सन्त निरंकारी मण्डलले बैशाख १२ गते मानव एकता दिवस मनाउने भएको छ । गत वर्ष झै यस वर्षपनि उक्त दिवशलाई महत्वपुर्ण धुमधामसंग मनाइने सन्त निरंकारी मण्डल टीकापुर साखाका मुखी महादेव भण्डारीले वताएकाछन् । उनका अनुसार उक्त दिन निरंकारी सतसंगतका साथै बृहत रक्तदान कार्यक्रमको आयोजना गरीने वताइएको छ ।
निरंकारी मिसन स्रोतका अनुसार तत्कालीन अवस्थामा सन्त निरंकारी मिसनका सर्वोच्च गुरु “बाबा गुरुवचन शिंह”को आफ्नै अनुयायिद्वारा हत्या गरीए पछि उहाँको सम्झनामा मानव एकता दिवस, प्रेम र सेवाको उत्सव” का रुपमा मनाइदै आएको पाइन्छ । यो अवसरमा विशेषगरेर बृहत रुपमा रक्तदान कार्यक्रम गर्ने गरीन्छ ।
मिसनका अनुसार, जब मानव हृदयमा प्रेमको मधुर धारा अविरल बग्छ र आत्मा एकताको दिव्य कम्पनले उज्यालो हुन्छ, तब मात्र मानवताको वास्तविक र पवित्र रूप प्रकट हुन्छ । त्यसैले यो त्यो अवस्था हो जहाँ सबै भेदभावहरू स्वतः विघटन हुन्छन्, र करुणा, सद्भाव र विश्वव्यापी भ्रातृत्वको भावना जागृत हुन्छ । यो दिव्य आध्यात्मिक चेतनालाई साकार पार्न, सन्त निरंकारी मिसनले अप्रिल २४, २०२६ अर्थात बैशाख ११ गते शुक्रबारमा बाबा गुरबचन सिंह जीको पवित्र स्मृतिमा, भक्ति, समर्पण र प्रेमको वातावरणमा, सम्पूर्ण मानवतालाई एकता, सेवा र सद्भावको अमूल्य सन्देश प्रदान गर्दै “मानव एकता दिवस”लाई विश्वभर मनाउनेछ भने नेपालमा २५ अप्रिल २०२६ अर्थात २०८३ बैशाख १२ गते शनिबार मनाइन गइरहेको छ ।
निरंकारी सतगुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित ज्यूको पवित्र उपस्थितिमा, भारत स्थित दिल्लीको बुराडीरोडमा रहेको सन्तसरोवरको विपरीत मैदान नम्बर २ मा एक भव्य र दिव्य सत्संग आयोजना गरिनेछ, जहाँ भक्तहरूले प्रेम, भक्ति र
आध्यात्मिकताको अनुपम संगम अनुभव गर्नेछन् ।
निरंकारी मण्डलका केन्द्रिय सचिव अनिल महर्जनका अनुसार यो पवित्र अवसर केवल एउटा घटना मात्र हुनगइरेको छैन, यो एउटा आध्यात्मिक जागरणको उत्सव हुनेछ, जसले प्रत्येक हृदयलाई दिव्य एकताको अनुभवसँग जोड्नेछ र आन्तरिक शान्ति र सन्तुष्टि जगाउनेछ । निरंकारी अनुयायिहरू देश र विदेशका विभिन्न शाखाहरूमा आफ्नो उपस्थिती जनाउदै गहिरो आध्यात्मिक भावनासहितको यो दिव्य सत्संगको अनुभव गर्नेछन् । यस पवित्र जमघट मार्फत, प्रत्येकमा हृदय प्रेम, शान्ति र भ्रातृत्वको ज्योतिले उज्यालो हुनेछ र मानवताको एकताको सन्देश विश्वभर फैलिनेछ ।
त्यसैगरी सन्त निरंकारी मण्डलका केन्द्रिय सल्लाहकार श्रीराम काफ्लेका अनुसार यो पवित्र दिन बाबा गुरबचन सिंह जी र चाचा प्रताप सिंह ज्यूको हत्या भएपछी उहाँको हत्या भई रगत अनाहकमा बग्न गएका कारण सतगुरुबाबा हरदेव शिंह ज्युले मेरा पीता र चाचाको रगत नालीमा बगेतापनि अबउपरान्त कसैको “रगत नालीमा होइन नाडीमा बग्नु पर्दछ” भन्ने हेतुले उक्त दिनलाई मानव एकता दिवसको रुपमा मनाउदै रक्तदान गर्ने कार्यको सुरुवात गराएका थिए ।
