गत निर्वाचनमा मतका हिसाबले पहिलो र सिटका हिसाबले दोस्रो दल एमाले अहिले इतिहासकै कठीन घडीमा छ,तर भीरको डीलमा पुगेर पनि खतरा अनुभुत गर्न नसक्ने रोगले संक्रमित एमालेजनलाई आफू डाइनोसर हुन लागेको समेत पत्तो नहुनु गज्जबको कुरा हो ।
- एमालेकै नेतृत्वमा सरकार रहेका बेला ब्यबस्था परिवर्तन भएको छ। एमाले अध्यक्ष ओलीको हठ र बच्कनाका कारण आज राजनीतिक दलहरु म्याद सकिएको गाड्नै पर्ने औषधि बन्ने हालत आउँदा पनि न एमालेजनलाई ग्लानी छ न गल्तिप्रति पस्चाताप ।
- एमालेका युवा र आशालाग्दा नेता समेत अहिले पनि जेन जी आन्दोलनलाई हेर्ने दृष्टिकोण,सम्हाल्ने क्षमता र त्यसपछिको निकासमा नेतृत्वले गरेको अक्ष्यम्य अपराधलाई तै चुप मै चुपको शैलीमा बिर्सिन र बिर्साउन चाहिरहेका छन् ।
- एमाले त्यही दल हो,जसले कम्युनिस्टहरु निर्दलीय,निरंकुश र लोकतान्त्रिक ब्यबस्थाको बिरोधी हुन्छन् भन्ने कथनलाई ३० बर्ष अघि गलत सावित गर्न सफल भएको तर आज त्यो दल जतिको अलोकतान्त्रिक,केही बुख्याँचाको रजाईँ चलेको र चरम निरंकुश दलमा परिवर्तन भैसकेको थियो।
- एमाले त्यही दल थियो,जसको नेतृत्वमा बनेको ९ महिने सरकारले ल्याएको "९ स" को नीति अन्तर्गत आफ्नो गाउँ आफै बनाउँ र सामाजिक सुरक्षा भत्ता जस्ता कार्यक्रमले चीरकाल सम्झिइने। आज एमाले त्यही दल हो- जसको जुइनो हरेक भ्रष्टाचार,बेथिती र काण्डमा नजोडिँदा त्यो अपुरो जस्तो लाग्छ।
- पहिले एमालेका नेता पढ्छन् अनि इमान्दार छन् भन्ने भाष्य बनेको थियो,अहिले एमाले नेताले के पढे होलान् जस्तो लाग्छ। पढ्नु र त्यसको ज्ञानको प्रकासमा बिबेकी र विनयी बन्न पर्नेमा एमालेका कुर्सी वरपरका नेताको दम्भ,अहंकार,शक्तिको उन्माद र सम्पत्ति मोहको निकास बिनासभन्दा अर्को हुनै सक्तैनथ्यो ।
- हिजो साङगठनीक रुपमा सबैभन्दा बलियो,निरन्तर बैठक प्रशिक्षण अनि समीक्षा गर्ने एमालेजन अहिले पनि बैठक गर्थे तर व्यापारी,ठेकेदार र मालदारसङ्ग। प्रशिक्षण हुन थालेको थियो कसलाई सक्ने र कति कमाउने भन्नेमा ।
- एमालेका एकाथरी कार्यकर्ता नेतृत्व बिग्रेकोमा चिन्तित थियो,एकाथरी नेता २० पुस्तालाई त पुग्ने कमाइयो- एक्काइसौ पुस्ता के खाला भनेर चिन्तीत थिए।
यी त थोरै एपेटाइजर हुन् ,पछिल्लो दिनमा एमाले भन्ने दलको नेतृत्वको क्यान्सर पनि उपचार नहुने गरि पाकिसकेको थियो,तर जेन जी आन्दोलनपछि त आँखा खुल्ला अनि एक दिन त रत्नाकर वाल्मीकि बन्ला नि भनेको,त्यो त नीति कथा पो रहेछ। एमालेमा पछिल्लो दिन कार्यकर्ता कम दास धेरै भए कि?एमालेमा स्वयंसेवक कम आशे धेरै भए कि? एमालेमा अझै पनि जनता,समय र न्यायको पक्षमा खुलेर आउँदा अन्याय हुन्छ कि भन्ने भय हो कि?एमालेमा अझै पनि दौराको फेरो समातेर बैतरणी तरिन्छ भन्ने लागेको भए अब दौरा समात्दा जेल चाहिँ पुगिन्छ।
एमालेजनले एकपटक भए पनि सोच्नेकी?टिकाटालोबाट पुगेको नेतृत्वले सोच्दैन,किनकी सोच्ने क्षमता भैदिएको भए यो दिन आउँथ्यो?
फेरि पनि साथी,घर पोलेर खरानीको व्यापार गर्दा बेलुका बास बस्ने कहाँ ?एकपटक सोचौं- लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र। हिजो लडेर आएका नेता आज किन यति घृणाका पात्र बने?एकपटक म म गर एमालेजन अनि उठ्ने भए उठ हैन भने बाटो खाली गर।