सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा ट्रक दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका छन् । वैतडी जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत झ्याउलेक भन्ने सडक मोडमा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जबाट बझाङ जिल्लाको चैनपुर तर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
उक्त ट्रक दुर्घटनामा घाइते भएका चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
स्मरण रहोस पहाडी राजमार्ग अन्तर्गत जयपृथ्वि राजमार्ग यातायात सावारी साधनकालागी अती सम्वेदन शिलताको रुपमा हेरीने गरीन्छ । बाटो पुर्ण रुपमा पिच नभएका कारण दुर्घटना भइरहने वताइन्छ । (अकम्प दैनिकबाट)