सल्लाहकार काफ्लेका अनुसार, यो दिवश उहाँहरुको दिव्य स्मृतिमा समर्पित छ, जसको सम्पूर्ण जीवन त्याग, समर्पण र निस्वार्थ सेवाको अनुपम उदाहरण थियो । उनिहरुले आफ्नो आचरण र विचारहरू मार्फत, मानवतालाई प्रेम, नम्रता र परोपकारको साँचो मार्गको रुपमा देखाए । उनिहरुको दिव्य आदर्शहरूले अझै पनि हरेक हृदयमा सेवा, भक्ति र एकताको ज्वाला प्रज्वलित गर्दछ, जसले मानवतालाई विश्वास गर्न प्रेरित गर्दछ कि साँचो आध्यात्मिक अभ्यास केवल शब्दहरूमा होइन, तर निस्वार्थ सेवा, करुणा र क्षमा हो ।
त्यस्तै किसीमले नेपालभरी हुने कार्यक्रमलागी टीकापुर साखामा सन्त निरंकारी मण्डलका केन्द्रिय अध्यक्ष तथा मिसनका प्रमुख नरबहादुर रावलको प्रमुखतामा कार्यक्रम सञ्चालन गरीने वताइएको छ । त्यसैगरी कञ्चनपुरको पुनर्वासमा मण्डलका केन्द्रिय सह–सचिव तथा ज्ञानप्रचारक नरबहादुर बिश्वकर्मा, कैलालीको धनगढीमा मण्डलका प्रचार विभाग इन्चार्ज देवराज रिमाल, कैलालीको सडकपुर बौनियामा स्थानिय मुखी विजय शिंह कुवर, कैलालीको मोतीपुरमा मण्डलका सेवादल क्षेत्रीय सञ्चालक नर बहादुर वटाला, कैलालीको अमरावतीमा नवलशिंह बोहरा, कैलालीको भजनीमा स्थानिय मुखी खेमराज काफ्लेको प्रमुखतामा कार्यक्रम हुने प्रचार विभाग प्रमुख देवराज रिमालले जनाएकाछन् ।
त्यसैगरी डढेलधुरामा मण्डलका मिडीया सहायक तथा मुखी विमल जैरु, अछाम मंगलसैनमा सुरज बहादुर सोडारी, मण्डलको केन्द्रिय कार्यालय रहेको ललीतपुरको हातीवनमा ज्ञानप्रचारक लोक बहादुर केसी, बाँकेको नेपालगञ्जमा स्थानिय माहात्मा शिवप्रसाद गुडीया, सुर्खेत विरेन्द्रनगरमा दिपमाला गुडीया, दैलेख श्रीस्थान जोग बहादुर बुढा, दाङ्गमा स्थानिय माहात्मा हर्कबहादुर पुन, रुपन्देहीको बुटवलमा स्थानिय मुखी विरेन्द्र जैसवाल, रोल्पामा केन्द्रिय सदस्य दल बहादुर राना, मकवानपुरको हेटौडामा स्थानिय माहात्मा धुर्व अधीकारी, जनकपुरमा मण्डलका केन्द्रिय सदस्य तथा ज्ञानप्रचारक वेचु रजन, सल्यानको सिरीङ्गकोट रामशिंह खासुमगर, स्याङ्गजामा स्थानिय मुखी कृष्ण बहादुर थापा, पोखरामा मान बहादुर केशी, कपीलवस्तु चन्द्रौटा कुसल केसी, राजविराजमा ज्ञानप्रचारक सशीभुषण दत्त, विराटनगरमा ज्ञानप्रचारक राजु शिवाकोटी, झापा जिल्लाको भद्रपुरमा स्थानिय माहात्मा राचन्द्र भट्टराई, विरगञ्जमा कृष्ण कन्हैया पाठकको प्रमुखतामा सतसंगत कार्यक्रम हुने मण्डलका प्रचार विभाग प्रमुख रिमालले जनाएकाछन् । इन्चार्ज रिमालका अनुसार नेपाल भरी ८१ स्थानमा सन्त निरंकारी मिसनले मानव एकता दिवसका अवसरमा सतसंगत लगायत रक्तदानका कार्यक्रम गर्नेछ । (अगुवा सन्देशबाट)