हाम्रो समाजमा एउटा भनाई रहेको पाईन्छ "कहाँ राजा भोज-कहाँ गंगु तेली !" यो भनाईलाई कसैको हैसियतसंग जोडेर व्यंग्यबाण प्रहार गर्ने गरिन्छ । समाजमा यो भनाई जसलाई प्रहार गरिन्छ उसकोलागी करिब करिब मरेतुल्य सरह मानिन्छ र उसले आफुलाई साह्रै हेपेको भन्ने अर्थमा लिने गरिन्छ ।
तर यो भनाई कसरी रहन गयो ? यसको सुरुवात कहाँबाट हुनगयो ? यो भनाईको आवश्यकता किन पर्न गयो ? अनी यो भनाईको आविस्कारक हो हुन ? भन्ने जस्ता यस्तै यस्तै सवालका बारेमा आजहामी चर्चा गर्ने छौ । हामी सबैलाई आग्रह र विनीत सहित हाम्रा यस्तै खाले अनेका अनेक लेख रचनाहरुमा सवाल तथा टिप्पणी नगरी यसमा बिचार र विमर्श सहित स्वअध्यन गर्नुहोला भन्ने अनुरोध समेत गर्दछौं । किनकि स्वअध्यनले अरुले उठाएको सवालमा प्रष्टता र आफुमा बिज्ञताको अभिवृद्धी हुने गर्दछ ।
त्यसैले आऔं "कहां राजा भोज- कहां गंगू तेली" भन्ने यो उखान अर्थात भनाईका सवालमा आज हामी सानो चर्चा परिचर्चा गरौं ।
बाल्यकालदेखि आजसम्म हामीले यो भनाइलाई पटक-पटक सुनेका छौ कि "कहाँ राजा भोज कहाँ गंगु तेली"। सामान्यतया यो भनाइको अर्थ धनी र गरिब बीच तुलना गर्न भनिएको हुनसक्छ ? अर्थात ठुलाले सानालाई हेप्न दवाउन या उसको गरिबी माथी व्यङ्ग्य गर्न अथवा गरिबी माथी आफु सक्षम र प्रतिभाशाली छु भन्ने भावनाले भनिएको हुनसक्छ ? यहाँ गरिवीको अर्थ तथा अन्य बहुप्रतिभामा अदक्षतालाई लक्षीत गरिएको हुनसक्छ ? जे होस बलियोले कमजोरलाई भनेको वाक्याङ्स नै हुनुपर्दछ । आऔं यसै सन्दर्भमा यश भनाईको खोजीनिती गर्ने जमर्को गरौं ।
हाल मित्रराष्ट्र छिमेकि मुलुक भारतको मध्यप्रदेश अन्तरगत रहेको भोपाल एउटा जिल्ला हो भने यो भारतका ठुला शहरहरु मध्ये एक हुनका साथै मध्ये प्रदेशको राजधानी समेत हो । हाल भोपाल भारतमा एउटा प्रदेशको जिल्लामा सिमित रहेतापनी तत्कालिन समयमा यो एउटा विशाल स्वतन्त्र राज्यका रुपमा रहेको थोयो ।
यो लेखकलाईपनी यो भनाई अमिरी र गरिवीलाई नै संकेत गरिरहेको छ भन्ने लाग्दथ्यो ! जब यो लेखकले भारत मध्यप्रदेशको भोपालमा आफ्नो पहिलो पाइला टेक्न सफल भयो, जो आज भन्दा करिव ३३ बर्ष अगाडीको कुरा हो । त्यो बेला यो लेखकको पिता श्रीप्रसाद(शिव) माण्डव्य ज्यू ले त्यहाँ घुमाउन लैजानु भएको थियो । पिता ज्यू भारतको पुर्व सेनानी तथा मुम्बै पुलिसको समेत पुर्व जागिरे हुनुहुन्थ्यो । उहाँले सायद आफ्नो कार्यकालमा घुमेका ठाउँहरुमा आफ्नो जेष्ठ सुपुत्रलाई समेत घुमाउने जिज्ञासाका हिसावले यो लेखकलाई त्यहाँ लैजानु भएको थियो । मितिका हिसावले त्यसवेला सायद बिक्रमको २०५० श्रावण महिनाको पहिलो साता रहेको थियो । त्यतिबेला जब त्यहा पिता ज्यू साथमा लागेर पहिलो पाईला टेकीयो आफ्नो हर्षले कुनै सिमा नै थिएन् । किनभने आफ्नो पिता ज्यू संगको घुमफिर नै बेग्लै हुने जसले स्वर्गानुभुतीको आनन्द दिने गर्दथ्यो । मलाई पनि यस्तै यस्तै भइरहेको थियो । मैले पिता ज्यू लाई स-साना देखि ठुल-ठुला