गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले काँस्कीको पोखरामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको वताएकाछन् ।
प्रदेश प्रमुख भट्टको सचिवालयले अगुजा सन्देशलाई दिएको जानकारी अनुसार नयाँ वर्ष २०८३ साल शुभकामना सन्देश आदान प्रदान कार्यक्रमका अवसरमाप्रदेश प्रमुख भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताएकाछन् ।
प्रमुख भट्टले आफ्नो धारणमा हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्नुपर्ने भएकाले नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव बन्नने गरेको वताउनुभयो । उहाँले बितेको वर्षको तितामीठा अनुभवलाई शिक्षाका रुपमा लिँदै नयाँ वर्षमा जोश, उमङ्ग र उत्साहका साथ आ(आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्र पुनर्निमाण, राष्टिय समृद्धि र सुशासनका निम्ति जुट्न सक्नुनै हामीसबैको कर्तव्य हुनजान्छ ।
प्रमुख भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहनुपर्नेमा जोड दिनुभएको कुरा उहाँको सचिवालयले जनाएको छ ।
शुभकामना सन्देश दिनेक्रममा प्रमुख भट्टले यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ र मुलुकलाई अगाडि बढाउन सबै दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति विकास र विस्तार गरीने कुरामा आफु विश्वस्त रहेको वताए ।
लोकतान्त्रीक गणतन्त्रको उच्चतम अभ्यास गर्न, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्नका लागि हामी सबैले निरन्तर प्रयत्नशील रहन र संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्ष २०८३ ले सबैलाई प्रेरणा मिलोस् भन्दै प्रमुख भट्ट सबैमा शुभकामना व्यक्त गर्नुभएको कुरा उहाँको सचिवालयले जनाएको छ । (अगुवा सन्देशबाट)