सोमबार, चैत्र ९, २०८२
/
बार्दलीबाट लडेर प्रहरी हवल्दार गम्भीर घाइते  
   २०८२ फाल्गुन ८
  अगुवा समाचार
सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ मा एकजना प्रहरी हवल्दार बार्दलीबाट लडेर गम्भीर घाइते भएको कुरा जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । आफ्नो ड्युटीका लागि जाँदै गरेको अवस्तथामा प्रहरी हवल्दार एक्कासी बार्दलीबाट लडन पुग्दा गम्भीर घाइते भएको वताइएको छ ।
    शुक्रबार साँझ करिब ८ बजे सदरमुकाम चैनपुरस्थित आफ्नै निवासबाट जिल्ला प्रहरी कार्यालयतर्फ जाने क्रममा हवल्दार खडक बोहरा एक्कासी आफ्नो बार्दलीबाट लडेर घाइते हुन पुगेको कुरा बोहराको पारीवारीक स्रोतले जनाएको छ ।
    बार्दलीबाट एक्कासी लडेका हवल्दार बोहराकोे टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दरबन्दी रहेका हवल्दार बोहरा हाल गृह जिल्ला बझाङमा काजमा कार्यरत रहेको वताइएको छ ।
    स्मरण रहोस केही दिन पहिले कैलाली टीकापुरमा प्रहरी कार्यालयको छतबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको थियो । (अकम्प दैनिकबाट)
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल