमा श्राद्धका प्रकारहरूको बारेमा विस्तृत रूपमा उल्लेख गरिएको पाइन्छ ।
हाम्रा धर्मग्रन्थहरुमा मुख्यतया १२ प्रकारका श्राद्धहरूको बारेमा उल्लेख गरिएका पाइन्छ, जुन विभिन्न अवसर र विधिहरूमा आधारित छन् । यद्यपि, मत्स्य पुराणमा ३ , स्मृति ग्रन्थमा ५ र भविष्य पुराणमा लगभग ९६ वटा यस्ता अवसरहरू श्राद्ध गर्न सकिन्छ र जसमा अमावस्या र पूर्णिमा तिथि समेत समावेश गरिएको पाईन्छ ।
यद्यपि, उल्लेखित अवसरहरुको वर्णन गरिएको भएतापनी पौराणिक वर्णन र व्याख्याको आधारमा, १२ प्रकारका श्राद्धको विशेष रुपको वर्णन गरिएको पाइन्छ । ती यश प्रकार रहेकाछन् ।
१) नित्य श्राद्ध: यो तिल, पानी, दूध आदि प्रयोग गरेर दैनिक रुपमा गरिने श्राद्ध हो भने यसबाट पितृहरू सन्तुष्ट हुनेगर्दछन । यसको महत्त्व विष्णु पुराणमा वर्णन गरिएको पाइन्छ ।
२) नैमित्तिक श्राद्ध: विशेष अवसरहरू जस्तै, यो पुत्रको जन्म वा मृत्युको दिन गरिन्छ । ब्रह्म पुराण र शिव पुराणमा यसलाई देवताहरूलाई समर्पित गरिएको भनिएको पाइन्छ ।
३) काम्य श्राद्ध: यसलाई इच्छा पुर्तीकालागी गरिन्छ । यो बच्चा जन्माउनु वा राम्रो स्वास्थ्य प्राप्त गर्नुमा लाभदायक छ भनिएको छ । यसको भागवत पुराणमा उल्लेख गरिएको पाइन्छ।
४) वृद्धि श्राद्ध: यसलाई परिवारमा वृद्धिकालागी गरिने भएकाले घरमा कसैको विवाह हुदैछ भने यसको प्रयोग गरिन्छ। यसको वर्णन मत्स्य पुराणमा गरिएको पाईन्छ ।
५) सपिण्डन श्राद्ध: यो श्राद्ध मृत्यु पछि सपिण्डन अनुष्ठानको क्रममा गरिन्छ भने नारद पुराणमा यसका नियमहरूको विस्तृत वर्णन गरिएको पाइन्छ।
६) पर्व श्राद्ध : यसलाई पितृपक्षमा गरिने गरिन्छ । यो श्राद्धलाई मुख्य श्राद्धको रुपमा लगभग सबै पुराणहरूमा उल्लेख गरिएको पाइन्छ तर वामन पुराणले यसको विस्तृत व्याख्या गर्दछ ।
७) गोष्ठी श्राद्ध: यो कार्य समूहमा गरिन्छ त्यहाँ एउटा विशेष श्राद्ध विधि हुन्छ । यो विशेष रुपमा गरिने भएकाले यो विरलै रुपाम गर्ने गरिन्छ ।
८) प्रेत श्राद्ध: यो कार्य प्रेत योनीमा फसेका पूर्वजहरूको लागि, यो ज्योतिषी, पुरोहित र पुजारीले दिएको सुझावको आधारमा गर्ने गरिन्छ ।
९) कर्मंग श्राद्ध: यो श्राद्ध पनि अनुष्ठानको एक भागको रूपमा गरिन्छ ।
१०) दैविक श्राद्ध: यो कार्य देवताहरूसँग जोडिएको श्राद्धका रुपमा लिइन्छ ।
११) यात्रार्थ श्राद्ध: यो कार्य यात्राको क्रममा रहेकाबेला गर्ने गरिन्छ ।
१२) पुष्टयर्थ श्राद्ध: यो कार्य पोषण र शक्तिको लागि गरिने श्राद्धको रुपमा लिइन्छ ।
त्यस्तै किसिमले वायु पुराणमा श्राद्धसँग सम्बन्धित ३० नियमहरू उल्लेख गरिएकाछन्, जसले अनुष्ठानहरूमा जोड दिन्छन् । पुराणहरूका अनुसार, श्राद्ध निम्न कार्यकालागि गरिन्छ:
वेद र पुराणहरूमा वर्णन गरिए अनुसार श्राद्ध कार्य महायज्ञहरू मध्ये एक हो । आऔं यसै सन्दर्भमा यहाँ ती यज्ञहरुका बारेमा पनि केही कुरा जान्ने कोसिस गरौं ।
मुख्यतया दुई प्रकारका यज्ञहरू छन्: वेदहरूमा वर्णन गरिएका श्रौत यज्ञहरू, र स्मृतिहरूमा उल्लेख गरिएका स्मार्त यज्ञहरू । यस बाहेक, हिन्दू धर्म संस्कारले दैनिक जीवनको जिम्मेवारी अनुसार पाँच महायज्ञहरूको पनि वर्णन गरेकोछ, जुन हुन्: ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूत्ययज्ञ र नृत्ययज्ञ । यसै सन्दर्भमा यहाँ अलकती श्रौत र स्मार्त यज्ञको बारेमा चर्चागर्न आवश्य देखिन्छ:-
श्रौत यज्ञहरू: यस यज्ञमा ती यज्ञहरू हुन् जसको बारेमा वेदहरूमा प्रत्यक्ष रूपमा उल्लेख गरिएको छ र तिनीहरूलाई 'श्रुति प्रतित' यज्ञ भनिन्छ। यी यज्ञहरूमा वैदिक मन्त्रहरू प्रयोग गरिन्छ र यी प्रायः ठूला अनुष्ठानहरू हुन्, जस्तै अश्वमेध, सोमयज्ञ, आदि पर्दछन् ।
स्मार्त यज्ञ: यस यज्ञहरू ती पर्दछन् जुन स्मृतिहरूमा ऋषिहरूले तोकेका छन् । गृहस्थ जीवनसँग सम्बन्धित यज्ञहरू, जस्तै हवन जस्ता यज्ञहरु यस श्रेणीमा पर्दछन् ।
त्यसैगरी तल उल्लेखित यी पाँच महान यज्ञहरु हिन्दू धर्ममा दैनिक जीवनका अति आवश्यक भाग मानिन्छन् । आऔं यिनको बारेमापनी के कुरा जानौं र बुझौं ।
१) ब्रह्मयज्ञ (ऋषि यज्ञ): वेदहरूको अध्ययन र यो ज्ञान प्राप्तिसँग सम्बन्धित रहेको छ ।
२) देवयज्ञ (हवन/होत्र): यसमा आगोमा होमबलि(यहाँ बली भन्नाले कुनै जानवरको हत्यागर्नु होइन) चढाउनु र देवताहरूको पूजा गर्नु समावेश रहेको छ ।
३) पितृयज्ञ: यश यज्ञलाई पुर्खाहरूलाई प्रार्थना गर्न वा उनीहरूको सम्झनामा गरिने कार्य । अर्थात श्राद्ध यज्ञ ।
४) भूतयज्ञ (वैश्वदेव यज्ञ): यो यज्ञ जीवित प्राणीहरू, जस्तै जनावर, चराचुरुङ्गी र अन्य जीवित प्राणीहरूप्रति कृतज्ञता व्यक्त गर्न यज्ञ गरिने कार्यमा पर्दछ ।
५) नृत्य (पाहुना यज्ञ): घरमा आउने पाहुनाहरूको लागि विधिपुर्वक अथितीदेवोभव: को उदेश्यलाई सार्थक बनाउन उनीहरुको सम्मान र सेवा गर्न गरिने कार्य ।
उल्लेखित कुराहरुलले यज्ञका विभिन्न रूपहरू र तिनीहरूको महत्त्व बुझ्न मद्दत गर्दछ, जसद्वारा मानवले जीवनका विभिन्न पक्षहरूलाई सन्तुलनमा राख्ने गर्दछ ।
यश कारण पुराणहरूमा पितृ र श्राद्धको वर्णनले हामीलाई हाम्रा पुर्खाहरूप्रतिको हाम्रो कर्तव्यको सम्झना गराउँदछ । त्यसैले सनातन परम्परा वर्तमान समयको मात्र नभई भुत-भविष्य र वर्तमान समयको पनि एक हिस्सा हो । यसले एउटै समयको बारेमा कुरा गर्दैन, यसमा तीनवटै अवधि भुत, वर्तमान र भविष्य एकै समयमा उपस्थित हुनेगर्दछन् ।
अन्तमा भन्न पर्दा उल्लेखित कुराहरु मेरो निजी बिचारमा आधारीत नभई विभिन्न हाम्रा धर्म ग्रन्थहरुको अध्यन र बौद्धिक व्यक्तित्वका भनाईका आधारमा तयार पारिएकाले यसमा कहिकतै कुनै त्रुटि हुनगएमा विद्धतब वर्गले सुद्धिकरणकालागी सुझाव दिनुहोला र हाम्रो संस्कार संस्कृतीलाई यथोचित ढंगले अगाडी बढाउन मद्धत गर्नुहोला भन्ने आसा र विस्वास गरेको छु ।
जय माण्डव्य !