आज कैलालीको टीकापुरमा स्रष्टा कमल बजगाई कृत "न्याउल्या गीत सममग्रह लोकार्पण गरिएको छ । भेरी साहित्य समाज जिल्ला समिति कैलालीद्वारा आयोजित तथा माण्डव्य टाइम्स, कालीकर्णाली सांस्कृतिक समाज र खप्तड सांस्कृतिक परिवारको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको छ ।भेरी साहित्य समाजका भारत प्रवास समितिका सहसंयोजक लोकस्रष्टा कमल बजगाईँको 'न्याउल्या गीत सङ्ग्रह'को लोकार्परण तथा परिचर्चा एवं रचना वाचन कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाकार डाक्टर हरि तिमिल्सिना प्रमुख अथिती वरिष्ठ उपाध्यक्ष ईश्वरी रिजाल(उल्कापात), महासचिव सुन्दर गुरुङ, कोषाध्यक्ष डाक्टर राजकुमार थारू र केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक हेमन्त माण्डव्य विशिष्ठ अथितीको उपस्थिती रहेको थियो । त्यसैगरी वरिष्ठ संस्कृतिकर्मी लेखक देवानन्द रिमाल, देउडा प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंह, खप्तड सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष नवराज रिमाल, काली कर्णाली समाजका अध्यक्ष पदम बहादुर थापा, दैलेखकी देउडा गायक पार्वती आचार्य, टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्र उपाध्याय, टीकापुर नगरपालीका वडा नं १ का निवर्तमान वडाअध्यक्ष गंगाराम आचार्य, साहित्यकार कमल भाट, भरत स्वार, लगायत अथितीको रुपमा रहेका थिए भने कार्यक्रममा मुख्य केन्द्रविन्दुका रुपमा कृतीकार कमल बजगाई रहेका थिए ।
उक्ता कार्यक्रममा टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्र उपाध्यायले कृतिको विवेचना गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाकार हरि तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक, माण्डव्य टाईम्सका प्रकाशक समाचार संयोजक हेमन्त माण्डव्य, कृति स्रष्टा कमल बजगाई, वरिष्ठ संस्कृतिकर्मी लेखक देवानन्द रिमाल, देउडा प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंह, खप्तड सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष नवराज रिमाल,काली कर्णाली समाजका अध्यक्ष पदम बहादुर थापा लगायतले आफ्नो शुकामना सन्देश मार्फत काली कर्णालीमा गाईने खेलीने न्याउल्या सभ्यता तथा राष्ट्रियता भएको र न्याउलेलाई देउडामा परिभाषित गरिनु गलत भएको समेत वताएका थिए भने उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुले आ-आफ्ना मौलिकतामा साहित्य सृजनालाई प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता भेरी साहित्य समाज कैलाली जिल्ला अध्यक्ष तथा माण्डव्य टाईम्सका सम्पादक डाक्टर चक्रप्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन जिल्ला सचिव तथा वरिष्ट पत्रकार दुर्गा प्रसाद भण्डारीले गरका थिए ।
स्मरण रहोस स्रष्टा कमल बजगाईको यश कृतीले कालीकर्णाली क्षेत्रबाट लोप हुँदै गएको न्याउल्या सभ्यतालाई पुनरताजगी गर्ने आसा गरिएको छ ।