कुाहरु जो आफुलाई जान्न र बुझ्न मन लाग्थ्यो ती सबै सवालहरु सोधने गर्दथे । पिता ज्यू ले पनि मेरो हर सवालको जवाफ आफुले जानेबुझेसम्मको दिनुहुन्थ्यो र नजानेको कुरामा त्यहाँका रैथानेहरुलाई सोधनी गर्नु हुन्थ्यो । यहि शिलशिलामा एक जना बयोवृद्ध टाउकोमा ठुलै पगडी बाधेका व्यक्तिले पता ज्यू को सोधनीमा "कहाँ राजा भोज, कहाँ गंगु तेली" भन्ने उखानको चर्चा परिचर्चा गरेका थिए । यहि कुरालाई लिएरबपछिल्लो समयमा यश सम्वन्धमा लिपिवद्ध गरिएका केही इतिहासका पाना पल्टाउदा धेरै कुराको जानकारी भएको थियो ।
यो उखानको धनी वा गरिबसँग कुनै सम्बन्ध छैन । न त यसको हामीले कल्पना गरेका कुनै व्यक्ती गंगु तेलीसँग कुनै सम्बन्ध रहौको छ । भोपाल नपुगुञ्जेलसम्म यो लेखकलाई पनि लाग्थ्यो कि गंगु नामक एक निश्चित कुनै तेल वेच्नेवाला व्यक्तिलाई राजा भोजसँग तुलना गरिँदैछ । तर त्यहाँ पुग्दा यो कुरा पूर्णतया गलत सावित हुनगयो । यश भनाईको त्यहाँ गएर जानकारी भयो कि, वास्तवमा, "गंगु-तेली" आफैं एक राजा रहेछन् । जब यो लेखकलाई यस्तो कुराको जानकारी भयो, तब आश्चर्यको कुनै सीमा नै रहेन ।
त्यहाँ गएर यो लेखकलाई यो कुरापनि बुझाई भयो कि यदि तपाईं सावधानीपूर्वक कुनैपनी कार्य गर्नुहुन्छ भने, तपाईंको जिवनमा ज्ञान मात्र बढ्दैन त्यस अवसरमा तपाईंले त्यस्ता कुराहरूको पनि जानकारी पाउनुहुनेछ जुन कुरामा अन्य कसैको ध्यान पुगेको हुँदैन् । यो उखान हामी सबैको लागि एउटा पाठ हो । जस भनाईलाई आजसम्म हामी र हाम्रा पुर्खाहरु धनी र गरिबको तुलनामा गर्न प्रयोग गर्दै आइरहेका छौं ।
"कहाँ राजा भोज कहाँ गंगु तेली" भनीने यो उखान हालको भारत मध्येप्रदेशको राजधानी भोपाल र यहाँको अर्को जिल्ला धारसँग सम्बन्धित रहेको छ । पौराणिक कालमा भोपालको पुरानो नाम भोजपाल थियो । भोपाल राज्य १८ औं शताब्दीमा भारतको एक स्वतन्त्र राज्य थियो, १८१८ देखि १९४७ सम्म भारतको एक रियासत थियो, र १९४९ देखि १९५६ सम्म एक भारतीय राज्य थियो । यसको राजधानी भोपाल शहर थियो । आऔं यसको संक्षीप्त इतिहासको बारेमा पनि अलिकती यहाँ जान्ने कोसिस गरौं ।
"भोपालको इतिहास ११ औं शताब्दीमा परमार वंशका राजा भोजबाट सुरु भएको मानिन्छ ।
उनले हाल भारतमा पर्ने अहिले सम्मकै ठुलो भोजपाल बाँध निर्माण गरे जसले गर्दा भोपाल शहरलाई तालको शहरको नाम हालसम्मपनी चिनाउछ ।
त्यसैगरी गोंड राजवंशका राजा भूपाल सिंहले पनि राजा भोजभन्दा पहिले ७ औं र ८ औं शताब्दीको बीचमा उक्त शहरलाई आफ्नो राजधानी बनाएको ईतिहास पाईन्छ । पछिल्लो कालखण्डमा यो शहर धेरै पटक लुटिएको थियो र त्यसपछि मुगल कालमा अफगान सिपाही दोस्त मोहम्मद खानले यसलाई पुनर्स्थापित गरेका थिए भन्ने कुराहरुको जिकिर इतिहाँसको पानाबाट अध्यन गर्न पाईन्छ । त्यसपछि भोपाल एक रियासत बन्यो ।
राजा भोजको योगदान:
राजा भोज परमार वंशका सबैभन्दा शक्तिशाली शासकहरू मध्ये एक थिए । उनले एउटा ठूलो बाँध बनाए, जुन अहिले भोपाल तालको रूपमा चिनिन्छ । उनको उत्कृष्ठ कार्यका कारण नै भोपाललाई राजा भोजको शहरपनि भनिन्थ्यो ।
गोंड र मुगल शासन:
गोंड राजवंशका राजा भूपाल सिंहले इस्वी संवत् ६६९-६७९ मा भोपाल शहरको स्थापना गरेका थिए र यसलाई भूपाल नाम दिएका थिए।
गोंड राजाहरूको पतन पछि, यो शहर धेरै पटक लुटियो । पछि, अफगान सिपाही दोस्त मोहम्मद खानले भोपाललाई रियासतको रूपमा पुन: स्थापित गरेका थिए ।
भोपाल राज्य र भारतसँग यसको विलय:
भोपाल एक स्वतन्त्र रियासत राष्ट्र थियो । स्वतन्त्र र रियासत राष्ट्र भएकाले पछिल्लो समय अग्रेज अधिनस्त रहेकोमा जब अग्रेजले इण्डियालाई स्वतन्त्र गरे तब यो देश हालको भारतमा विलय भएको थिएन । यो देश भारतमा विलय हुन ढिलाइ भएको थियो, किनकि यो देश हालको भारतमा विलय हुन चाहदैनथ्यो । भारत स्वतन्त्र भएको ६५९ दिन पछि, १ जुन १९४९ मा, भोपाल देशलाई जबरजस्ती भारतमा विलय हुन बाध्य पारिएको थियो ।
हालका वर्षहरु:
१९८४ मा भएको भोपाल ग्यास दुर्घटना एउटा दुखद घटना थियो जसले शहरलाई चर्चामा ल्यायो । आजको समयमा भोपाल मध्य प्रदेशको राजधानी र भारतको एक प्रमुख शहरका रुपमा मात्र रहेको छ ।"
त्यसैले भोपाल नाम धारका राजा भोजपालबाट आएको हो भन्ने गरिन्छ । समयसँगै, नाममा रहेको "ज" गायब भयो र यसको नाम भोपाल रहनगयो भन्ने कुराहरुको जिकिर समेत गरेको पाइन्छ ।
भोपालको बारेमा यति जानकारी भएपछी यहाँबाट उत्पन्न भएको "कहाँ राजा भोज कहाँ गंगु तेली" भन्ने उखान अर्थात भनाईको कुरा गरौं । इतिहाँसको पानामा उल्लेख गरिए अनुसार भनिएको पाईन्छ कि कालान्तरमा एक पटक कलचुरी देशका राजा गंगे (अर्थात् गंगु) र चालुका देशका राजा तेलंगा (अर्थात् तेली) ले मिलेर राजा भोजको राज्यमा आक्रमण गरे । यस युद्धमा राजा भोजले ती दुवै राजाहरूलाई सजिलै तरिकाले पराजित गरे ।
त्यसपछि, यो भनाइ व्यंग्यको रूपमा प्रसिद्ध भयो कि "कहाँ राजा भोज कहाँ गंगु तेली"।
यस उखानले पछिल्लो समयमा अनेकानेक देश भेग र क्षेत्रहरुमा निकै चर्चा परिचर्चा पाउन सफल भयो भने यसलाई देश, भेग र क्षेत्र अनुसार आ-आफ्नै तवर र तरिकाले संज्ञा दिदै यसको प्रयोग गर्न थालीयो । आजको समयमा पनि हालको नेपालमा यस भनाईले ठुलो अर्थ राखेको छ भने गाउँ र टोलहरुमा समेत यसको आवश्यकता अनुसार प्रयोग गरिने गरिएको पाईन्छ ।
भारत मध्यप्रदेशको भोपाल शहर अन्तरगत रहेको वीआईपी रोड नजिकैको तालमा राजा भोजको विशाल मूर्ति स्थापित गरिएको छ । अनेकानेक पर्यटकहरु यो ताल र यसको बिचमा रहेको राजा भोजको पुर्ण कदको सालिकलाई बडो आनन्द पुर्वक अवलोकन गर्ने गर्दछन् । तपाईंहरुले पनि एकपटक अवश्य नै उक्त क्षेत्र अवलोकन गर्दा जीवनान्द नै आउनेछ भने त्यहाँ पुग्दा स्वर्गानुभुती समेत हुनेछ । यो लेख उने जन्मदाता श्रीफरसाद(शिव) माण्डव्य प्रती समर्पित गर्दै यस्तै किसिमको अर्को लेख आगामी दिनहरुमा तपाईहरु माझ पस्कने वाचा गर्दै अहिले ओझेल पर्दछु ।
जय माण्डव्य !
प्रती प्रश्न नगरौ, आफैँ स्वअध्यन गरौं !