सोमबार, चैत्र ९, २०८२
/
पहाडी जिल्ला बाजुरामा हिमपात र बर्षा हुँदै, वन्यजन्तुको चोरीसिकारी हुने सम्भावना
   २०८२ फाल्गुन ८
  हेमन्त माण्डव्य
 सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा शनिबार बिहानदेखी मौसम बदलीभई भारी वर्षा र हिमपात हुन थालेको छ ।
    हालको समयमा मौसममा आएको परिवर्तनपछि शनिबार बिहानबाट निरन्तर रूपमा हिमपात र वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले जनाएको छ । बाजुराका उच्च लेकाली भु-भागहरुमा बर्षासंगै हिमपात समेत सुरु भएको वताइएको छ । 
    सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जानकारी मौसम विभागले क्ष्सअघी नै जनाइसकेको थियो । सुदुरपश्चिमको पहाडी जिल्ला बाजुरामा बर्षासंगै हिमपात शुरुभएपछि बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा, बडिमालिका नगरपालिका, खप्तड छेडेदह, हिमाली, स्वामीकार्तिक, गौमुल, जगन्नाथ गाउँपालिका अन्तर्गतका लेकाली भु–भाग र स्थानिय बस्तीहरुमा हिमपात भएको बाजुरा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले वताएकाछन् । 
    पुडासैनीले दिएको जानकारी अनुसार हिमपातका कारण उच्च हिमाली क्षेत्रको रुगिन, दहकोट, बाँधु, विच्छ्या, बुढीनन्दाको कुरु, गौमुलको अम्लिस, खप्तड, पाण्डुसैन, छेडेदह लगायतका भु–भागहरुमा बसोवास गर्ने स्थानीयहरु बढी प्रभावित बनेका छन् । शनिबार देखी नै पहाडका डाँडाँहरु सेताम्मे भइरहेका छन् । भारी बर्षात र हिमपातका कारण चिसो बढीरहेको र मौसम विभागले वर्षासँगै हुरी बतासको सम्भावना रहेकाले वृद्ध–वृद्धा, बाल–बालिका तथा दीर्घरोगीहरु बढी प्रभावित भएकाले सो बाट बच्न आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गरीएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले वताएकाछन् । उनका अनुसार जिल्ला भरी नै बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको वताएकाछन् ।
    अर्कोतिर बाजुरा जिल्लामा शनिबार देखी लगातार वर्षा भइरहेकाले चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउ लगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताएकाछन् । यो समयमा गहुँ बालीमा बाला लाग्ने र फलफूलका बिरुवा फुल्ने बेला भएकाले यस समयमा आएको बर्षातले किसानहरुलाई राहत दिएको छभने चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षातले काम गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 
शनिबार बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्ला भरीमा नै चिसो बढीरहेकोे वताइएको छ । चिसोका कारण समग्र जनजिवन प्रभावीत हुनेभएकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव समेत दिएको वताइएको छ ।
    त्यसैगरी बाजुरा जिल्लामा बर्षातसंगै हिमपात हुनथालेपति वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्ने अनुमान गरीएको छ । उच्च पहाडी स्थानमा रहने पहाडी वन्यजन्तुहरु हिमपात बाट हुने चिसोका कारण बेँसी र स्थानिय गाउँघर नजीक आउने भएकाले शिकारी तस्करहरुले त्यसको मौका छोपी बन्यजन्तुको सिकार गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । 
    उच्च हिमाली भेगमा आफ्नो वासस्थान भएका जङ्गली जनावर घोरल, रतुवा लगायत विभिन्न प्रजातिका जनावरहरु हिमपात भएपछि न्यानो खोज्दै गाउँ–बेँसी तीर आउने भएकाले सोही अवसरको मौकामा चोरीसिकारीको सम्भावना बढ्न सक्ने वताइएको छ ।
    डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुवासचन्द्र अयडीले वन्जय जन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न सबैलाई आग्रह गरेको वताएकाछन् । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने सबैमा जानकारी गराएको सूचना अधिकारी अयडीले वताएकाछन् । अयडीका अनुसार हिमपात र बर्षातको अवसरमा कमजोर बनेको वन्यजन्तुको चोरीसिकारी नहोस भन्नाकालागी बृहत रुपमा सुरक्षाकर्मी समेत परिचालन गरिएको बताएकाछन् । (अगुवा सन्देशबाट)
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल