कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ३ कुसरमघाट स्थित पौराणीक वस्तुको तस्करी गरीरहेको अवस्थामा सशस्त्र प्रहरीले एकजना भारतीय नागरीकलाई सामान सहित पक्राउ गरेको छ ।
आज बिहान करीव ६.३० बजे सशस्त्र प्रहरीको नियमित गस्तिका अवसरमा कुसुमघाट स्थित एकजना भारतीय नागरीक केही सरसामान लगेर भारत तर्फ लुकीछिपी जाँदै गरेको अवस्थामा संकालागी चेकजाँच गर्दा हिन्दु धर्म आस्थाका पौराणीक सरसामानहरु भेटीएपछि उक्त भारतीय नागरीकलाई सरसामानसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका भारतीय नागरीसंग पुजापाठमा प्रयोग गरीदै आएका पुराना ५९ थान ठुला घण्टीहरु, १ थान ताम्रपत्र, १ थान मोबाईल र सामान बोक्न प्रयोग गरीएको १ थान साइकल बरामत गरेको प्रहरी स्रोतले जनाएको छ ।
सामान सहित पक्राउ परेका भारतीय नागरीकलाई सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय भजनीलाई बुझाएको छ भने पौराणीक धार्मीक वस्तुहरु तस्करीमा संग्लग्न रहेका भारतीय नागरीक भारतको उत्तरप्रदेश अन्तर्गत लखिमपुर–खिरी, जिल्ला तहसिल निघासनका स्थायी बसोवास गर्ने ३४ वर्षीय दिपु राठौर रहेको वताइएको छ ।
स्मरण रहोस भजनी नगरपालिका वडा नं ३ को कुसुमघाट क्षेत्र विभिन्न खाले तस्करहरुको सजीलो रुपको तस्करी गर्ने नेपाल भारत सिमावर्ति क्षेत्र नाकाको रुपमा रहेको पाइन्छ । स्थानियहरुका अनुसार उक्त क्षेत्रबाट लागुऔषध, नक्ली रुपैयाँ, सुनचाँदी जन्य पदार्थ तथा जंगली जनावरका अंगहरु लगायत थुप्रै बन्देज गरीएका वस्तुहरु अवैध रुपमा आयात निर्यात गर्नेगरेको पाइन्छ ।
हिन्दु धर्मसंग आस्थावान रहेका धार्मीक वस्तुहरु यो नाकाहुँदै तस्करी हुनुले यस अघीपनि यस्ता वस्तुहरु यस क्षेत्रबाट तस्करी भएको हुनसक्ने स्थानियहरु वताउछन् ।