आईतवार, भाद्र २३, २०८१
/
हाम्रो कलेजो र यसमा जम्ने बोसो
२९ माघ २०७९
  माण्डव्य हेमन्त
कलेजो भन्ने वितिकै हाम्रो शरिर भित्र रहेको एक अभिन्न अंग हो भन्ने हामी बुझ्दछौं । यहि कलेजोमा केही खरावी भयोभने हामी मृत्यूवरण गर्न समेत पुग्न सक्दछौं । त्यसकारण हामीले कलेजोलाई सधै स्वच्छ र फिट राख्नु पर्ने हुन्छ ।
कलेजो खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्दर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ । हाम्रो खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन गर्दछ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँने गर्दछ । यसमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुनेकुराको चिकित्सकहरुले जिकिर गर्ने गर्दछन् । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । 
धेरैजसो व्यक्तिमा फ्याटी लिभरको कुनै लक्षण नदेखीनपनि सक्छ । तर केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा भारी महसुस हुने संकेत देखीएमा फ्याटी लिभर हुनसक्दछ ।
फ्याटी लिभरबाट कसरी बच्ने भन्ने सवालमा स्वस्थ जीवनशैली अपनाएर, खानामा चिल्लो कम गरेर, लिभरलाई संक्रमण हुनबाट बचाएर यसको जटिलताबाट कलेजोलाई जोगाउन सकिन्छ । 
मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय–समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ । कलेजोमा बोसो जम्न नदिन चिल्लो र कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । (अगुवा शन्देसबाट) 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल