सोमबार, चैत्र १६, २०८२
/
गौर नरसंहारका आरोपित यादव पक्राउपर्न सक्ने
२०८२ चैत्र १५
  अगुवा समाचार
जेन्जी आन्दोलनलाई लक्षीत गरेर पुर्व प्रधान मन्त्री केपी ओली पक्राउ परेपछि ओलीको बिरोध गरेर नथाक्ने उपेन्द्र यादव गौर नरसंहारको आरोपमा पक्राउपर्ने सम्भावना भएपछी नेकपा एमालेसंग हात मिलाउन तयार रहेको कुरा स्रोतले दावी गरेको छ ।
यादवले आन्तरिक रूपमा कार्यकर्तालाई आज ४ बजे राजविराजमा हुने एमालेको विरोध कार्यक्रममा सहभागी हुन निर्देशन दिएको सूचना स्रोत मार्फत प्राप्त भएको छ।
चुनावमा बुरी तरह हार बेहोरेपछी अतालीएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा पछिल्लो समयमा बदलिई रहेको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आन्तरिक रुपमा एमाले, काँग्रेस लगायत अन्य दलहरु एकठाउँमा उभीन र एकजुट हुन आग्रह गरिएको समेत स्रोतको दावी रहेको छ ।
उपेन्द्र यादव गौर नरसंहारका प्रमुख आरोपित व्यक्ति हुन् भने उनी राजनितिक शक्तीको आडमा अहिलेसम्म जेलचलान हुन नसकेको वताइन्छ ।
स्मरण रहोस राजविराजमा जिल्ला प्रहरीले नजदिकबाट त्यहाँ हुने गतिविधिलाई निगरानी गरिरहेको समेत स्रोतबाट खुल्न आएको छ ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल