सोमबार, चैत्र ९, २०८२
/
भन्सार छलीका सामान बरामद
   २०८२ फाल्गुन ८
  अगुवा समाचार
    जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटीएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलीगरी ल्याउदै गरेको  समान बरामद गरेको जनाइएको छ । कैलाली जिल्लाको अस्थाइ राजधानी समेत रहेको धनगढी उपमहाानगर पालिकाबाट प्रहरीले भन्सार छलीका कुर्ता सुरवालको कपडा नियन्त्रणमा लिएको वताइएको छ ।
    धनगढी उपमहानगरपालिका वडा नं ३ सिसा पोष्ट नजिकबाट प्रहरीले अबैंध रुपमा छिमेकी मुलुक भारतीय बजारबाट भन्सार छली गरि ल्याइएका करीव २१ हजार रुपैयाँ बराबरको कुर्ता सुरवालको कपडा लगायतका अन्य सामानहरु लाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
    स्मरण रहोस जहिलेपनि प्रहरीले अवैध सामान भन्दै बरामद गर्ने तर तस्करहरुलाई पक्राउ   गर्न नसक्नुले प्रहरीकै मिलोमतोमा तस्करहरुले उन्मुक्ति पाइरहेको हो की भन्ने संका उब्जिरहेको कुरा स्थानियहरुले वताउने गरेको पाइन्छ । (अकम्प दैनिकबाट)
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल