बुधबार, कार्तिक १४, २०८१
/
जलवायु स्मार्ट उद्यमशीलता पुरस्कार दिवस सम्पन्न !
११ कार्तिक २०८१
  अगुवा समाचार

क्रिएसन नेपालको आयोजनामा

जलवायु स्मार्ट उद्यमशीलता कार्यक्रम सम्पन्न गरिएको छ ।
धनगढिमा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य जलवायु र वातावरणीय चुनौतीहरुलाई सम्बोधन गर्ने खालका विचारधारा, आविष्कार र युवा उद्यमीहरुको लागी अवसरहरु प्रदान गर्नु रहेको कुरा

सुप प्रदेश कार्यक्रम संयोजक निष्चल पाण्डेले जनाएकाछन । पाण्डेका अनुसार

सुदुरपश्चिम प्रदेशका १५ देखि २९ वर्ष उमेर समुहका युवाहरुलाई विभिन्न माध्यमबाट आवेदन आह्वान गरिएको र त्यस मध्यबाट उत्कृष्ट २० जना छनोट गरि बिगत ३ महिना देखि आवश्यकता अनुसार बृद्धि विकास र अभिमुखिकरणको तालीम प्रदान गर्ने काम भएको बताएकाछन ।
पुरस्कार दिवस कार्यक्रममा छनोट भएका २० जना समुहका प्रतिस्पर्धीहरुले आ-आफ्नो भावी र हाल सञ्चालनमा आईरहेका जलवायु स्मार्ट व्यवसायको अनुभव र योजनालाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट ६ जनालाई विभिन्न मुल्याङकन अंकको आधारमा छनोट गरीएको थियो भने परियोजनमा उल्लेख भएको अनुदान आर्थिक सहयोग स्वरुप उत्कृष्ठ व्यक्तिहरुलाई एकलाख पच्चिस हजार रुपैयाँ प्रदान गरीएको आयोजकले जनाएको छ ।
पुरस्कार दिवस कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बाहदुर शाहको प्रमुख आतिथ्यमा रहेको थियो भने विशिस्ट अतिथिमा युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसे,‌ क्रिएसन नेपालका संस्थापक अध्यक्ष श्री आनन्द मिश्र, युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक श्री प्रदीप खतिवडा, नीडस् नेपालका कार्यकरी निर्देशक श्री भवाराज रेग्मी लगायत रहेका थिए ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्यूले विभिन्न प्रदर्शनी स्टलहरुको अवलोकन गरी युवा उद्यमीहरुलाई‌ नेपालमै बसेर व्यवसाय गर्न हौसला प्रदान गर्नुभएको थियो।


निर्णायक मण्डलको भुमिकामा कैलाली उद्योग वाणिज्य संघका महासचिव श्री ओम् बहादुर विष्ट, बाल्मीकी इन्टरनेशनल स्कूलका अध्यक्ष श्री दिनेश राज भण्डारी र एक्सिस् स्कूलका प्रमुख श्री अनिता पन्तको रहनु भएको थियो।
कार्यक्रमको स्वागत निड्स‌ नेपालका कार्यकरी निर्देशक श्री भवाराज रेग्मी ज्यूले स्वागत गर्नुभएको थियो।
वातवरण तथा जलवायु विकासमा नेपाली युवा (NYCAGG) प्रोजेक्टको बारेमा क्रिएसन नेपालका इनोभेसन संयोजक अग्रिमा केसीले प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी क्रिएसन नेपालका अध्यक्ष श्री आनन्द मिश्र ज्यूले सो प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट छ जना बिजेता प्रतियोगी अल्गल फर्म, अजोले ब्लूम फर्म, कोको साथी, इको बगासेस सोलुसन, त्रिन् कला र भर्मी काउ अर्गानिक आदिको नतीजा प्रकाशन गरी पुरस्कार स्वरूप प्रत्येक विजेता टिमलाई रु १२५०००/- हस्तान्तरण गर्नु भएको थियो।
युरोपेली संघका कार्यक्रम प्रबन्धक रोसल्बा टुसेज्यूले हाल विश्वमा भइरहेको जलवायु परिवर्तनको समाधानमा युवाको मुख्य भूमिका रहेको भन्दै सम्पूर्ण जलवायु परिवर्तन सम्बन्धी सचेतक युवाहरुलाई धन्यवाद दिनु भएको थियो भने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक श्री प्रदीप खतिवडाले युवाहरु अझै थप सशक्त भइ आविष्कार तथा इनोभेसन कार्यहरूमा अघि बढ्नु पर्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो।

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल