शुक्रबार, बैशाख ११, २०८३
/
सन्त निरंकारी मण्डलद्वारा सरसफाई कार्यक्रम सम्पन्न
२०८२ बैशाख १०
  हेमन्त माण्डव्य
गैरनाफामूलक आध्यात्मिक एवं सामाजिक सेवामूलक संस्था सन्त निरंकारी मण्डलले मानव एकता दिवसलाई लक्षित गरेर आज मण्डलको भवन परिसर सरसफाई गरेको छ ।
बैशाख १२ गते शनिवार मण्डलद्वारा बिहान ८ बजे बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने दिउँसो बृहत् सतसंगत कार्यक्रम रहेको वताईएको छ ।
मण्डलका केन्द्रीय अध्यक्ष तथा नेपाल प्रमुख नरबहादुर रावलले दिएको जानकारी अनुसार संस्थाले विगत ३० वर्षदेखि नेपालका करिब ३९ जिल्लाहरुमा निरन्तर रुपमा रक्तदान, सरसफाइ कार्यक्रम, प्राकृतिक प्रकोपमा राहत पुऱ्याउँनुका साथै अन्य सेवामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
प्रमुख रावलका अनुसार मण्डल आध्यात्मिक संस्था भएकाले दैनिक र साप्ताहिक सत्संगत तथा वार्षिक सन्त समागम कार्यकमको माध्यमबाट आध्यात्मिक ज्ञानद्वारा विश्व बन्धुत्व, शान्ति, मानव एकता स्थापनाको कार्यमा समेत अग्रसर रहँदै आएको छ ।
प्रमुख रावलका अनुसार सन्त निरंकारी मण्डल नेपालद्वारा प्रत्येक वर्ष देशभरीका शाखाहरुमा 'रगत नालिमा होईन, नाडीमा बगाऔं' भन्ने मूल उद्देश्यका साथ मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ, विगत झै यो वर्ष पनि २०८३ वैशाख १२ गते शनिबारका दिन बृहत रक्तदान तथा सतसंगत कार्यकम गरिने भएको छ ।
उक्त कार्यक्रममा सहभागी भइदिन मण्डलले सम्पुर्णमा हार्दिक अनुरोध समेत गरेको छ । मण्डलका अनुसार रक्तदान कार्यक्रम सन्त निरंकारी सत्संग भवन ब्लक नम्बर १०, टीकापुर स्थित बैशाख १२ गते बिहान ८ बजे देखि १०.३० बजेसम्म चल्नेछ भने सतसंगत कार्यक्रम ११ बजेदेखी दिउँसो २ बजेसम्म सञ्चालन गरिनेछ ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल