कञ्चनपुर प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरेका जनाएको छ ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं १० सडकघाटबाट शुक्रबार राती अवैध लागूऔषध खैरो हिरोईन १४ ग्राम ७२० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आगुऔषध खैरो हिरोइन सहित पक्राउ पर्नेहरूमा डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं १ मालुम गाउँका स्थानिय २५ वर्षीका यादब तमौली र सोही नगरपालिका वडा नं ५ बागबजार बस्ने १८ वर्षीका किशोर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतीय सिमावर्ती क्षेत्रबाट नेपालतर्फ आउँदै गरेकोसे ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेलापारि उक्त पदार्थ र मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, बेलौरी नगरपालिका वडा नं १० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन १५ ग्राम १६० मिलिग्राम सहित प्रहरीले ४ जनालाई शुक्रबार राति पक्राउ गरेको वताएको छ । प्रहरीद्वारा पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका वडा नं ११ कलुवापुरका २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका वडा नं ५ गुलरियाका २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं ३ मालाखेतीका २७ वर्षीय सुरेन्द्र साँउद र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानीका २८ वर्षीय जनक सिंह धामी रहेको वताइएको छ ।
प्रहरी टोलीले उनिहरुलाई सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार रहेकाबेला चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि हाइस सहित चारै जनालाई पक्राउ गरेको जनाएको छ । (अगुवा सन्देशबाट)